महिला वैज्ञानिक- भाइरस नियाल्ने रेश्मा
अहिले उनी पाँच वर्षमुनिका बालबालिकामा हुने झाडापखालाको कारण खोजिरहेकी छन् ।
समय परिवर्तन भइरहन्छ । दिन बदलिन्छ, महिना फेरिन्छ, वर्ष पनि एकपछि अर्को आउँछ । सँगसँगै मानिसका रुचि र रहरहरुमा पनि परिवर्तन आउँछ । बितेको समयले मानिसमा अझैं परिपक्वता थप्दै जान्छ । जीवनलाई हेर्ने सोच र दृष्टिकोणमा फरकपन लिएर आउँछ । कुनै पनि वस्तु सधै एकनासको हुँदैन । समय फरक हुँदै र बन्दै जान्छ । विगतमा गरेका कामको मूल्यांकन गर्ने, आत्मालोचना गर्ने, आफूलाई केलाएर हेर्ने अनि आगामी नयाँ दिनका लागि नयाँ जोस, जाँगरसहित कामका लागि तम्तयार रहने अवसरका रूपमा नयाँ वर्षलाई लिइन्छ । नयाँ वर्ष वि.सं. २०८१ को संकल्पबारे विभिन्न क्षेत्रका महिलाले आफ्ना धारणा यसरी प्रस्तुत गरेका छन् ।
नीता पोखरेल (सह–सचिव, लोकसेवा आयोग, हेटौंडा)
लोकसेवा आयोगकी सह–सचिव नीता पोखरेल गुल्मी जिल्लाको पराल्मीमा जन्मिएकी हुन्। त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स इन पब्लिक एड्मिनिस्ट्रेसनसम्मको अध्ययन पूरा गरेकी उनी ०६२ सालमा खुल्लाबाट शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी हुन् । लामो समय योजना आयोगमा कार्यसम्पादन गरेपछि उनी वि.सं.२०७३ मा सह–सचिवमा बढुवा भइन् । त्यसपछि सामान्य प्रशासन मन्त्रालय, पर्यटन मन्त्रालय, पराराष्ट्र मन्त्रालयअन्तर्गतको नेपाली राजदूतावास भारतका लागि सेवा गरिसकेपछि हाल बाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगमा प्रदेश सचिवका रूपमा कार्यरत छिन् । ‘महिलाहरूको प्रतिशत कम देखिनुको पछाडि पहिले महिला ‘इन्ट्री लेवल’ मै कम थिए तर अहिले यो संख्या बढ्दो क्रममा छ ।’ नीतिगत तहमा महिलाको सहभागिताबारे नीता भन्छिन्–‘आगामी दिनमा यो संख्या बढ्दै जानेछ । छिट्टै हामीले यो सुन्न र देख्न पाउनेछौं ।’ उनी परिवारको सहयोग, ठूलो परिश्रम, व्यक्तिगत इच्छार उपयुक्त वातावरणका कारण आफू यो ठाउँमा पुगेको बताउँछिन् । आगामी वर्ष कुनै लोभ–मोहमा नफसी आफूले पाएको जिम्मेवारी पूरा गर्न जनताका काम समयमै पूरा गर्न गरी दृढ भईअघि बढ्ने योजना रहेको बताउँदै भन्छिन्–‘आफ्नो पेसालाई सम्मान गर्दै इमान्दारीपूर्वकराष्ट्रकै हितका लागि राम्रो काम गर्ने संकल्प गरेकी छु । देश, संगठन र जनताको हितका लागि कामप्रति प्रतिबद्ध रहनेछु ।’
कविता खतिवडा (प्राध्यापक, बालकुमारी कलेज चितवन)
मास्टर इन नर्सिङ र मास्टर इन हेल्थ एजुकेसन गरेकी कविता खतिवडा पेसाले प्राध्यापक तथा नर्सिङ प्रमुख (मेट्रोन) हुन् । ‘आमा, बच्चा स्वास्थ्य नेपाल’ की अध्यक्षसमेत रहेकी कविता महिलालाई बाहिर निस्किएर काम गर्न निकै कठिन भएको बताउँछिन् । विवाहपछि करियर सुरुवात गरेकी उनले करियर अघि बढाउँदाको अवस्था सम्झिँदै भन्छिन्–‘पढाइ, घर व्यवस्थापन, छोराछोरीको रेखदेखका लागियुनिसेफ नेपालको जागिरसम्म छाडें । करियरभन्दा परिवार ठूलो भन्ने ठानेर त्यसो गरेकी हुँ । फलस्वरूप छोराछोरी राम्रा भएर निस्किए ।’
