Successfully Copied

चाडपर्वमा सुहाउँछ परम्परागत पहिरन

दसैं–तिहारका लागि त्यस्तो कुनै पृथक् पहिरन भने हुँदैन । परम्परागत पर्व भएकाले यतिबेला सोहीअनुसारको पहिरन शैली सुहाउँदो र उपयुक्त देखिन्छ । साडी, कुर्ता आदिलाई थोरै आधुनिक शैलीमा लगाउन सकिन्छ ।


चाडपर्वअनुसार फेसन शैलीमा पनि फेरबदल हुन्छ । चाहे त्यो तीज होस् वा दसैं, होली होस् वा तिहार । हरेक चाडको आफ्नै विशेष पहिरन शैली छ ।दसैं–तिहारको मौसम छ । दसैंको दिन टीका थाप्न जाँदा वा तिहारमा देउसी–भैलो खेल्दा होस् साधारण पहिरन लगाउँदा राम्रो देखिन्छ । पूजाआजामा सहज र सामान्य पहिरन उपयुक्त हुन्छ । ‘हिँडडुल वा काम गर्दा पहिरनकै कारण असजिलो झेल्नुपर्छ ।’ वुमन प्लानेटकी फेसन डिजाइनर सुष्मा सिंह भन्छिन्, ‘पूजाआजामा कुर्ता–पाइजामा, कुर्ता–सुरुवाल बढी उपयुक्त हुन्छ ।’
दसैं–तिहारका लागि त्यस्तो कुनै पृथक् पहिरन भने हुँदैन । परम्परागत पर्व भएकाले यतिबेला सोहीअनुसारको पहिरन शैली सुहाउँदो र उपयुक्त देखिन्छ । साडी, कुर्ता आदिलाई थोरै आधुनिक शैलीमा लगाउन सकिन्छ ।
फेसन डिजाइनर अमीशा सुनामका अनुसार चाडपर्वमा हाम्रो परम्परागत पहिरन भन्दा भारतीय र पाकिस्तानी पहिरन बढी चल्छ । यहाँ विभिन्न जातजातिका मानिसहरू बस्छन् । सबैले आफ्नो पहिरनलगाएर चाडपर्व मनाउन सकिन्छ । यसले कतिपय हराउ“दै गएको पहिरनलाई जोगाउन सकिने उनको भनाइ छ ।


सदाबहार साडी
दीपावाली वा पूजाआजामा साडी लगाउँदा बढी सुहाउँछ । दसैंका दिन टीका लगाउँदा साडीले आकर्षक लुक दिन्छ । पूर्वीय संस्कारमा महिलाका लागिसाडी प्रिय पहिरन हो । धेरै चहकिलो साडी भन्दा पनि गाढा गेरु रंगको साडी यसबेला राम्रो देखिन्छ ।
अहिले साडी लगाउने विभिन्न शैली चलनचल्तीमा छन् । यो परम्परागत पहिरनलाई केही आधुनिक शैलीमा लगाउन सकिन्छ । खासगरी विवाहित महिलाका लागि साडी सदाबहार पहिरन हो, जसले उनीहरूको सौन्दर्य खुल्छ ।
तर साडीमा धेरै गरगहना भने लगाउनु त्यति राम्रो हुँदैन । चाडपर्वमा भीडभाड वा कामको धपेडी हुने भएकाले शरीरलाई भद्दा बनाउँछ । साथै यो असुरक्षित पनि हुन्छ । गरगहना हराउने भय त छँदैछ ।
यसैगरी साडी लगाउ“दा अलि सम्हालिएर हिँडडुल गर्नुपर्ने हुन्छ । पूजाआजामा दियो, धूप आदि बाल्ने गरिन्छ । यतिबेला कपडामा आगो सल्कने जोखिम हुन्छ । त्यसैले साडी लगाउँदा धेरै कुरामा सावधानी अपनाउनुपर्छ ।

