ब्राइडल लेहेंगा खरिद गर्नुअघि
फेसन डिजाइनर मञ्जुका अनुसार पछिल्लो समय मोनोक्रोम प्याट्रन चलेको छ । त्यसमा रातो रंगको फेब्रिकमा रातो रंगले नै इम्ब्रोडइरी गरिएको हुन्छ । यसले बेहुलीलाई आकर्षक देखाउ“छ ।
भियतनामको हो चि मिन्ह सहरमा जारी दोस्रो संस्करणको ‘मिस कोस्मो’ सौन्दर्य प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाएको छ। नेपालकी प्रतिनिधि दीपशिखा नेपाल प्रतिस्पर्धामा विभिन्न विधामा चुनौती दिँदै अगाडि बढिरहेकी छन्।
दुई वर्षअघि सुरु गरिएको यो ग्लोबल ब्युटी पेजेन्टमा नेपालले सहभागिता पहिलोपटक हो ।। आइतबार आयोजित ‘बेस्ट कार्निभल’ (नेशनल कस्ट्युम) प्रतिस्पर्धामा नेपालको पोशाकले उत्कृष्ट टप १५ मा स्थान बनाउन सफल भएको छ।
‘राइजिङ ड्रयागन’ को थिममा आधारित यस संस्करणमा विभिन्न मुलुकका प्रतियोगीले आफ्नो संस्कृति र पहिचान झल्कने पोशाकमा उपस्थित भएका थिए। सोही क्रममा दीपशिखाले प्रस्तुत गरेको राष्ट्रिय पोशाकलाई निर्णायकले उच्च मूल्यांकन गरेका हुन्।
द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारका अनुसार, नेपालको नेशनल कस्ट्युमले टप १५ भित्र पर्नु नै महत्वपूर्ण उपलब्धि हो।
“अहिलेसम्म नेपाली ब्युटी पेजेन्टको इतिहासमा नेशनल कस्ट्युम टप १५ भित्र परेको उदाहरण मैले सुनेको छैन। यसले नेपालका लागि राम्रो उपलब्धि जोडेको छ,” कंशाकारले बताए। गोरखाको सम्पदा र विरासतबाट प्रभावित भएर फेसन डिजाइनर सोनम सुब्बाले पहिरन डिजाइन गरेका हुन् । गोरखा दरबारको आँखी झ्यालबाट प्रेरणा लिएर आफूले कस्ट्युम डिजाइन गरेको उनले बताएका छन् ।
२० डिसेम्बरमा ग्रान्ड फिनाले हुनेछ । यससँगै मिस कोस्मोमा नेपालको पहिलो सहभागिता सकारात्मक परिणामसहित अघि बढेको छ।