महिलाले काम गर्दा योजना बनाएर अघि बढ्नुपर्ने कविताको भनाइ छ । तर योजना बनाएपछि कार्यान्वयन गर्नुपर्छ । बीचमा कति चुनौती र अप्ठ्याराहरू आउँछन्, त्यसमा विचलित हुनु हुँदैन । आगामी वर्ष अर्थात् वि.सं. २०८१ सालका योजना र संकल्पबारे उनले भनिन्–‘पेसामा अझै अब्बल हुन प्रयास गर्नेछु । छोराछोरीको पढाइमा ध्यान दिनेछु । कर्मथलो बनाएको मनकामना अस्पताललाई एउटा उचाइमा पुर्याउने प्रयत्नमा रहनेछु । स्वास्थ्य क्षेत्रमा पुर्याइरहेको सेवालाई निरन्तरता दिने नयाँ वर्षको संकल्प छ ।’
सची रेग्मी (बरिष्ठ निर्देशक, ह्याम्स अस्पताल)
सची रेग्मी ह्याम्समा आउनुअघि महेन्द्र नारायण निधि अस्पतालको सिईओ थिइन् ।
त्यसभन्दा पहिले ह्याम्सकै सिईओ हुँदा आफूलाई तीन पटक कोभिड भएपछिअस्पतालबाटै भएको शंकाका कारण काम छाडेर घरबाटै आफ्नै काम गर्न थालिन् । केही समयपछि कामका लागि उनी निधि अस्पताल पुगिन्, त्यहाँ केही समय काम गरेपछि ह्याम्सको राम्रो छविका कारण पुनः पुरानै ठाउँमा फर्किएको उनी बताउँछिन् ।
महिलालाई प्रोफेसनल हुन चुनौती रहेको र त्यसका लागि साना–ठूला गोल सेट गर्ने सवालमा यस्ता नयाँ संकल्प र योजनाहरू फलदायी हुने स्वीकार गर्दै उनी भन्छिन्–‘अबको नयाँ वर्ष २०८१ मा जेठा छोराको ग्रयाजुयसनमा अमेरिका जाने, अभावमा रहेका बालबालिकालाई लुगाफाटा एवं शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गर्ने, महिनामा एउटा पुस्तक पढ्ने, आफू कहिल्यै नगएको ठाउँमा घुम्न जाने र हरेक कुरामा व्यवस्थित हुने प्रयास गर्दै थोरै तौल घटाउनेसंकल्प गरेकी छु ।’ उनले अस्पतालमा काम गर्न थालेपछि हप्तामा एकदिन राति मोबाइल बन्द गर्ने प्रयास गरिन् तर सकिनन् । यसलाई उनले नयाँ वर्षमा कार्यान्वयन गर्ने बताइन् । मुख्य कुरा त सानो बच्चा र परिवारसँग बढी समय बिताउने उनको आगामी वर्षको योजना छ ।
टीका विष्ट (सञ्चारकर्मी)
दुई दशकदेखि पक्रकारितामा सत्रिय टीका विष्ट सानोभेरी गाउँपालिका (हालको) रुकुम–पश्चिममा जन्मिएकी हुन् । द्वन्द्व र शान्ति अध्ययनमा स्नातकोत्तर तथा कानुनमा स्नातकसम्मको अध्ययन फूरा गरेकी विष्ट स्कुलदेखि नै विद्यार्थी संगठनमा सक्रिय थिइन् । त्यसै त्रममा उनको नेतृत्वमा रही सदरमुकाममै बसेर काम गर्नेहरूसँग भेटघाट र अन्तरक्रिया हुँदै गयो । उनको ज्यामिरे गाउँमा पाँच कक्षासम्म मात्र पढाइ हुन्थ्यो, छ कक्षा पढ्न आठ घण्टा हिँड्नुपर्थ्यो । तर नजिकैको अर्को विद्यालय श्री महेन्द्र उच्च मा.वि. भने आधा घण्टामा पुगिन्थ्यो तर जोखिम तरिकाले भेरी तरेर जानुपर्थ्यो । टीका चिन्ना (सुकेका धेरैवटा गोलो लौका डोरीले बाँधेर लाइन बनाउने त्यही डोरी आफ्नो कम्मरमा बाँध्ने) मार्फत भेरी तरेर पढ्न जान्थिन् । त्यही जोखिमको रिपोर्टिङ गर्न गएका पत्रकारले टीकाको पनि अन्तर्वार्ता लिए । त्यतिबेला नै उनले पत्रकार भन्ने थाहा पाएको ।
उनी भन्छिन्–‘नौ कक्षा पढ्दा सिविनले बालअधिकार र भित्तेपत्रिका लेखन तालिम दियो । हरप्लेसले रेडियो नेपालबाट ‘शान्ति जागरण’ भन्ने कार्यक्रम गर्थ्यो । त्यसको श्रोतक्लबको अध्यक्ष म थिएँ । यी र यस्तै कुराले मलाई सचेत बनाउँदै लग्यो ।’
