Successfully Copied

ड्रागन खेती

पहिलो लट सफल भएको र दोस्रो लटमा पनि उत्तिकै आम्दानी गर्ने योजना रहेको किसानले बताएका छन् । लटलटमा फुल्ने र फल्ने भएकाले बिरुवा हुर्कने र फुल फुल्ने क्रम जारी छ ।


भारतीय सेनाबाट अवकाश प्राप्त माथागढी गाउँपालिका–१ माडीफेदीकासोमबहादुर आलेको दिनचर्या ड्रागनको रेखदेख मै बित्छ । ड्रागनको स्याहारसुसार गर्दा दिन बितेको पत्तै हुँदैन । छोरा मनु आलेले सामाजिक सञ्जाल र युट्युबबाट बुबा सोमबहादुरलाई खेती गर्ने तरिका सिकाउँछन् । ‘मैले भारतीय सेनामा पच्चीस वर्ष बिताए,’ उनले भने, ‘अहिले मलाई घरमा बसेर नयाँ जातको खेती गर्न पाउँदा निकै खुसी लागेको छ । झन् फूर्ति आएको छ ।’

छोरा मनु दक्षिण अफ्रिकाको केन्या पुगेर ड्रागनका विषयमा जानकार थिए । उनैको सहयोगमा काठमाडौ लगायत अन्य स्थानबाट बिरुवा ल्याएका हुन् । ५ सय बोट लगाएका उनको ड्रागनले पहिलो लटमा ३ लाख बढी आम्दानी दिएको छ । पुनः लगाएका बोट पनि रामै्र हुर्किएको छ । ‘परीक्षणका लागि लगाएका थियौं तर सफल भयो,’ उनले भने, ‘हुन्छ कि हुन्न भन्ने थियो । अब राम्रो हुने रहेछ भन्ने लागेको छ ।’ सेतो र रातो दुवै रहेको छ । प्रतिकिलो ५ सयदेखि ६ सय रुपैया“मा बजारमा पठाएको उनले बताए । नयाँ नयाँ जातका खेती गर्दा बजार नहुने हो कि भन्ने चिन्ता हो ।

डेढ वर्षअघि खेती सुरु गरेका आलेले राम्रो धान फल्ने खेतमा छ सय बिरुवा लगाएका छन् । उत्पादनका हिसाबले धानबालीको तुलनामा यसबाट चारगुणा बढी फाइदा लिन सकिन्छ । उत्पादित फल स्थानीय बजार साथै अलावा तानसेन, आर्यभञ्ज्याङ, दमकडा, कसेनी लगायतका बजारमा बिक्री भएको उनले बताए । पहिलो लटमा तीन टन भन्दा बढी नै फल बिक्री गरेको उनले बताए । बजारमा यस फलको माग धेरै बढेकाले तीन रोपनी जग्गामा खेती गरेका छन् । आगामी दिनमा खेती विस्तार गर्ने योजना रहेको बताए । ‘यसबाट राम्रो कमाई गर्न सकिने रहेछ,’ उनले भने, ‘फुर्सदको समय सदुपयोग भएकाले पनि व्यवसायप्रति आकर्षित छु ।’


यो खेती नयाँ र स्वास्थ्यका लागि राम्रो भएको बुझाउन सक्नुपर्ने उनको सुझाव छ । एक पिल्लरमा चारैतिर लगाइको चारवटा बोट हुन्छ । एक बोटमा कम्तीमा ३० वटासम्म फल लाग्छ । बिरुवा लगाएको एक वर्षमै फल तयार हुन्छ । आले मात्र होइन, कचल, तानसेन र ठिमुरेमा गरी ३ हजार ५ सय बढी ड्रागनका बोटले फल दिन थालेको छ । पहिलो लट सफल भएको र दोस्रो लटमा पनि उत्तिकै आम्दानी गर्ने योजना रहेको किसानले बताएका छन् । लटलटमा फुल्ने र फल्ने भएकाले बिरुवा हुर्कने र फुल फुल्ने क्रम जारी छ ।

बजारमा रातो महङगोमा बिक्री हुने गरे पनि सेतो ड्रागन धेरै फल्ने र बोट पनि छिटो हुर्कन्छ । तानसेन काजीपौवाका सन्दीप अधिकारी, ठिमुरेका भरत जीसी, कचलका टेकबहादुर रास्कोटी, रुप्सेका तारा पाण्डेय, रामपुरका हिरण्य राज रेग्मीले पनि ड्रागन खेती गरेका छन् । अधिकांशले इन्टरनेट र सामाजिक सञ्जालबाट खेती गर्ने तरिका सिकेर गरिएको ड्रागन बजारमा बिक्री गर्न कुनै समस्या छैन । ड्रागन पहिलो लटमा सेतो ५ सय र रातो ६ सय रुपैयाँमा बिक्री गरेका थिए । यसपटक ४ सय र ५ सयमा पठाउने योजना बनाएका छन् ।

सि

सिँउडी जस्तो देखेर अचम्म परेका गाउ“लेलाई पाकेको फल चखाएपछि गाउँमै ड्रागन खाने उपभोक्ता बढेको कचलका रास्कोटीले बताए । सुरुमा भने हेर्दा सिउँडीजस्तै देखेर धेरै गाउँले अचम्म परेका थिए । माथागढी गाउँपालिका–१, चिदीपानीका वडाध्यक्ष राजकुमार पन्थीले गाउँपालिकामा कार्यविधि बनाएर उत्पादनमा आधारित अनुदान दिनेगरी काम गर्न लागेको बताए । पहाडी जिल्लामा ड्रागन फल खेती नयाँ भएकाले यसमा आकर्षण र बजार माग बढ्दो छ ।

केही किसानले व्यावसायिक खेती सुरु गरेको कृषि ज्ञानकेन्द्रकी प्रमुख कामना भट्टराई अधिकारीले बताइन् । नयाँ खेती भएकाले ड्रागन डिपार्टमेन्टल स्टोर, फलफुल पसल, भाटभटेनी लगायतमा बिक्री गर्न सहज रहेको उनले बताइन् ।दक्षिण अमेरिकाको मेक्सिकोमा सुरु भएको यो फल सिउँडी प्रजातिमा पर्छ । गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुन्छ । फलको स्वाद गुलियो र अमिलोपनाको मिश्रण भएको हुन्छ ।


तस्बिर क्याप्सन- पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी माडीफेदीकासोमबहादुर आलेले गरेको ड्रागन खेती । तस्बिर माधव अर्याल

 Image