Successfully Copied

राजनीतिसँगै व्यवसायमा शान्ता

विगतमा संसद् भवनमा जाँदा आफ्नै नाम लेख्न नसक्ने शान्ता चौधरीले पुस्तक समेत लेखिसकेकी छिन् भने अहिले ब्याचलर्स पढ्दै पनि छिन् । उनै शान्ताले राजनीति गर्न थप मद्दत पुगोस् भन्दै आयस्रोतका लागि अचार उद्योग खोलेकी छिन् ।

सीमा तामाङ


नियमित आम्दानीको स्रोतका लागि पूर्वसांसद शान्ता चौधरीले अचार व्यवसाय सुरु गरेकी छिन् । अनौपचारिक रूपमा एक वर्षअघिदेखि व्यवसाय सुरु गरे पनि उनले औपचारिक रूपमा भने गत पुसदेखि दाङमा ‘शान्ताको अचार उद्योग’ सुरु गरेकी हुन् । उनले भनिन्, ‘अचार बनाउने आफ्नै सीपलाई व्यावसायिक रूपमा लैजाँदा नियमित आम्दानीको स्रोत बन्ने भएकाले अचार उद्योग खोलें ।’अचार बनाउने रहर नभएर बाध्यता भएको बताउँदै उनले बाध्यता नै प्रेरणाको स्रोत भएको बताइन् । ‘नयाँ परिकार बनाएर खानु मेरो स्वभाव हो, अचार पनि थरिथरिका बनाएर खान्छु,’ उनले भनिन्, ‘मसँग जुन सीप छ, त्यसमा आफ्नो समय खर्चिनुपर्छ भन्ने हो ।’

कानुनी प्रक्रिया पु¥याएर अचार उत्पादन गर्न थाल्नुअघि उनले विभिन्न प्रकारका अचार बनाएर छरछिमेक, आफन्त एवं साथीभाइलाई बेच्ने गरेकोसुनाइन् । अचार बनाउन सुरु गर्दा उनले पाँच सय रुपैयाँ खर्चिएकी थिइन् । ‘मैले पाँच सय रुपैयाँबाट अचार बनाउन सुरु गरेकी थिएँ,’ उनले सम्झिइन्, ‘मुला किनेर ल्याई अचार बनाउँथें । मसलाहरू घरकै भान्सामा पाइन्थ्यो । तर कानुनी प्रक्रिया पु¥याउ“दा खर्च बढ्दै गयो ।’ आफूजस्तो मान्छेले अनौपचारिक रूपमा मात्र कारोबार गर्न नहुने भन्दै उनले कानुनी प्रक्रिया पूरा गर्न थालेको सुनाइन् । खाद्यान्न र प्रत्यक्ष जीवनसँग जोडिएको हुँदा अचार उद्योगकै लागि बनाउने ठाउँ छुट्टै, स्टोर गर्ने ठाउँ छुट्टै हुने गरेको उनले सुनाइन् । ‘अचार उद्योग दर्ता गर्न २० लाख रुपैयाँले पुग्छ जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘अचारको गुणस्तर चिन्ह पाउन छुट्टै प्रक्रिया रहेछ, घर नै बनाउनुपर्ने रहेछ ।’ भुइँमा टायल छापेको घर बनाउनुपर्ने र अन्य धेरै प्रक्रिया पु¥याउँदा अहिलेसम्म ५० लाख रुपैया“ लगानी भएको उनको भनाइ छ । आफूले बनाएको अचार खाएर मान्छेलाई केही भएमा समस्या हुने भएकाले गुणस्तर परीक्षण गरेर अचार बेच्न सुरु गरेको उनले सम्झिइन् ।
चौधरीले आफ्नो उद्योग दर्ता गर्न एक महिना लागेको बताइन् । ‘वडाबाट दर्ता सुरु गरेदेखि घरेलु उद्योग, गुणस्तर मापन केन्द्रसम्म अनुमति लिन एक महिना लाग्यो । ‘शान्ताको अचार उद्योग’ मा भेज र ननभेज गरी २२ किसिमका अचार बन्छन् । मौसमअनुसार अचारका प्रकार घटबढ हुने उनले बताइन् । ‘अकबरे, लप्सी, अमला आदिको मौसमअनुसार अचार बनाइन्छ,’ उनले भनिन् । साथै चिकेन, मटन, बफ र पोर्कको अचार पनि उनले बनाउँछिन् । ‘चिकेन र मटनको अचार एउटै भान्सामा बन्छ, तर बफ र पोर्कका लागि छुट्टै भान्सा बनाइन्छ,’ उनले भनिन्, ‘बफ र पोर्क सबैले नखाने भएकाले मागअनुसार मात्र बनाइन्छ ।

