Successfully Copied

कर्तव्यपरायण आमा

यो आलेख मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन जन्म दिने आमा मात्र होइन आमाको भूमिका निर्वाह गर्ने हरेक ती आमाहरूलाई समर्पित छ । जसलाई हाम्रो समाजले ‘सौतेनी आमा’ को नाम दिएको छ ।


सुजाता मुखिया


प्रेम, स्नेह, त्याग, समर्पणजस्ता शब्द ‘आमा’ सँग जोडिन्छन् । यी भावनाहरूको अनुभूति संगाल्न आमाको भूमिकामै जिउनुपर्छ । तर, यसका लागि आफ्नै कोखबाट जन्म लिएको सन्तान नै हुनैपर्छ भन्ने छैन । सन्तान सुख पाउनका लागि अरुको कोखबाट जन्मिएका बच्चालाई पनि उति नै प्रेमले हुर्काउन सकिन्छ । प्रेम, स्नेह, त्याग, समर्पणजस्ता शब्द ‘आमा’ सँग जोडिन्छन् । यी भावनाहरूको अनुभूति संगाल्न आमाको भूमिकामै जिउनुपर्छ । तर, यसका लागि आफ्नै कोखबाट जन्म लिएको सन्तान नै हुनैपर्छ भन्ने छैन । सन्तान सुख पाउनका लागि अरुको कोखबाट जन्मिएका बच्चालाई पनि उति नै प्रेमले हुर्काउन सकिन्छ ।

यो आलेख मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन जन्म दिने आमा मात्र होइन आमाको भूमिका निर्वाह गर्ने हरेक ती आमाहरूलाई समर्पित छ । जसलाई हाम्रो समाजले ‘सौतेनी आमा’ को नाम दिएको छ । ‘सौतेनी’ भन्ने शब्द नै अप्रिय लाग्छ । किनभने हामीले सानैदेखि सौतेनी आमाको व्यवहार नराम्रो हुन्छ भन्ने सुन्दै, हुर्केका छौं । कसैले भेदभावपूर्ण व्यवहार गरेको देखे ‘कस्तो सौतेनी आमा जस्तो व्यवहार गरेको ?’ भन्छौ । सौतेनी आमालाई ‘अर्काको घर बिगार्ने’ महिलाको दर्जा दिइन्छ । घर बिगार्न होइन, बिग्रिएको घर सम्हाल्न आएकी महिलाहरूको कथा हो यो ।

सुरु गरौं, माया शेर्पाको कथाबाट । उनले यस्तो पुरुषसँग विवाह गरिन्, जो पहिलेदेखि नै विवाहित र दुई सन्तानका पिता थिए । ती पुरुषको पहिलो दाम्पत्य जीवन राम्रो थिएन । उनी छोराछोरीसहित काठमाडौंमा होटल व्यवसाय गरिरहेका थिए । माया सुनाउँछिन्, ‘मेरो घर र उहाँ बस्ने डेरा नजिकै थियो । मेरो घरमा किराना पसल भएकोले पहिलो पटक मैले त्यही“ नै देखेकी हुँ ।’ त्यसपछि उनको चिनजान बढ्दै गयो । भेट पनि बाक्लिँदै गयो । एकदिन उनलाई ती व्यक्तिबाट विवाह प्रस्ताव आयो । उनले ठाडै अस्वीकार गरिदिइन् । काठमाडौंमा घर, पारिवारिक व्यवसाय राम्रो भएको परिवारको उनी एक्ली छोरी थिइन् । त्यतिबेला उनलाई दुईबीच तालमेल मिल्छ जस्तो लाग्दैनथ्यो । उनी भन्छिन्, ‘उहाँले मलाई सबै कुरा स्पष्टस“ग राख्नुभएपछि मलाई ती बच्चाहरूलाई आमाको साथ चाहिन्छ भन्ने महसुस भयो ।’
माया पनि सौतेनी आमाकै काखमा हुर्केकी थिइन् । सानैमा उनले आफ्नी जन्म दिने आमा गुमाएकी थिइन् । उनले आफूलाई जन्म दिने आमा र कर्म दिने आमामा कहिल्यै भिन्नता महसुस गरिनन् । बरु आमाले सिकाएको कुरालाई सधैं उनले पालना गरिरहिन् । उनी अझै पनि सम्झिन्छन्, ‘आमा भन्नुहुन्थ्यो अरुका लागि बाँच्नुपर्छ ।’

अर्को कुरा, ती पुरुषले सबै कुरा उनीसामु स्पष्ट राख्नु हो । उनी सुनाउँछिन्, ‘मलाई बालबच्चा असाध्यै मन पर्ने, त्यसमा पनि उनीहरूले आमाको माया नपाएको कुराले मेरो मन छोयो ।’ मायाले विवाहका लागि सहमति त जनाइन् तर उनको विवाहको कुरा सुनेर बुवाआमाले स्वीकृति दिने कुरै भएन । उनी भन्छिन्, ‘आफ्नो बलिबुतोले भ्याएसम्म सबै सेवा–सुविधा दिएर हुर्काएकी एक्ली छोरी आर्थिक अवस्था कमजोर भएको केटा त्यसमाथि विवाहित र दुई सन्तानका पिता, विवाह गर्ने अनुमति दिनुभएन ।’ त्यसैले उनले बुवाआमासँग विद्रोह गरी विवाह गरिन् । ‘घरबाट भागेर विवाह गरें । त्यसपछि स्वयम्भूमा कोठा लिएर बस्यौं । लामो समयसम्म मेरो परिवारस“ग कुरा भएन’ उनी सम्झन्छिन्, ‘पछि उहाँहरूले बुझ्नुभयो ।’ हाल उनका छोराछोरी उच्च शिक्षाको सिलसिलामा अमेरिकामा छन् ।



