महोत्तरीमा जन्मिइन् मनिका झा । बुवाआमा नै प्रोफेसर थिए । बुवाको जागिर जनकपुरमा भएस“गै उनीहरूको परिवार नै जनकपुर स¥यो । घरेलु शिक्षा उनी र दिदीले आमाबाट सिके । आमा मनोविज्ञानकीप्राध्यापक भएर पनि उनको शासन भने कडा थियो । उनकी आमाले उनलाई एकैपटक सरकारी विद्यालयमा तीन कक्षामा भर्ना गरिदिइन् । विद्यालयस्तरदेखि नै उनी वक्तृत्वकला, कथा, कवितामा भाग लिन्थिन् र सबैका आँखामा पर्थिन् । रेडियोबाट पत्रकारिता सुरु गरेकी उनले पत्रकार महासंघधनुषा शाखाको अध्यक्षको समेत जिम्मेवारी लिइसकेकी छन् । उनै मनिकाको पत्रकारिताको अनुभवलाईयो अंकको नारीमा समेटिएको छ।
रेडियोबाट पत्रकारितामा सुरु
व्यवस्थापन विषय लिएर उनी प्लस टु पढ्दै थिइन् । क्याम्पसमा बामे सर्दै गरेकी उनका एक शिक्षकले रेडियो खोले, ‘रेडियो जनकपुर’ । साथीहरू सबैजना रेडियोमा काम गर्न थाले । उनले रेडियोमा साथीको स्वर सुन्न थालिन् । रमाइलो लाग्न थाल्यो ।साथीहरूलाई देखेर नै उनले रेडियोको यात्रा तय गरिन् । रेडियोमा बोल्ने हुटहुटीले उनलाई रेडियोमा पु¥यायो । उनी रेडियोमा समाचार पढ्न थालिन् । केही समय उक्त एफएममा काम गरेपछि उनी मिथिला एफएममा काम गर्न थालिन् । समाचार पढ्नु नै उनको काम थियो । परिवारको इच्छा बैंकर बनाउने थियो । तरउनी पत्रकारितामै रमाउन थालिन् ।
समाचार लेख्न संघर्ष
रेडियोमा काम गर्दागर्दैै उनले कान्तिपुर पत्रिकामा काम गरिन् । जनकपुर कार्यथलो बनाएका कान्तिपुर दैनिकका पत्रकार श्यासुन्दर शशिलाई पब्लिकेसनले कतार पठायो । खाली भएको ठाउँमा शशिले मनिकालाई सिफासिर गरे । मधेसी मूलका महिलाको आवश्यकता छ भनेर शशिले अफर त गरे तर उनलाई केही थाहा थिएन । समाचार कसरी लेख्ने भन्ने नै थाहा थिएन । श्यामसुन्दरले नै सिकाउने वाचा गर्दै काम गर्न सुझाव दिए । काम गर्न सुरु गरिन् । समाचार लेख्थिन् । पठाउँथिन् । तर छापिँदैनथ्यो । सबै समाचार फिर्ता हुन्थे । ‘फुल स्टप र कमा बाहेक केही राम्रो छैन भनेर सुझाव आउँथ्यो,’ उनले सुनाइन्, ‘यसो भन्दा साह्रै नरमाइलो लाग्थ्यो ।’
समाचार लेख्ने क्रममा थुप्रै पत्रिका पढ्ने गर्थिन् । राष्ट्रपति रामवरण यादव गाउँ पुगेको समयमा एउटा समाचार लेखिन् । यो समाचार बनाउन अग्रजको सहयोग लिइन् । कान्तिपुरमा पठाइन् छापियो पनि । पहिलो बाइलाइन समाचार थियो यो । त्यो पल अझै भुल्न सकेकी छैनन् । त्यो पत्रिका बोकेर घरघर पुगिन् । सबैलाई देखाइन् । भनिन्, ‘त्यसबेला त तहल्का नै मच्चियो नि, आफूलाई बेग्लै महसुस भएको थियो ।’एंकर न्युज आउ“दासम्म पनि उनी समाचार लेख्नमा पोख्त थिइनन् । सिक्दै उनले राजधानी, हिमाल, नागरिक, सेतोपाटीलगायतका मिडियामा काम गरिन् ।
