आर्ट भावनासँग जोडिएको हुन्छ । भावनात्मक अभिव्यक्तिलाई आर्टमार्फत प्रस्तुत गर्ने कलाकारहरू भन्दा फरक छन् समा बज्राचार्य । अटिजमबाट पीडित उनका चित्र हेर्दा लाग्छ आर्ट भावनात्मक अभिव्यक्ति मात्र होइन । उनी अरु कलाकार भन्दा फरक छिन् । उनले आफ्ना भावनालाई चित्रमार्फत प्रस्तुत गर्न सक्दिनन् । क्यानभासमा ब्रस चलाउन भने पोख्त छन् । उनी अगाडि जे देख्छिन् त्यही नै चित्र बनाउँछिन् । आर्ट ग्यालरीमा उनका माछा, कछुवा, फूल, पात आदिका चित्रहरू प्रदर्शनीमा राखिएका छन् । ब्रस चलाउन, रंग चिन्न र प्रदर्शनीसम्म आइपुग्न उनलाई एक वर्ष लागेको छ । सुरुमा उनलाई रंग चिन्न र लाइन कोर्नमै समस्या थियो । उनलाई यो अवसर मिखा क्रियटिभ बिगिन्सले दिएको हो । आर्ट गरेसँगै उनको बानीमा पनि परिवर्तन आएको छ । झगडा गर्ने, कराउने तथा एक्लै बोल्ने यस्ता थुप्रै समस्या थिए, उनमा । अहिले रंगले यी सबै कुरा बिर्साइदिएको छ । आफ्ना रचना हेदै उनी खुसी देखिन्छिन् । उनलाई रातोरंग मन पर्छ । त्यसकारण पनि उनले क्यानभासको बोर्डर साइडमा रातो रंग नै प्रयोग गरेकी छिन् । उनी भन्छिन्, ‘आफ्ना चित्र देख्दा रमाइलो लाग्छ ।’चाबहिलकी ४५ वर्षीया उनले कक्षा ४ सम्म अध्ययन गरेकी छिन् । भ¥याङबाट लडेपछि उनी अटिजमको सिकार भएकी हुन् । उनले तत्काल केही कुरा सम्झन सक्दिनन् । नाच्न–गाउन भने उनलाई निकै खुसी लाग्छ ।
उनीसँगै रंगमा रमाइरहेकी छन् स्रभा श्रेष्ठ । उनी डाउनसिन्ड्रम रोगी हुन् । उनी हरियो पिंक रंगमा रमाइरहेकी छिन् । त्यसैले होला उनले पातहरूलाई चित्रमा उतारेकी छिन् । बच्चादेखि नै डाउनसिन्ड्रम सिकार बनेकी उनी वस्तुको आकार हेरेर नै चित्र निर्माण गर्छिन् । सुरुवाती समयमा उनका हातहरूकाम्थे । लाइन कता रंग कता उनलाई थाहै हुदैँन्थ्यो । एउटा रंग सबैतिर प्रयोग गर्थिन् । एक वर्षको अवधिमा उनी रंग चिन्ने र चित्र बनाउन सक्ने भएकी छिन् । भावनालाई उतार्न नसक्ने उनी निर्जीव वस्तुसँग रंगमा रमाइरहेकी छिन् । उनका कोलाज, डटेट पेन्टिङ सानेपास्थित कलाशाला ग्यालरीमा प्रदर्शन गरिएको थियो । उनलाई पिंक पहेंलो र रातो कलर मन पर्छ । पेन्टिङस“गै उनी कम्प्युटर चलाउँछिन्, हस्तकलाबुन्छिन् र धूप पनि बनाउँछिन् ।
डाउनसिन्ड्रमकी अर्की रीता दुवालको पनि पेन्टिङ संगीत र नृत्यमा पनि रुचि छ । उनले मानिसहरू नै क्यानभासमा उतार्छिन् । कोलाज डटेट पेन्टिङ गर्न सिपालु छन् । ग्यालरीमा पुग्ने जोकसैलाई उनी हात समातेर आफ्ना चित्रहरू देखाइरहेकी हुन्छिन् र खुसी हुँदै भन्छिन्, ‘यिनै हुन् मैले बनाएका चित्रहरू ।’ चित्रले उनलाईवास्तवमै खुसी दिलाएको छ । उनका आनीबानीमा पनि परिवर्तन गरेको छ । घरमा सीमित उनी मानिसहरूस“ग घुलमिल हुन थालेकी छन् । क्यानभास र ब्रसमा उनको हात बसिसकेको छ । रंगमा खेल्न पाउ“दा उनी खुसी महसुस गर्छिन् । उनका चित्रमा हा“स तथा फलको आकृति देख्न सकिन्छ । यसका अलावा बुनाइ, नाच्न तथा गाउनमा पनि उनलाई रुचि छ ।