गाउँघरको तुलनामा महँगो भए पनि सहरको तुलनामा आफूले बेच्ने अचार सस्तो रहेको उनले बताइन् । ‘मेला–महोत्सवतिर पनि आफै अचार लिएर जान्छु, अरुले बेच्ने मूल्यभन्दा मैले बेच्ने अचार महँगो रहेछ,’ उनले भनिन्, ‘काठमाडौंमा पाइने अचारभन्दा सस्तो रहेछ ।’ गुणस्तरीय अचार बनाउन सकेउपभोक्ताले पनि १५÷२० रुपैयाँ महँगो तिर्न तयार रहेको उनले सुनाइन् । ‘बजारको मूल्य थाहा नहुँदा सुरु–सुरुमा महँगोमा अचार बेचें,’ उनले भनिन्, ‘थोरै पनि बेचिन्थ्यो, त्यसैले पनि महँगो प¥यो । अहिले धेरै अचार बनाउँछु, मूल्य पनि सोहीअनुसार छ ।’उद्योगमा अहिले उनले १६ जनालाई रोजगारी दिइरहेकी छिन् । ‘आफू एक्लैले अचार बनाउन सम्भव हँुदैन, तत्कालका लागि दैनिक पाँच जना हुनुहुन्छ,’ उनले भनिन्, ‘एक साता दैनिक अचार बनाउँछु, त्यतिबेला १६ जनासम्म पुग्छन् ।’ यही वर्षभित्र ५० जनालाई रोजगारी दिने लक्ष्य रहेको उनले बताइन् । ‘बेरोजगार, गाउँमा बसेर कठोर जीवनयापन गर्ने, आयस्रोतको बाटो नभएका महिलालाई रोजगारी दिन्छु,’ उनले भनिन्, ‘उनीहरूलाई अचार बनाउन पनि सिकाएकी छु ।’


शान्ताले अचार बनाएर बेच्दै आजभोलि अन्य महिलालाई पनि अचार बनाउने तालिम दिन थालेकी छिन् । अचार उद्योग सुरु गरेर उनले गाउँका महिलालाई मात्र नभएर विदेश जान तयार रहेका आफ्ना छोरा–बुहारीलाई पनि रोजगारी दिएकी छिन् । ‘विदेश जाने तयारीमा रहेका छोरालाई अचार उद्योगमै ल्याएकी छु, बुहारीले पनि त्यही हेर्छिन्,’ उनले भनिन्, ‘छोरी–ज्वाइ“ले ग्वार्कोमा रहेको अचारको डिलर हेर्छन् । आफ्नै परिवारका सदस्य पनि कामका लागि विदेश जानुपरेको छैन ।’शान्ताले बनाएको अचार सामाजिक सञ्जालमार्फत र विभिन्न जिल्लामा रहेका डिलरबाट किन्न पाइने उनले बताइन् । ‘उपत्यकावासीका लागि ललितपुरस्थित ग्वार्कोमा आफ्नै पसल छ,’ उनले भनिन्, सुर्खेतमा भर्खर डिलरसीप दिएकी छु । विभिन्न पसल तथा सुपरमार्केटमा पनि अचार पाइन्छ ।’ भाटभटेनीमा पनि अचार राख्ने गरी कुरा भइरहेको भन्दै उनले ठूलो मात्रामा उत्पादन गरेलगत्तै भाटभटेनीको आउटलेटमा पनि आफूले बनँएको अचार पाइने उनले सुनाइन् । मलेसिया, अमेरिका, क्यानडामा अचार पठाउन छलफल भइरहेको उनको भनँइ छ । अस्ट्रेलियामा अचार पठाइसकेकी छु । घरबाट सानो पूँजीमा सञ्चालन गरिने उद्योगलाई मध्यनजर गरेर नीति–नियम ल्याउनुपर्ने उनले सुनाइन्। ‘आत्मनिर्भर हुन खोजेकालाई सरकारले जोड दिनुपर्छ । ग्रामीण महिलालाई कसरी उत्पादन क्षेत्रमा जोडाउने त्यसतर्फ ध्यान दिनुपर्छ,’ उनले भनिन् ।

