Successfully Copied

‘प्याजेन्ट’ले आत्मविश्वास

अन्तर्राष्ट्रिय प्लेटफर्म मा नेपाललाई चिनाएँ ।


काठमाडौंमा २६ वर्षअघि जन्मिएकी रक्षा उप्रेती ‘मिस इको इन्टरनेसनल नेपाल–२०२३’ हुन् । हालै इजिप्टमा सम्पन्न ‘मिस इको इन्टरनेसनल २०२३’ मा सहभागी भई नेपाल फर्किएकी उनी २०२१ मा ‘मिस युनिभर्स नेपाल’मा ‘सेकेन्ड रनरअप’उपाधि जितेकी थिइन् ।
काठमाडौंकै एक निजी विद्यालय र उच्च माविमा अध्ययन गरेकी रक्षाले भारतको नोयडास्थित निजी विश्वविद्यालयबाट ‘बायो टेक्नोलोजी’ मा स्नातकगरेकी हुन् । हाल उनी त्रिभुवन विश्वविद्यालयबाट उक्त विषयमै स्नातकोत्तर गर्दैछिन् । भारतको दिल्लीस्थित एउटा जापानी कम्पनीमा काम गरेकी उनलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मोहले तान्यो ।
२०१९ मा नेपाल फर्केपछि वनस्पति विभागमा ‘इन्टर्नसीप’ गरेपछि उनी विदेश पढ्न जाने मुडमा थिइन् । तर, कोरोना महामारीले उनको विदेश यात्रा रोकियो । त्यसपछि उनी ‘मोडलिङ’ मा सक्रिय भइन्। ‘विदेश जान नपाएपछि के गर्ने त भन्ने सोच्दासोच्दै यतातर्फ लागें’ उनले भनिन्, ‘तर,मलाई अब यही  मन पर्न थाल्यो । यसैबीच म‘ब्युटीप्याजेन्ट’ मा सहभागीसहित धेरै ‘ब्रान्ड’ का लागि ‘क्याटलग मोडलिङ’, ‘पेपर एड’ र ‘इभेन्ट’मा सक्रिय भए   ।’ उनले ‘एएनएक्स’, ‘मेजो’, ‘आरबी डायमण्ड’, ‘श्रीबालाजी डायमण्ड’, ‘केटीएम सिटी’ लगायतका ‘ब्रान्ड’ का लागि ‘मोडलिङ’ गरिसकेकी छन् । हाल उनी ‘इमेज च्यानल’ मा ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रम संचालन गर्छिन् ।
काठमाडौंका प्रमोद उप्रेती र उषा उप्रेतीकी जेठी छोरी उनी सानैदेखि अन्तर्मुखी स्वभावकी हुन् । उनी ‘ब्युटी प्याजेन्ट’ जस्ता ‘प्लेटफर्म’ ले आत्मविश्वास बढाउने र अरुका अगाडि आफूलाई सशक्त रूपमा प्रस्तुत गर्न सक्ने आट थप्ने भएकैले आज आफू बोल्नुपर्ने पेसाका लागि सक्षम भएको बताइन् ।


‘मिस इको इन्टरनेसनल’ मा सहभागी हुँदाको अनुभव कस्तो रह्यो ?
अत्यन्तै रमँइलो । म पहिलो पटक इजिप्ट गएकीले नयाँ ठाउँबारे जान्ने, बुझ्ने र सिक्ने मौका पाएँ । साथै नेपालको प्रतिनिधित्व गर्दा जिम्मेवारी र गौरव महसुस भयो । म नेपाल भनेर त्यहाँ गएकी थिएँ । मेरो पहिरन, वक्तव्य, सत्कारमा नेपालीपनलाई परावर्तन गर्न सफल भएँ । अन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ मा नेपाललाई चिनाएँ ।
उक्त ‘प्लेटफर्म’ मा तपाईंले के–कस्तो विशेष प्रस्तुति दिनुभयो ?
‘बज्रयोगिनी थिम’ मा मेलै गरेको चर्या नृत्य विशेष थियो । त्यसबाहेक ‘डे«सअप एज योर आइडल’ विधामा अनुराधा कोइरालालाई ‘ट्रिब्युट’ गर्दै उहा“ले लगाउने रातो ठूलो टीका, सौम्य र भद्र पहिरनमा प्रस्तुति दिएँ । ‘नेसनल कस्ट्युम राउन्ड’ मा मैले सीता वनवास जाँदाको सुन्तला रंगको पहिरनमा रुद्राक्षको माला लगाएर प्रस्तुति दिए“ । यो धेरैले मन पराए ।
विश्वभर जलवायु तथा मौसम परिवर्तनका मुद्दा उठिरहेका बेला, यस विषयप्रति यहाँको धारणा के छ ?
पहिला–पहिला यो मुद्दामा निकै द्विविधा थियो । यस विषयमा धेरैजना जानकार थिएनन्, तर, पछिल्लो समय यसबारे धेरैलाई थाहा छ । अझै चेतनाको कमीछँदैछ । थाहा हुँदाहुँदै पनि हामी ह्या यति सानो कागज र प्लास्टिकको टुक्रा म एकजनाले फालेर के हुन्छ र ? भनेर बाटोमा फोहोर फाल्छौं । अब बानी र व्यवहार परिवर्तन गरी कार्यान्वयनमा जानुपर्ने बेला अँएको छ ।
नेपालमा जलवायु तथा मौसम परिवर्तनसँग सम्बन्धित मुद्दाको सम्बोधन कुन ढंगले हुनुपर्ला ?
यो विषयबारे अब सबैलाई बुझाउँदै हिँड्न जरुरी छैन जस्तो लाग्छ । किनभने हामी सबैले यसबारे बुझिसकेका छौं । अबको पालो ‘एक्सन’ मा जाने हो । सजग र सचेत गराउने मात्रै नभएर तिम्रो कर्तव्य, जिम्मेवारी र भूमिका यो हो है भनेर महसुस गर्ने र गराउने बेला आएको छ । यो तत्काल हुन आवश्यक पनि छ ।
प्राकृतिक रूपमा असाध्यै धनी नेपाललाई संसारभर चिनाउन के–कस्तो पहल आवश्यक ठान्नुहुन्छ ?
भगवान्कै वरदान भन्छु म, हामी प्राकृतिक स्रोतमा असाध्यै धनी छौं । कृषि र पर्यटन हाम्रा खजाना हुन् । हाम्रा प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्छ । यसलाई अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा ‘एक्सप्लोर’ गर्नुपर्छ ।

