Successfully Copied

महिला कमान्डमा सूर्य ज्योति लाइफ

सूर्यज्योति लाइफ इन्स्योरेन्स काठमाडौैंलाई तीन भागमा वर्गीकरण गरिएको छ । धनलाभ जीवन सजिलो भुक्तानी, धन वृद्धि जीवन, सजिलो भुक्तानी जीवन बिमा पोलिसी रहेका छन् । तीन वटामै महिलाले आरएमको जिम्मेवारी निभाएका छन् ।



रेश्मा श्रेष्ठ २० वर्षअघि मेटलाइफ इन्स्योरेन्समार्फत अभिकर्ताका रूपमा बिमा क्षेत्रमा प्रवेश गरिन् । त्यसबेला बिमाको जानकारी कसैलाई थिएन न त बुझाउने कुनै माध्यम थियो । घरघरमा पुगेर उनले बिमा बुझाउँदै तालिम दिन थालिन् । भविष्यमा जोखिम बहन गर्न बिमा आवश्यक छ भन्दा कसैले पत्याउँदैनथे न त उनको कुरामा कसैले विश्वास गर्थे । सबैले भन्थे, यसरी पैसा उठाउने कम्पनी डुब्छ–भाग्छ । बिमामा राम्रो कमाइ हुने र काम गर्न पनि सहज महसुस उनले गर्दै बिमाको पोलिसी बेच्न थालिन् । उनले अभिकर्ताका रूपमा आफूलाई चिनाइन् । साढे तीन महिनाको बच्चा छोडेर उनी काममा दौडन्थिन् । फ्रिलान्सरका रूपमा बिमा कम्पनीमा प्रवेश गरेकी उनले विभिन्न कम्पनीको जिम्मेवारी सम्हाल्दै हाल सूर्यज्योति लाइफ इन्स्योरेन्समा काठमाडौं ‘बी’को आरएमको जिम्मेवारी सम्हालिरहेकी छन् । उनले गैरीधारा, ज्ञानेश्वर,अनामनगर, न्यूरोड आदि सात वटा ब्रान्च हाँकेकी छन् । ब्रान्च हाँक्नु, स्टाफहरूसँगको तालमेल मिलाउँदै अगाडि बढ्नु र कम्पनीको टार्गेटमा काम गर्नु उनको मुख्य जिम्मेवारी हुन्छ । २० वर्षको अवधिमा बिमा बुझ्ने र बुझाउनेमा धेरै परिवर्तन भइसकेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘अहिले मानिसहरूले बिमा अत्यावश्यक भएको महसुस गरेका छन् ।’


सूर्यज्योति लाइफ इन्स्योरेन्स काठमाडौैंलाई तीन भागमा वर्गीकरण गरिएको छ । धनलाभ जीवन सजिलो भुक्तानी, धन वृद्धि जीवन, सजिलो भुक्तानी जीवन बिमा पोलिसी रहेका छन् । तीन वटामै महिलाले आरएमको जिम्मेवारी निभाएका छन् । ब्रान्चहरू सम्हाल्दै अफिसको जिम्मेवारी सँगसँगै फिल्डमा गएर काम गर्नु आरएमहरूको मुख्य जिम्मेवारी हुन्छ । ‘काठमाडौं ए’ को जिम्मेवारी लिएकी छन्,ममिता पौडेलले । ठिमी, पेप्सीकोला, चाबहिल, तीनकुने, जोरपाटी आदि छ वटा ब्रान्च उनको जिम्मामा छन् । धरानबाट बिमा बुझ्दै र बुझाउँदै अगाडि बढिरहेकी उनले बिमाले आफूलाई पुण्य कमाउने अवसर दिएको बताउँछिन् । उनी भन्छिन्, ‘बिमा यस्तो क्षेत्र हो जसले व्यक्ति स्वयंलाई र समाजलाई पनि फाइदा पु¥याउँछ ।’ महिला अभिकर्तादेखि कर्मचारीहरूलाई सामाजिक हुन र आर्थिक रूपमा सबल हुनका लागि बिमाले सहयोग गर्ने उनको अनुभव छ । बिमाले उनलाई आर्थिक रूपमा सबल र आत्मविश्वास बढाउँदै लगेको छ । धरानबाट काठमाडौं आएर घरजग्गा जोड्नुका साथै दैनिक जीवनमा पनि परिवर्तन आएको छ । उनले भनिन्, ‘बिमाले नै मैले काठमाडौंमा घरजग्गा जोड्नुका साथै आफै कारमा हिँड्न सक्ने भएकी छु ।’