सहज कुर्ता–सुरुवाल
दसैं–तिहार आदि परम्परागत पर्वमा कुर्ता–सुरुवाल पनि उपयुक्त र सुहाउँदो देखिन्छ । साडीको तुलनामा यो बढी छरितो हुन्छ । कुर्ता–सुरुवाल भने उज्यालो वा रंगीचंगी नै बढी खुल्छ । कुर्ता–सुरुवाल भाइटीकाको दिन लगाउन सकिन्छ । कुर्ता–सुरुवालमा धेरै गरगहना भने सुहाउँदैन ।
कुर्ता–सुरुवाल पूजाआजा, दीपावली र भाइटीकामा लगाउन सकिन्छ। यो सबै अवसरका लागि उपयुक्त पहिरन हो ।


जातजातिका मौलिक पहिरन
अहिले विभिन्न जातजातिले आ–आफ्ना पहिरन लगाउने गरेका छन् । कसैले हाकु पटासी लगाउँछन् भने कसैले बख्खु लगाउँछन् त कसैले लुंगी–पछ्यौरा । चाडपर्व एवं उत्सवमा विभिन्न जातजातिले आ–आफ्नै मौलिक पहिरन लगाउँदा राम्रो देखिन्छ ।
यस्ता पहिरनलाई अहिले आधुनिक ढाँचामा लगाउने प्रवृत्ति छ । परम्परागत गरगहनासँगै लगाइने यी मौलिक पहिरनको आफ्नै आकर्षण पनि छ । तिहारमा विभिन्न जातजातिले आ–आफ्नै मौलिक पहिरन लगाउन सक्छन् ।

गुन्यू–चोली
गुन्यू–चोली नेपालको मौलिक पहिरन शैली हो । विभिन्न उत्सव वा विशेष अवसरमा गुन्यू–चोली लगाउने चलन छ ।
तिहारमा पनि यो पहिरन उपयुक्त हुन्छ । खासगरी भाइटीकाका दिन गुन्यू–चोली लगाउँदा राम्रो देखिन्छ । यसले परम्परागत पर्वको महिमालाई अरु प्रगाढ बनाइदिन्छ ।


रोजाइमा ढाका
केहीवर्षयता ढाकाको पहिरनले व्यापकता पाउँदै गएको छ । परम्परागत पहिरन मात्र होइन आधुनिक पहिरनमा पनि ढाकाको संयोजन मिलाउने ट्रेन्ड छ । गुन्यू–चोलीदेखि कुर्ता–सुरुवालमा ढाकाको संयोजन मिलाउन सकिन्छ । तिहारमा ढाकाको पहिरन उपयुक्त हुनसक्छ ।


आधुनिक पहिरन
त्यसो त अहिले वान पिस, लेहेंगा आदि पहिरन पनि लगाउने चलन छ । यस्तो पहिरन किशोरीहरूलाई बढी सुहाउँछ । सरारा, लामो कुर्ती र प्लाजो पनि लगाउन सकिन्छ ।



कस्तो रंग ?
जातीयलगायत कतिपय पहिरनको आफ्नै विशिष्ट रंग हुन्छ । यस्तोमा हामीले फरक रंगको छनोट गर्न सकिँदैन । यद्यपि कुर्ता–सुरुवाल, साडी, लेहेंगा आदिमा भने आफू सुहाउँदो रंग छनोट गर्न सकिन्छ । पूजाआजा, आरती वा दीपावलीका बेला भने गाढा रंगको साडी राम्रो देखिन्छ ।
तिहार त्यसै पनि रंगीन पर्व हो । फेसनका जानकारहरू भन्छन्, रंगीन पर्व भएकाले यतिबेला सोहीअनुसारको पहिरन शैली अर्थपूर्ण देखिन्छ । सप्तरंगी पर्वमा ‘कलरफुल’ पहिरन सुहाउँदो पनि लाग्छ ।


सावधानी पनि
तिहार झिलिमिली पर्व हो । यतिबेला पूजाआजा गरी बत्ती बालिन्छ । यतिबेला आफूले लगाएका लुगामा आगो सल्कने जोखिम हुन्छ । त्यसैले सकेसम्म सजिलै आगो नटिप्ने कपडा लगाउनु जरुरी हुन्छ ।
सकेसम्म छरितो वा सहज पहिरन लगाउनुपर्छ, ताकि कुनै पनि काम वा पूजाआजा गर्दा असुरक्षित र असहज महसुस गर्न नपरोस् । 

 Image