राजनीतिक रूपमा छुट्टै छवि बनाएपछि अचारको बजारीकरण गर्न असहज भएको बताउँदै अन्य महिलाहरूअझ अप्ठ्यारो पर्ने उनको अनुभव छ । ‘म आफै आफ्नो अचार बेच्न मेला–महोत्सवमा गए“,’ उनले भनिन्, ‘मलाई बजार खोज्न विभिन्न समस्या भए भने अरुलाई कस्तो होला ?’जुनसुकै व्यवसाय गर्दा बजारको माग, बजारले खोजेको र दीर्घकालीन रूपमा गर्न सक्छ कि सक्दैन त्यसलाई अध्ययन गरेर मात्र अघि बढ्नुपर्ने उनले सुझाइन् । ‘अचारको बजार राम्रो छ, बजारले खोजेको कुरा ख्याल गर्नुपर्छ,’ उनले भनिन्, ‘ शान्ता चौधरीले खोलेको हुँदा मेरो पनि चल्छ भन्ने हुँदैन । हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्नुपर्छ ।’हरेक भान्सामा बजारको अचार हुने भन्दै उनले गुणस्तरीय अचार बनाएर बिक्री गर्ने बजार राम्रो रहेको बताइन् । राजनीति गर्ने मान्छेलाई व्यवसायमा समय दिइराख्न पनि मुस्किल हुने गरेको उनको अनुभव छ । ‘मलाई सहज छैन । राजनीति क्षेत्रमा बढी समय दिनुपर्छ,’ उनले भनिन्, ‘राजनीति र व्यवसायलाई सँगै अघि बढाउनुपर्ने चुनौती छ । दिनभर राजनीतिको काम रातभर अचारको काम गर्छु ।’ अचार बनाउन थालेपछि शान्ताले राजनीति छोडेको पनि कतिपयको बुझाइ भएको उनले बताइन् । ‘राजनीति गर्नेले व्यवसाय गर्नु हुँदैन भन्ने छैन । उनले भनिन्, ‘वास्तवमा राजनीति गर्ने मान्छेले व्यवसाय गर्ने हो । तर पैसाका लागि गलत बाटो नरोजियोस् ।’ राजनीतिसँगै व्यवसाय सुरु गरेकोमा हौसला दिने निकै कम रहेको उनले सुनँइन् । विगतमा संसद् भवनमा जाँदा आफ्नै नाम लेख्न नसक्ने शान्ता चौधरीले पुस्तक समेत लेखिसकेकी छिन् भने अहिले ब्याचलर्स पढ्दै पनि छिन् । उनै शान्ताले राजनीति गर्न थप मद्दत पुगोस् भन्दै आयस्रोतका लागि अचार उद्योग खोलेकी छिन् ।

 Image