‘ब्युटी प्याजेन्ट’ ले नारी विकास र सशक्तीकरणमा कस्तो भूमिका खेल्छन् भन्ने लाग्छ ?
यस्ता ‘प्लेटफर्म’ ले आत्मविश्वास बढाउँदा रहेछन् । संसार देख्दा र संसारभरका मान्छेस“गको संवाद र अन्तक्र्रिया गर्दा धेरै कुरा सिक्ने र बुझ्ने अवसर प्राप्त हुन्छ । धारणा र मत फरक हुँदा पनि एउटै टेबलमा बसेर निर्धक्क आफ्ना विचार राख्दै एउटा सहमति बिन्दुमा पुग्न सकिन्छ । त्यसैले यी प्लेटफर्मले नारी विकास र सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको मेरो अनुभव छ ।
नेपाली युवा र महिलाले सफलता हात पार्ने सूत्र के हुनसक्छन्?
हुदै न कि ? सक्दिन कि ? अरूले के भन्लान् ? यस्तो पो सोच्ने हो कि ? जस्ता प्रश्नले जरा गाडेको छ । किनभने हामी त्यस्तै संस्कारमा हुर्कियौं–बढ्यौं । अब यसो होइन, म सक्छु, भएन भने यो कारणले भएन भनेर म भन्न सक्छु भन्ने सोचको विकास गर्नुपर्छ । हामी यहा“ मात्रै नभएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिनुपर्ने बेला अँइसक्यो । शिक्षा, आत्मविश्वास, आफैप्रतिको भरोसा र क्षमता अनि निरन्तर परिश्रमले सफल भइन्छ भन्ने लाग्छ ।
तपाईंका रुचि र रहरहरू के–कस्ता छन् ?
खानामा मेरो रुचि छ । कहाँ के खानेकुरा पाइन्छ ? कहाँ कस्ता रेस्टुराँ खुलेका छन् ? मेरो चासोको विषय हुन्छ । यात्रा पनि म पृथक् खानाकै लागि गर्छु भन्दा फरक पर्दैन । त्यसबाहेक ‘साल्सा’ नृत्य गर्न, विभिन्न व्यक्तिको विचार र धारणा बुझ्न पनि मलाई असाध्यै मनपर्छ ।
आगामी योजना र पाठकलाई केही सन्देश छ कि ?
मस“ग दीर्घकालीन योजना नभए पनि केही अल्पकालीन योजना छन् । म जे हुन्छ, हु“दैजान्छ भनेर अगाडि बढ्ने मान्छे हुँ । मेरो सन्देश–‘तपाईं कहिल्यै कसैलाई यो महसुस गर्न नदिनुहोस् कि तपाईं पर्याप्त हुनुहुन्न । कडा मेहनत गर्नुहोस् । तपाईंले सबैथोक पाउनुहुनेछ ।


फेसन सुट आयोजक ग्रिन आर्ट मिडिया (अनिला श्रेष्ठ)
लोकेसन स्ट्रान्ड लाउञ्ज एन्ड बार, बत्तीसपुतली
तस्बिर महेश प्रधान

 Image