खलङ्गा सदरमुकाम झरेपछि पत्रकार महासंघले तालिम दियो । अन्य विदेशी संघसंस्थाले पनि तालिम दिए । महासंघको बाइसौं अधिवेशनले केन्द्रीय पार्षद थिइन्–टीका । पछि उनी प्रेस चौतारी रुकुमको संस्थापक सदस्य हुँदै कोषाध्यक्ष, उपाध्यक्षसम्म भइन् । ०६६ मा केन्द्रीय सदस्य, त्यसपछि सचिव र उपाध्यक्ष भइन् । उनी पत्रकार महासंघमा धेरै पटक केन्द्रीय पार्षद पनि भइन् । वि.सं. ०६२ मा प्रकाशित जन्तीधारा साप्ताहिकबाट लेखन यात्रा सुरु गरेकी उनी रेडियो सिस्ने हुँदै, राजधानी दैनिक, दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकमा स्तम्भ लेखनदेखि अन्य थुप्रै स्थानीय पक्रिकामा सत्रिय रूपमा लेखनमै व्यस्त रहिन् । ‘अहिले म फ्रिलान्सिङ गरिरहेकी छु । यसभित्र अन्तर्वार्ता, रिपोर्ट राइटिङ, सम्पादनका कामहरू पर्छन्। त्यसका अलावा मैले नवागन्तुक पत्रकारहरूलाई तालिम दिने काम गर्दै आएकी छु ।’ टीका भन्छिन्–‘मेरो रुचि त राजनीतिमै हो । राजनीति देशको बलियो संयन्त्र हो । अबको नयाँ वर्ष २०८१ को संकल्प भनेको अधूरो रहेको पुस्तक लेखनको काम अगाडि बढाउने, राजनीतिमा अझ बढी पहुँच बढाउने भन्ने छ । धेरै योजना बनाउँदा सफल भइँदैन, असफल भइयो भने निराश भइन्छ, ठिक्कका योजना बनाउने र कार्यान्वयन गर्नेमा जोड दिने मेरो उद्देश्य हो । यो वर्ष कर्णाली प्रदेशमा लैंगिक समानताको क्षेत्रमा वकालत गर्ने, पैरवी गर्ने कुरामा आफूलाई केन्द्रिकृत गर्ने सोच छ ।’
शर्मिला शर्मा (प्याराग्लाइडिङ पाइलट)
स्याङ्जाको फेदीखोलामा वि.सं. २०४८ सालमा जन्मिएकी शर्मिला शर्मा पाँच वर्षकी हुँदा परिवारकासाथ पोखरा बसाइ सरिन् । व्यवस्थापनमा स्नातक गरेपछि उनी साहसिक खेल प्याराग्लाइडिङमा लागिन् । सानैदेखि फरक केही गरौं भन्ने उनलाई लागिरहन्थ्यो । पोखरामा पर्यटकहरू आकाशमा उडेको देख्दा रमाइलो लाग्थ्यो । विवाहपछिश्रीमान्–श्रीमतीको सल्लाहमै प्याराग्लाइडिङ व्यवसायमा हात हालेकी उनी पहिले व्यवसायी र त्यसपछि प्याराग्लाइडिङ पाइलट बनिन् । उनले प्याराग्लाइडिङ पाइलटिङ गर्न थालेको पनि सात वर्ष भयो । ‘अन्य पुरुष पाइलट देख्दा महिलाले पनि सक्छन् भन्ने लाग्थ्यो । आँट्यो भने के कुरा असम्भव छ र ? भन्ने लागेरै यो क्षेत्रमा लाग्ने साहस बटुलेकी हुँ । सुरुसुरुमा कसरी उडिन्छ होला, कसरी भनेकै ठाउँमा पुगिएला भन्ने कौतूहलता र डर भए पनि बानी पर्दै जाँदा सहज लाग्न थाल्यो ।’ शर्मिला भन्छिन्–‘दुई वर्ष निरन्तर प्राक्टिस गरेर विभिन्न सेफ्टी कोर्स पूरा गरेपछि नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स प्राप्त गरेकी हुँ । लाइसेन्स पाइसकेपछि मात्रै दक्ष पाइलटका रूपमा मान्यता पाइन्छ । महिला भएकै कारण खासै अप्ठ्यारो छैन र यसमा लैंगिक कुरैआउँदैन । इच्छाशक्ति र निरन्तर मेहनत गर्न सकियो भने यो क्षेत्रमा गर्न नसकिने भन्ने छैन । महिलाहरू धेरै आएको राम्रो ।’ नयाँ वर्ष २०८१ सालमा आफूसँग अहिले भइरहेको ज्ञान र सीपलाई परिस्कृत गर्ने, आफूले संगालिरहेको पेसा–व्यवसायलाई अझै बढाउने, आफ्ना पाहुनाहरूलाइ राम्रो सेवा र सत्कारका साथ खुसी बनाउने शर्मिलाको लक्ष्य र नयाँ योजना छन् ।