Successfully Copied

‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण सम्पन्न

फेसनका बहुआयामिक पक्षहरूलाई कल्पना, सिर्जना र अभिव्यक्तिको भव्यतालाई कपडाको क्यानभासमा प्रस्तुत गर्दै ‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण सम्पन्न भएको छ ।



फेसनका बहुआयामिक पक्षहरूलाई कल्पना, सिर्जना र अभिव्यक्तिको भव्यतालाई कपडाको क्यानभासमा प्रस्तुत गर्दै ‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण सम्पन्न भएको छ । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनअन्तर्गत फेसन डिजाइनिङ विधामा छ महिनाको पढाइ सम्पन्न गरेका एक सय २६ जना विद्यार्थी डिजाइनरले आफ्ना सिर्जनाहरूलाई चार वटा विविध अवधारणामा प्रस्तुत गरेका छन् । आफूले तयार पारेका सिर्जनालाई स्वयं आफैंले मोडलका रूपमा र्‍याम्पमाथि क्याटवाक गर्दै आकर्षक रूपमा प्रदर्शन गरेका थिए । प्रज्ञा भवनको डबलीमा प्रस्तुत गरिएको प्रतिस्पर्धात्मक फेसनमय उक्त कार्यक्रममा पारामेट्रिक प्यालेस, मेगालफोबिक, क्यारिड अवे इन डेजाभु तथा माइथोलोजिकल गार्डेन गरी चार अवधारणामा समेटिएको थियो । सहभागी विद्यार्थी डिजाइनरहरू यिनै चार अवधारणाअन्तर्गत चार समूहमा विभाजित थिए ।
कार्यक्रममा पारामेट्रिक प्यालेस अवधारणामा जिज्ञासा श्रेष्ठ उत्कृष्ट छनोट भइन् भने मेगालफोबिक अवधारणामा खुश्बु सेवाको सिर्जना उत्कृष्ट ठहरियो । क्यारिड अवे इन डेजाभु अवधारणामा सिलु बज्राचार्यको सिर्जनाले विजेताको उपाधि चुम्न सफल भयो भने माइथोलोजिकल गार्डेन अवधारणाअन्तर्गत इन्द्रावती क्षेत्रीको सिर्जना उपाधि विजेताको हकदार बन्यो । चारै जना विजेताले विविध गिफ्ट ह्याम्परका साथमा जनही १५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतिस्पर्धात्मक यो कार्यक्रममा गायक उदय सोताङ, संचारकर्मी कृष्ण भट्टराई, फेसन डिजाइनरहरू महेश महर्जन, कुसुम पदम श्रेष्ठ, निशा श्रेष्ठ एवं गीता मिश्र निर्णायकको भूमिकामा थिए । कार्यक्रमको कोरियोग्राफी, संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।
कार्यक्रममा आईआईएफीबाट फेसन डिजाइनिङ कोर्स पूरा गरेका ७६ जना विद्यार्थी डिजाइनर ग्राजुएट भएका थिए । उनीहरूलाई लोकप्रिय फेसन डिजाइनर युबी थापाले ग्राजुएसन सर्टिफिकेट प्रदान गरेका थिए । आईआईएफटीका प्रबन्धक निर्देशक फुपू तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेसटुइम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम भएको र विद्यार्थी डिजाइनहरूको कक्षाकोठाको सिकाइलाई व्यावसायिक प्लेटफर्म दिँदै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यअनुसार यो कार्यक्रम आयोजना हुँदै आएको हो ।

 Image