भक्तपुरकी विनु शर्मा (नाम परिवर्तन) को कथा मायाको जस्तै छ । उनका पनि दुई सन्तानका पितासँग विवाह भयो । उनका श्रीमान्ले पहिलीश्रीमतीको दुर्घटनामा परेर मृत्यु भएपछि विनुलाई दोस्रो श्रीमतीका रूपमा भित्राएका थिए । विनु भन्छिन्, ‘मेरो विवाह भएर आउँदा साना बच्चा थिए । बच्चाकै स्याहारसुसारका लागि मसँग उहाँले विवाह गर्नुभयो । तर मैले कहिल्यै त्यो कुरामा गुनासो गरिन ।’ विवाहपछि उनले ती बच्चालाई स्याहारसुसार गरी माया, ममता दिएर हुर्काइन् । ‘मैले कहिल्यै बच्चालाई आमाको माया दिनमा कन्जुस्याईँ गरिन’ उनले सुनाइन् ।

‘सौतेनी आमाले भेदभाव गर्छन् भन्ने सुन्दै हुर्किएकी हुँ’ विनु भन्छिन्, ‘म पनि सौतेनी आमा नै भएँ । म त्यो सोचाइलाई परिवर्तन गर्न चाहन्थें ।’ त्यसैले विनुले आफ्नो बच्चा जन्माइनन् । उनलाई लाग्थ्यो, ‘मैले बच्चा जन्माएँ भनें ती बच्चालाई भेदभावको भावना जाग्छ कि भन्ने डर थियो ।’ उनले दुई जना बच्चालाई हुकाईन्, बढाइन् । ‘छोरीको विवाह भइसक्यो, छोरा पढ्दैछ’ विनु खुसी हुँदै सुनाउँछिन् ।

उता उनकी छोरी पनि खुसी छिन् । छोरी प्रेरणा शर्मा (नाम परिवर्तन) भन्छिन्, ‘मलाई जन्म दिने आमा कस्तो हुनुहुन्थ्यो मलाई सम्झना छैन ।’ त्यतिबेला उनी सानै थिइन् । ‘मैले बुझ्ने भइसकेपछि मात्र थाहा पाएँ’ उनी भन्छिन्, ‘मैले मेरी जन्म दिने आमा होइन भन्ने कहिल्यै महसुस नै गरिन । किनभने मैले आफ्नी आमा र साथीहरूकी आमामा केही फरक पाएकी थिइन ।’ जब उनी हुर्कदै गइन् । उनले आफन्त एवं छरछिमेकबाट सबै कुरा थाहा पाइन् । तर यी कुराले उनलाई केही फरक नपारेको बताउ“दै उनी थप्छिन्, ‘हामीलाई माया कम हुन्छ भनेर ममीले बच्चा नजन्माएको कुराले अझ उहाँप्रति सम्मान बढेर गयो ।’
माया र विनुको भन्दा संगीता साहको कथा भने फरक छ । उनका पनि दुई सन्तानका पिता अमित सिंहस“ग विवाह त भयो तर यसमा उनको भन्दा पनि परिवारको मर्जी बढी थियो । अमितको परिवारले उनको परिवारमा विवाहको प्रस्ताव लिएर गएपछि राम्रो परिवारको केटाबाट विवाहको प्रस्ताव आएको भन्दै संगीताका बुवाआमाले सहजै स्वीकृति जनाए र उनी अमितको घरमा दोस्रो श्रीमतीका रूपमा भित्रिइन् । अमितकी पहिलीश्रीमतीको क्यान्सरको कारण मृत्यु भएको थियो ।

संगीता भन्छिन्, ‘बच्चा सानै भएकाले सबैले हेरचाहका लागि दोस्रो विवाह गर भनेपछि मसँग विवाह भएको हो । मेरो मात्र होइन परिवारको समेत सहमतिमा हामीले मन्दिरमा विवाह ग¥यौं ।’ विवाहअघि आफ्नै व्यवसाय गरिरहेकी उनी विवाहपछि पूर्णरूपमा गृहिणी भएकी छन् । ‘म अहिले परिवारमै रमाइरहेकी छु । बच्चाहरूलाई बढी समय दिन चाहन्छु ।’ संगीता भन्छिन्, ‘बच्चाहरू पनि खुसी छन् । उनीहरूले मलाई चाँडै अपनाए ।’ विवाहको एक वर्ष पूरा गरेकोमा अमित पनि खुसी छन् । उनी भन्छन्, ‘सुरुमा विवाह गर्ने सोच थिएन । परिवार र साथीभाइले छोराछोरी सानै छन् । उनीहरूका बारेमा सोच्नुपर्छ भनेकाले विवाह गरें । अहिले म, मेरा छोराछोरी र मेरो परिवार सबै खुसी छौं ।’ अन्तरजातीय विवाह गरेका अमित खुसी हुँदै सुनाउँछन्, ‘अहिले छोराछोरीले उसकी ममीलाई मिस गर्दैनन् ।’

 Image