Successfully Copied

क्रप टपको फेसन

सत्तरी र असीको दशकमा क्रप टप फेसनको दुनियाँमा भित्रिएको हो । त्यतिबेला पप कल्चरसँगै क्रप टपको प्रचलन पनि आएको हो । अहिले फेरि क्रप टप फेसनमा चलेको छ ।


क्रप टप अर्थात् छोटो टिसर्ट । यो टप पछिल्लो समय युवतीहरूबीच लोकप्रिय बनेको छ । कम्मर र पेटलाई आकर्षण देखाउन क्रप टप धैरैले रुचाउने गरेका छन् । सत्तरी र असीको दशकमा क्रप टप फेसनको दुनियाँमा भित्रिएको हो । त्यतिबेला पप कल्चरसँगै क्रप टपको प्रचलन पनि आएको हो । अहिले फेरि क्रप टप फेसनमा चलेको छ ।
क्रप टप सहज हुनुका साथै यसले कुल र स्टाइलिस देखाउँछ । क्रप टपलाई विभिन्न तरिकाले लगाउन सकिन्छ । गर्मी मौसममा यो एकदमै उपयोगी हुन्छ ।


एथनिक वेयरसँग क्रप टप
क्रप टप मल्टीपपर्ज आउटफिट हो । यसलाई फरक–फरक पहिरनसँग विभिन्न तरिकाले स्टाइल दिन सकिन्छ । विशेषगरी कलेज पढ्ने युवतीहरूबीच यसको क्रेज धेरै देख्न सकिन्छ । तर जुनसुकै उमेर समूहका महिलाहरूले क्रप टपलाई जिन्स, सर्टस, ट्राउजर वा प्लाजोसँग मिलाएर लगाउन सक्छन् । क्रप टपलाई वेस्टर्नसँगै परम्परागत पहिरन जस्तै साडी, लेहेंगा र एथनिक पहिरनमा लगाउन सकिन्छ । पछिल्लो समय लेहेंगा सबैको रोजाइ बन्ने गरेको छ । सिम्पल लेहेंगालाई स्टाइलिस देखाउनका लागि क्रप टप लगाउन सकिन्छ । अफ सोल्डर क्रप टप लेहेंगामा एकदमै सुहाउँछ ।

स्कर्टसँग क्रप टप
लङ स्कर्टसँग अफ सोल्डर क्रप टप मिलाएर लगाए आकर्षक लुक दिन सकिन्छ । स्कर्ट, डेनिम, म्याक्सी स्कर्टसँग पनि क्रप टप लगाउन सकिन्छ । यसले मोर्डन र स्टाइलिस लुक दिन्छ । पेन्सिल स्कर्टसँग क्रप टप लगाउँदा फेसनेबल देखिन्छ । घुँडासम्मको लम्बाइ भएको ए लाइन वा फ्लेयर्ड स्कर्टमा पनि क्रप टप राम्रो देखिन्छ । गर्मी मौसममा म्याक्सी स्कर्टसँग क्रप टप परफेक्ट हुन्छ । प्रिन्टेड स्कर्टसँग प्लेन क्रप टप वा प्लेन स्कर्टसँग क्रप टप लगाउन सकिन्छ । क्रप टप र स्कर्ट दुवै प्लेन लगाउन पनि सकिन्छ । म्याक्सी स्कर्टसँग अफ सोल्डर, फुल स्लिभ, लुज वा फ्लेयर्ड जुनसुकै क्रप टप लगाउन सकिन्छ ।


जिन्ससँग क्रप टप
क्रप टप र जिन्सको संयोजन एकदमै मिल्छ । यो एकदमै सहज र ट्रेन्डी देखिन्छ । हरेक डिजाइन र रंगको जिन्ससँग क्रप टप सुहाउँछ । हाइवेस्ट, मम जिन्स, ब्वाइफ्रेन्ड जिन्स, फ्लेयर्ड, बुटकट जिन्स सबैसँग क्रप टप लगाउन सकिन्छ ।