‘काठमाडौं सी’ को जिम्मेवारी अम्बिका तिमल्सिनाले लिएकी छन् । उनको जिम्मेवारीमा महाराजगञ्ज, बूढानीलकण्ठ, टोखालगायत सात वटा ब्रान्च छन् । सिन्धुपाल्चोकबाट सहकारीमा काम गर्दै उनले बिमाको यात्रा तय गरेकी हुन् । एसियन लाइफ इन्स्योरेन्सबाट अभिकर्ताको काम गर्न थाल्दा उनी १९ वर्षकी मात्र थिइन् । सानै उमेरमा उनलाई पोलिसी बेच्न सहज त थिएन तर पनि उनी बिमाको आम्दानीले यही क्षेत्रमा अघि बढिन् । उनले भनिन्, ‘सबैले सानो मान्छे भनेर पत्याउँदैनथे तर मैले धेरै प्रयास गरेर मानिसहरूलाई बिमा गराउन सफल भएकी हुँ ।’ सुरुमा राम्रो आम्दानी भएकाले उनलाई हौसला मिलेको हो । सिन्धुपाल्चोकबाट काठमाडौं आएर ब्रान्च म्यानेजर हुँदै उनले भक्तपुरमा आरएमको जिम्मेवारी सम्हाल्न पुगेकी हुन् । भक्तपुरमा बिमा गराउनु भाषाको समस्या थियो । नेवारी बस्तीमा पनि उनी लाागिरहिन् । ब्रान्चहरूबीच प्रतिस्पर्धामा उनी सधै अगाडि नै थिइन् । बिमाले उनलाई नाम र दाम दुवै दिलाएको छ । अवसरहरू पनि थुप्रै पाएकी छन् । देश–विदेश घुम्न पाउने अवसर र सिक्न पाउने अवसरले उनलाई अगाडि बढाइरहेको छ । उनले भनिन्, ‘महिलाहरूलाई परिवारको सहयोग भएमा जुनसुकै अवस्थामा पनि आफूलाई स्थापित गर्न सक्छन् ।’



काठमाडौं बाहिर बनेपाको जिम्मेवारी प्रमिला पराजुलीले लिएकी छन् । २० वर्षको उमेरदेखि बिमा अभिकर्ताका रूपमा उनी प्रवेश गरिन् । साढे १४ वर्षको अनुभवले उनलाई बिमामा पोख्त बनाएको छ । भविष्यमा आइपर्ने जोखिमलाई बहन गर्नका लागि बिमा गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले भनिन्, ‘सानो लगानीले जोखिम बहन गर्न सके भविष्यमा धेरै राहत महसुस हुन्छ । बस्तीअनुसार आफूलाई ढाल्न सके व्यवसायमा सहयोग पुग्ने उनको भनाइ छ । उनले भनिन्, ‘बिमा गराँउदा त्यहाँ को बस्तीलाई विशेष ख्यालगर्नुपर्छ, बिमा कम्पनी हेरेर होइनव्यक्तिहरूको आर्थिक अवस्था हेरेर गराउनुपर्छ ।’अरु क्षेत्रभन्दा बिमाको क्षेत्रमा महिलाहरूले आफूलाई स्थापित गराउन सहज भएको उनको अनुभव छ । अभिकर्ताका रूपमा फ्रि भएर काम गर्न पाउँदा घरपरिवारको जिम्मेवारी सम्हाल्दै आफूलाई पनि आर्थिक रूपमा सबल बनाउन सकिने उनको अनुभव छ ।बिमामा अफिसमा भन्दा पनि फिल्डमा बढी खटिनुपर्छ । यसले गर्दा चुनौतीहरू पनि थुप्रै हुन्छन् ।




लक्ष्मी शाक्यले पनि घरपरिवार र बच्चाको जिम्मेवारी सम्हाल्दै अभिकर्ताको जिम्मेवारी सम्हालिन् । हाल उनले ललितपुर एरिया हेरेकी छन् । सामाजिक काममा पनि सक्रिय भएकाले बिमामा सम्बन्धको पनि आवश्यक रहेको उनी बताउँछिन् । अभिकर्ताका रूपमा अगाडि बढाउँदै बिमाको कमाइले पनिअगाडि बढाउन अग्रसर रहेको उनको भनाइ छ । आर्थिक नेतृत्व र निर्णय पुरुषमा निर्भर हुने भएकाले बिमा गराउन अझै पनि पुरुषहरूको निर्णय कुर्नुपर्ने उनी बताउँछिन् । उनले भनिन्, ‘वर्तमान समयमा बीमा आवश्यक भएको कुरा धेरैलाई महसुस भइसकेको छ तर पनि बिमा गराउन पुरुषको निर्णय कुर्नुपर्ने बाध्यता छ ।’ महिलाहरूलाई आर्थिक निर्णय क्षमता नहुने भएकाले पुरुषहरूसँग ठोक्किनुपर्ने हुन्छ । यसले गर्दा पुरुषहरूले महिला अभिकर्तालाई सहज रूपमा नपत्याउने अवस्था हुन्छ । महिलाहरूको अभिकर्ताका रूपमा विशेष सहभागिता भए पनि नेतृत्व रूपमा कम मात्रामा छ । बैंकिङ क्षेत्रमा महिलाहरूको टप लेभलमा उपस्थिति भए पनि बिमाको क्षेत्रमा कम रहेको उनको भनाइ छ । उनले भनिन्, ‘महिलाहरू अभिकर्ता ब्रान्च म्यानेजर हुँदै आरएमसम्म आइपुगेको अवस्था छ तर नेतृत्व तहमा महिलाहरू कम छन्, यसका लागि महिलाहरूले हस्तक्षेप गर्न आवश्यक भइसकेको छ ।’

 Image