देश घुमेको पल
सञ्चारमाध्यममा काम गर्दागर्दै उनको रेणु राजभण्डारीसँग चिनजान भयो । उनले मनिकालाई देशका एक सय जना बढी मानवअधिकार रक्षकको बायोग्राफी बनाउने अफर गरिन् । ४५ जिल्ला घुम्न पाउने उनका लागि एउटा ठूलो अवसर थियो । मिडियाको काम भन्दा पनि उनलाई देश घुम्ने हुटहुटी थियो । मिडियाको कामलाई थाती राख्दै उनले देश घुम्दै बायोग्राफी बनाउन थालिन् । सीमित स्थानमा हुर्केकी उनी देश बुझ्न थालिन् । भूगोल बनावट बुझ्दै अठ्यारा छिचोल्दै उनले काम गरिरहिन् ।
चुनौती स्वीकारमा रमाइलो
उनी पत्रकार उमा सिंहबाट प्रभावित थिइन् । २०६५ मा उनको हत्यापश्चात धेरैले सञ्चारमाध्यम छोडे तर उनलाई थप काम गर्ने ऊर्जा मिल्यो । त्यसबेला उनले एकछत्र काम गर्ने मौका पाइन् र सञ्चारमाध्यम उनको रोजाइ बन्न थाल्यो । घरपरिवारबाट पनि उनलाई काम छोड्नका लागि दबाब आयो । तर उनले कसैको कुरा सुनिनन् र निरन्तर काममा लागिरहिन् । हरेक चुनौती सम्हादै अघि बढेकी उनले आफूलाई स्थापित गर्दै लगेकी छन् । उनलाई चुनौतीमा काम गर्न मन लाग्छ । मोफसलमा हरेक क्षेत्रमा उनले कलम चलाउँछिन् । उनले विशेषगरी क्राइम, भष्ट्राचार र राजनीतिमा कलम चलाउँछिन् । यी विषयमा चुनौती सँगसँगै रमाइलो पनि लाग्ने गरेको छ । जति चुनौती स्वीकार गरिन्छ त्यति नै काममा पोख्त भइन्छ भन्ने लागेको छ । जति काममा पोख्त भइयो, उति नै नाम कमाइन्छ भन्ने उनलाई लाग्छ । विवाहपछि सात वर्षको बच्चा पूरै समय परिवारका साथ रह्यो । उनलाई विवाह भएको छ भनेर फिल नै भएन । श्रीमान्को साथले उनलाई सहज भयो । ‘विवाहका लागि एसएसली’ सीमाका साक्ष पहलेदार, बेटी पढाउ बेटी बचाऊ, साइकल थन्किए प्रभाव परेको छ । समाचारका आधारमा नै मुद्दा अख्तियारसम्म पुगेको छ ।
महासंघको अध्यक्षको भूमिका
अहिले उनले धनुषा जिल्लाको पत्रकार महासंघको अध्यक्षको जिम्मेवारीसम्हालिरहेकी छन् । एकपटक अध्यक्ष हुने मोहले उनी महासंघतिर तानिइन् । चुनावमा झिनो अन्तरले विजयी भएकी उनलाई काम गर्न सहज छैन । गर्न खोजे पनि गर्न सक्ने अवस्था नरहेको बताउ“छिन् । महासंघ आर्थिक रूपले पारदर्शी हुन नसकेको उनको बुझाइ छ । महासंघ मुख्य एजेन्डामा भन्दा पनि राजनीतिको खुड्किलोका रूपमा विकास भइरहेको उनको भनाइ छ ।