प्लाजोसँग क्रप टप
क्रप टपसँग प्लाजो लगाउँदा कुल र एलिगेन्ट लुक दिन्छ । दैनिक लगाउनका लागि कलरफुल क्रप टपमा सादा प्लाजो लगाउन सकिन्छ । प्रिन्टेड प्लाजोसँग भने सादा क्रप टप राम्रो देखिन्छ । विशेष पार्टी वा इभेन्टमा सिफनको क्रप टपमा हेभी सिल्कको प्लाजो लगाए स्मार्ट देखिन्छ ।


ज्याकेटसँग क्रप टप
डेनिम ज्याकेट, लेदर ज्याकेट, ट्रेन्च कोटसँग क्रप टपको संयोजन मिलाउन सकिन्छ । यसले स्टाइलिस लुक दिन्छ । क्रप टप मात्र लगाउन असहज मान्नेहरूले ज्याकेटसँग लगाउन सक्छन् । ज्याकेटसँग लगाउँदा स्टाइलिस देखिनुका साथै सहज पनि महसुस हुन्छ ।


लेहेंगासँग क्रप टप
फ्लोरल क्रप टप सदाबहार पहिरन हो । यस्ता क्रप टपले एलिगेन्ट लुक दिन्छन् । लेहेंगासँग फ्लोरल क्रप टप लगाउन सकिन्छ । त्यसका साथमा लेहेंगामा अफ सोल्डर डिजाइनको क्रप टप पनि सुहाउँछ । पछिल्लो समय वान सोल्डर डिजाइन पनि चल्तीमा छ । युनिक देखिन चाहनेले यो डिजाइनको क्रप टप प्रयोग गर्न सक्छन् ।


साडीसँग क्रप टप
क्लासी र स्मार्ट देखिनका लागि साडीसँग क्रप टप लगाउन सकिन्छ । विवाह वा पार्टीमा साडीसँग क्रप टपको संयोजनले परम्परागत लुक दिन्छ । ब्लाउजभन्दा क्रप टपले स्टाइलिस देखाउन सहयोग गर्छ ।

क्रप टपको सही छनोट
क्रप टपको छनोट आफ्नो शरीरअनुसार गर्नुपर्छ । क्रप टप लगाउनुको मुख्य उद्देश्य भनेकै कम्मरलाई आकर्षक र सुन्दर देखाउनु हो । तर पेट ठूलो वा धेरै पातलो छ भने क्रप टपले शरीरलाई भद्दा र नराम्रो देखाउँछ । क्रप टप कस्तो डिजाइनको छनोट गर्ने र केसँग लगाउने भन्ने कुरालाई ध्यान दिनुपर्छ । पेट ठूलो छ भने क्रप टपलाई हाई वेस्ट पेन्टसँग लगाउनुपर्छ । धेरै दुब्ला–पातलाहरूले सिल्क वा हेभी फेब्रिक भएको क्रप टप रोज्नुपर्छ । ब्रेस्ट सानो हुनेहरूले हाइनेक भएको क्रप टप छनोट गर्न सक्छन् । उनीहरूले नेकलाइनमा एम्ब्रोइडरी गरेको वा नेकलेस नलगाउनु नै राम्रो हुन्छ । त्यससँगै हेभी वेस्ट भएकाहरूले हल्का फेब्रिकबाट बनेको क्रप टपको छनोट गर्नुपर्छ । उनीहरूले मिनिमल वर्क वा साधारण डिजाइन भएको टप लगाउन सक्छन् । नेकलाइन धेरै खुलेको क्रप टप नलगाएकै राम्रो हुन्छ ।


यी कुरालाई ध्यान राखौं
यदि हेभी नेकपिस लगाउने हो भने नेकलाइनमा हेभी वर्क भएको वा एम्ब्रोइडरी गरेको क्रप टप नलगाउनु नै राम्रो हुन्छ । ब्रेस्ट हेभी नभएकाहरूले फुल स्लिभ लगाउन सक्छन् । क्रप टपमा हाई वेस्ट जिन्स राम्रो देखिन्छ । लो वेस्ट जिन्ससँग क्रप टप राम्रो देखिँदैन । 

 Image