पार्टी मेकअपमा निशा
गहुँगोरो वर्णकी निशा मेकअपपछि निकै सुन्दर देखिएकी छन् । उनको छाला तैलीय भने अनुहारमा डन्डिफोर आएको थियो । ‘स्क्वायर सेप’ को उनको अनुहारलाई ‘ओभल सेप’ दिइएको छ । रातिको मेकअप भएकाले आँखामा कलर स्मोकी गरिएको छ ।
नेपाली ब्राण्ड कासाले राजधानीमा आफ्नो पाँचौं वार्षिकोत्सवको अवसर पारेर ‘काठमाडौं फेसन गाला’ रेड कार्पेट इभेन्ट आयोजना गर्यो । उक्त इभेन्टमा १४ जना सेलिब्रेटी सहित मीस नेपाल वल्र्ड, मीस युनिभर्स नेपाल लगायतले क्याट वाक गरेका थिए ।
रेड कार्पेट इभेन्टमा नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा, नेपाल प्रहरीका आइजीपी धीरज प्रताप सिंह, नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मी, बीबीसी मास्टर सेफ सन्तोष शाह लगायत मीस नेपाल, नायक–नायिका, कलाकार, फेसन डिजाइनर, मेकअप आर्टिस्टसहितकोे बाक्लो उपस्थिति थियो ।