करिब २० वर्षअघिको त्यो समय अनि त्यो प्रेम, जतिबेला एक–अर्काको तस्बिरमा दिल बसेको थियो, गोरखाका प्रकाशबाबु थापा र सात समुद्र पारि फिलिपिन्सकी मेरी जेनको । २००४ तिर विश्वशान्ति तथा एकीकृत परिवार संघका अभियन्ताका रूपमा सक्रिय प्रकाश र जेनी यही अभियानमार्फत जोडिएका हुन् । ‘विश्वशान्ति अभियानकै सिलसिलामा एक–अर्कालाई तस्बिरमा देख्यौं । त्यसपछि चिठी, इमेल र फोन कल आदान–प्रदान हुनथाल्यो । धेरै दिनसम्म इमेलको जवाफको आशा गरेर बस्नुपथ्र्यो ।’ प्रेमका अविस्मरणीय पल सम्झदै प्रकाश भन्छन्–‘त्यो प्रेममा छुट्टै खालको मिठास र सम्मान थियो । निश्छल, निष्कपट र शारीरिक वासनाविनाको चोखो प्रेम । वास्तवमै यस्तै प्रेम सफल हुँदोरहेछ भन्ने लाग्छ ।’
सन् २००६ तिर अमेरिकामा रहेका आफ्ना अभिभावकले उतै बोलाएपछि फिलिपिन्सबाट अमेरिका जान तयार रहेकी जेनी सूर्यमुखी फूलले सूर्यलाई पछ्याएझैं आफ्नो प्रेम पछ्याउँदै नेपाल आइपुगिन् । ‘प्रेम त्यति शक्तिशाली हुँदोरहेछ । मलाई थाहा थियो, नेपाल आउनुभन्दा अमेरिका जानुमा मलाई राम्रो हुन्छ र पनि मैले आत्मिक खुसी रोजें र नेपाल आइपुगे।’ नेपाल आएपछिका तीता–मीठा मिश्रित अनुभव सुनाउँदै जेनी भन्छिन्–‘आउनेबित्तिकै कोर्ट म्यारिज ग¥यौं । त्यसपछि प्रकाश तालिमका लागि अमेरिका जानुभयो । त्यो समयमा म नितान्त एक्ली जस्ती भएँ । फरक देश, फरक भाषा, संस्कृति, परिवेश र नौला मान्छेहरू तर पनि म उहा“ फर्केर आउने आशामा उहाँकी आमा र परिवारसँग घुलमिल भएर बसें । म जस्तोसुकै कष्ट आए पनि सहन्छु भनेर मानसिक रूपमै तयार भएर नेपाल आएकी थिएँ । म सम्बन्धप्रति प्रतिबद्ध थिएँ ।’
हाल विश्वशान्ति तथा एकीकृत परिवार संघका अध्यक्ष, प्रकाशका अनुसार आफू अमेरिका हुँदा जेनीले आफ्नी आमा र घरपरिवारलाई अत्यन्त कुशलताका साथ सम्हालेर बसेको र आफू नेपाल आइपुग्दा प्रस्ट नेपाली भाषा सिकिसकेको बताउँदै भन्छन्–‘मेरी आमास“ग वार्तालाप गर्न सहज होस् भनेर उनले नेपाली सिकिसकेकी रहिछिन् । त्यो देख्दा म निकै भाववि≈वल भएँ । एकजना व्यक्ति कसैका लागि यति धेरै कसरी समर्पित हुनसक्छ भन्ने लाग्यो । त्यस दिनदेखि म पनि उनलाई कुनै दिन उनको आँखाबाट आँसु आउन नदिने र सदा उनलाई खुसी राख्ने कुरामा प्रतिबद्ध भएँ जुन आजसम्म पनि निरन्तर गरिरहेको छु ।’
प्रकाश र जेनीले सन् २००८ मा हिन्दू संस्कारअनुसार गोरखामा बाजा बजाएर बिवाहगरे । त्यसयता प्रकाश श्रीमतीलाई खुसी राख्न हरतरहले प्रयासरत रहेको बताउँछन् । श्रीमतीलाई चित्त दुखाएजस्तो लागेका दिन उनी आफैं माफी माग्छन् । प्रकाशलाई श्रीमती के कुरामा खुसी हुन्छिन् भन्ने प्रस्ट छ । श्रीमतीलाई मन परेको खान–लाउन वा उनी खुसी हुने कुरामा कहिलेकाहीँ आफूले सम्झौता पनि गर्नुपर्ने बताउ“दै प्रकाश भन्छन्–‘विवाह जीवनका लागि गरिने ठूलो प्रतिज्ञा हो यसको मूल्य बुझेर आफ्नो जीवनसाथीलाई प्रेम–सम्मान गर्नुपर्छ । यदि यो प्रतिज्ञा पूरा गर्न सकिँदैन भने विवाह नै नगरेको राम्रो, किनभने अर्काकी छोरीलाई ल्याएर दुःख दिने वा रुवाउने अधिकार कसैलाई छैन, जुन मानव अधिकारविरुद्धको कार्य हो र सबैभन्दा ठूलो पाप पनि यही हो ।’