उनका चित्रहरू प्रदर्शनीमा राखेर त्यसबाट आएको आम्दानी उनीहरूका लागि खर्च गरिने बताउँछिन्, आयोजक सरिता डंगोल । पेन्टिङ मात्र नभै उनीहरूले बनाएका हस्तकलाका सामग्री पनि बिक्रीमा राखिएका छन् । सरिता भन्छिन्, ‘यसको आम्दानी पनि उनीहरूका लागि नै हो यसले गर्दा आर्थिक रूपमा पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेको छ ।’
माथिको आर्ट आर्टिस्ट सुदिक्क्षा डंगोलले बनाएकी हुन् ।
फरक क्षमताका व्यक्तिहरु आर्टमा रमाइरहेको देख्दा खुसी लाग्छ
सरिता डंगोल, कलाकार
फरक क्षमताका व्यक्तिलाई आर्ट सिकाउने सोच कसरी आयो ?
म कला पारखी हुँ । धेरै मानिसलाई कला बुझाएँ, सिकाएँ । फरक क्षमताका मानिसलाई पनि आर्टमा सहभागी गराउनुपर्छ भन्ने सोच आयो । एउटा कार्यक्रममा उनीहरूसँग भेट भयो । घरमा यसै बसिरहेको थाहा पाएपछि माया लाग्यो । कम्पनीमार्फत सिकायो भने उनीहरूले पनि सिक्छन् होला भनेर तीन जनाबाट सुरुवात गरेका हौं । भविष्यमा अझ धेरैलाई सिकाउने रहर छ ।
उनीहरूलाई आर्ट सिकाउँदा के–कस्ता समस्या भोग्नुप¥यो ?
उनीहरूको स्वभाव अलिकति फरक नै हुन्छ । चाँडै बिर्सने र सम्झनै नसक्ने उनीहरूको मुख्य समस्या हो । अरु मानिसहरू भन्दा फरक व्यवहार गरेर सिकाउनुपर्छ । सिक्ने–सिकाउने क्रममा समस्या त भयो नै । सुरुमा उनीहरूले रंग नै चिन्न सक्दैनथे । लाइन तान्ने बेसिक कुरामा पनि धेरै परिश्रम गर्नुप¥यो । विस्तारै उनीहरूले सिक्दै गए । एक वर्षमै उनीहरू आर्ट गर्न सफल भएका छन् । अहिले आर्टमा रमाइरहेको देख्दा खुसी लाग्छ ।
चाहेमा सबै कुरा हुन्छ भन्ने सन्देश दिन खोज्नुभएको हो ?
पक्कै पनि । यस्ता मानिसलाई अझै पनि समाजमा राम्रो नजरले हेरिँदैन । उनीहरूको जिन्दगी सकियो केही गर्न सक्दैनन् भनेर घरमै थन्काएर राख्ने गरिन्छ । यसले गर्दा परिवारका साथै उनीहरूमा समेत नकारात्मक असर परिरहेको हुन्छ । तर उनीहरूलाई बुझेर अवसर दिन सके अगाडि बढ्न सक्छन् । आर्टबाट होस् वा हस्तकलाबाट पनि उनीहरू आर्थिक रूपले आत्मनिर्भर बन्न सक्छन् । यसलाई सबैले बुझ्नु आवश्यक छ ।
उनीहरू अरु के गर्न रुचाउँछन् ?
उनीहरूलाई पेन्टिङ मात्र होइन म्युजिक एवं नृत्य आदि पनि सिकाइरहेका छौं । अन्तर्राष्ट्रिय स्तरमा पनि उनीहरूको प्रतिनिधित्व बढ्दै गएको छ । उनीहरू मानिसहरूसँग घुलमिल गर्ने, रमाइलो गर्ने गर्छन् यस्ता क्रियाकलापले उनीहरूको दैनिकी सहज भएको छ ।