विश्वास, प्रेम, सम्मान तथा एक–अर्काको रुचि र भावनालाई बुझ्दै त्यसलाई स्वीकार गर्न सक्ने खुसी दाम्पत्य जीवन प्रगाढ पार्ने सूत्र हुन् भन्ने जेनी दुई छोरी (१४ वर्षकी प्रेरणा र १० वर्षकी जे हे) को जन्मपछि प्रकाश अझ बढी जिम्मेवार र परिपक्व भएको बताउँछिन् । भन्छिन्–‘हि इज द बेस्ट सन, हसवेन्ड एन्ड फादर ।’ कहिलेकाहीँ स–साना कुरामा ठाक्कठुक्क भइरहेकै हुन्छ तर यी दुवैजना ‘सरी’ भन्ने मामिलामा माहिर छन् । डिनर लगेर, गिफ्ट दिएर, लङ ड्राइभ लगेर वा अन्य विशेष केही गरेर ‘सरी’ भन्ने यिनीहरूको कला गज्जबको छ ।
युनिभर्सल पिस फेडरेसनको कन्ट्री डाइरेक्टरसमेत रहेका प्रकाश हरक्षण शान्ति अभियानमा व्यस्त रहँदारहँदा पनि श्रीमतीका लागि विशेष समय छुट्याउने गरेका छन् जसलाई उनी जीवनकै सुन्दर र अमूल्य समयका रूपमा लिन्छन् । विवाह नामक संस्था र सम्बन्धलाई हेर्ने उनको दृष्टिकोण फरक छ । उनी यसलाई जीवनकै सुन्दर र अमूल्य बनाउन चाहन्छन् । ‘प्रकाशपुञ्ज’ साहित्यिक नामले कहलिएका प्रकाश गीतकार पनि हुन् । प्रायः गीतहरू आफूले श्रीमतीलाई अगाडि राखेर उनलाई हेर्दै लेखेको बताउने उनी रूप खोज्न, साथी खोज्न, आमा खोज्न, प्रेमिका खोज्न अन्त कतै जान नपर्ने, यी सबै गुण आफूले श्रीमतीभित्र खोज्ने तर्क गर्छन् । भन्छन्–‘हामी बेस्ट फ्रेन्ड जस्ता छौं, उनलाई म पे्रमिका, आमा, छोरी सबै जसरी व्यवहार गर्छु ताकि उनले मबाट एउटा साथी, बुवा, छोरा सबैले दिने जस्तो प्रेम, सम्मान, अपनत्व र विश्वास प्राप्त गर्न सकून् ।’ विवाहबारे जेनीको धारणा पनि बलियो छ ।
उनलाई लाग्छ विवाह भनेको सर्टिफिकेट मात्रै होइन । परिवार बनाउने, सृष्टि चलाउने, अपनत्व महसुस गर्ने जीवनको एउटा सुन्दर प्रतिज्ञा हो, जसलाई प्रकाशले शतप्रतिशत पूरा गरेका छन् । प्रकाशलाई भने धेरै श्रीमान्हरू विवाहप्रति प्रस्ट नभएर नै सम्बन्ध कटु बनेझैं लाग्छ । केका लागि विवाह गर्ने ? किन विवाह गर्ने ? भन्ने कुरामा अगावै प्रस्ट भए सम्बन्ध सुमधुर हुने राय उनको छ । श्रीमतीलाई स्वास्नीकै रूपमा मात्रै हेर्ने हो भने सम्बन्धमा मिठास नआउने उनको तर्क छ । भन्छन्–‘सम्बन्ध यस्तो हुनुपर्छ आफूलाई मन लागेको कुनै पनि कुरा सजिलै भन्न सकियोस् । यही नैसच्चा सम्बन्ध हो । अन्यथा केवल सम्झौता मात्रै हुन्छ जसले यस्तो सुन्दर जीवनलाई बोझ बनाइदिन्छ ।’
प्रकाशको नजरमा मेरी
बलियोपक्ष - आत्मविश्वासी ।
कमजोरी- समय व्यवस्थापनमा कमजोर ।
मनपर्ने खाना र संगीत- खानामा चिकेन आदबो, संगीतमा फिलिपिनो तगालो ।
सुधार्नुपर्ने कुरा- झनक्क रिसाउन छाडे राम्रो ।
मनपर्ने पुस्तक- द रोड टु सक्सेस ।
कस्ती श्रीमती - असल र संस्कारी ।
के भएको हेर्ने इच्छा छ - असल महिला नेतृ भएको ।
मेरीको नजरमा प्रकाश
मनपर्ने पक्ष -साहसी ।
आकर्षक पक्ष- सर्लक्क परेको नाक ।
बलियोपक्ष-आफ्नो लक्ष्यमा दृढ ।
कमजोरी-हठी स्वभाव ।
सुधार्नुपर्ने कुरा- रिस कम गर्दा अझ राम्रो हुन्छ ।
मनपर्ने काम- उहाँलेगरिरहेको समाजसेवा ।
कस्तो श्रीमान्- जिम्मेवार ।
के भएको देख्ने रहर छ - यही क्षेत्रमा सक्रिय रही पब्लिक फिगर भएको हेर्ने मन छ ।