Successfully Copied

इयरिङको फेसन

जुनसुकै लुकमा आकर्षक देखिनको लागि स्टाइलिङमा विशेष ध्यान दिनु जरुरी हुन्छ । त्यसको लागि फेसन बजारको ट्रेण्डलाई पछ्याउन सकिन्छ । स्टाइलिङ भन्ने वित्तिकै पहिरनसँगै इयरिङको भुमिका महत्वपुर्ण हुन्छ । सबै गरगहना लगाए पनि इयरिङ नलगाए श्रृंगार नै अधुरो देखिन्छ ।



जुनसुकै लुकमा आकर्षक देखिनको लागि स्टाइलिङमा विशेष ध्यान दिनु जरुरी हुन्छ । त्यसको लागि फेसन बजारको ट्रेण्डलाई पछ्याउन सकिन्छ । स्टाइलिङ भन्ने वित्तिकै पहिरनसँगै इयरिङको भुमिका महत्वपुर्ण हुन्छ । सबै गरगहना लगाए पनि इयरिङ नलगाए श्रृंगार नै अधुरो देखिन्छ । स्मार्ट एंव स्टाइलिस देखिनको लागि उपयुक्त इयरिङको छनोट जरुरी हुन्छ ।

ट्रेडिसनल झुम्का
यस्ता झुम्का कुर्ता, साडी, लेहेंगा जस्ता परम्परागत पहिरनमा निकै खुल्छ । घरमा पूजा हुँदा, मन्दिर जाँदा वा कुनै विवाह, पार्टी जस्ता समारोहमा यी झुम्का लगाउन सकिन्छ । यसले परम्परागत साथै रोयल लुक दिन्छ । जसलाई ठूलो झुम्का मनपर्छ उनीहरुको लागि यो उपयुक्त हुन्छ । ठूलो आकारका झुम्का लगाएपछि घाँटीमा केहि नलगाए पनि हुन्छ । झुम्कालाई राम्रोसँग देखाउनको लागि केस खुल्ला छोड्न सकिन्छ ।

स्टड इयरिङ

कुन्दन, पोल्की, जेमस्टोन, पर्ल डायमण्ड जस्ता मटेरियलबाट बनेको स्टड इयरिङ जुनसुकै पहिरनसँग लगाउन सकिन्छ । यस्ता इयरिङ सानो साइजदेखि ठूलो साइजसम्म, हल्कादेखि गह्रौ सबै किसिमको पाइन्छ । सामन्य लुकको लागि सानो साइजको पर्ल, जेमस्टोन वा डाइमण्ड रोज्न सकिन्छ भने बोल्ड लुकको लागि ठूलो लगाउन सकिन्छ ।

चाँदबाली
परम्परागत पहिरनमा ठूलो झुम्का सुहाउँछ । विवाह पार्टीको अवसरमा पहिरनको रंगसँग संयोजन मिलाएर लगाउन सकिन्छ । यो इयरिङ धेरैले रुचाउँछन् त्यसैले लामो समयदेखि टे«ण्डमा छ । यो झुम्का आधा चन्द्रमाको जस्तो आकारमा हुने भएकोले यस झुम्कालाई चाँदबाली भनिएको हो । यो कहिल्यै पुरानो नहुने इयरिङ हो । बजारमा यसको विभिन्न नयाँ–नयाँ डिजाइन भित्रिरहन्छ ।


सिल्भर अक्सिडाइज्ड झुम्का
केहि बर्ष अघिदेखि यो झुम्का टे«ण्डमा छ । यो हरेक प्रकारको परम्परागत पहिरनमा लगाउन सकिन्छ । यो झुम्का जुनसुकै रंगको पहिरनसँग लगाउन सकिन्छ । पहिरनको रंगसँग मिल्ने झुम्का नभएको बेला अक्सिडाज्ड झुम्का लगाउन सकिन्छ । यस्ता झुम्का धेरै डिजाइनमा पाइन्छ । यस झुम्कामा विभिन्न रंगको पत्थरहरु राखेर डिजाइन पनि गरिएको हुन्छ । यस्ता झुम्का हल्का हुने भएकोले लगाउन सजिलो हुन्छ ।

हुप इयरिङ
जहिल्यै पनि ट्रेन्डमा रहने हुप इयरिङको विभिन्न साइज र डिजाइनमा पाइने भएकोले जोकोहीलाई सुहाउँछ । पहिरन र अनुहारको सेप अनुसारको कस्तो साइजमा लगाउने हो त्यहि अनुसारको साइजमा पाइन्छ । यो इयरिङले क्लासिक लुक दिन्छ । जिन्स–टिसर्ट, गाउन, कुर्ता आदिमा यो इयरिङ लगाउन सकिन्छ । यो फर्मल र क्याजुअल दुवै लुकको लागि लगाउन सकिन्छ । यो सादा रिङदेखि पोते, मोती, ग्लिटर जडित पाइन्छ साथै विभिन्न सेप जस्तो गोलो, स्क्वायर, ट्रेन्गुलर, रेक्टेन्गल आदिमा पाइन्छ ।

चेन इयरिङ
चेन डिजाइनको इयरिङ निकै चल्तीमा छ । यो इयरिङ क्याजुअल वेयरमा बढी सुहाउँछ । यो विभिन्न रंगमा पाइने भएकोले पहिरनको रंगसँग कन्ट्रस्ट गरेर लगाउन सकिन्छ । यो धेरै भारी नहुने भएकोले लगाउन सजिलो हुन्छ ।


स्टोन जडित इयरिङ
स्टोन जडित इयरिङले आकर्षक देखाउँछ । यो इयरिङ जुनसुकै पहिरनसँग सुहाउँछ । साथै यो विभिन्न रंगमा पाइने भएकोले पहिरनको रंगसँग मिलाएर लगाउन सकिन्छ । यो हल्का भारी भएपनि यसले रोयल लुक दिन्छ ।

अनुहारको सेप अनुसार इयरिङ छनोट
आफ्नो अनुहारको सेप अनुसारको इयरिङको छनोटले आकर्षक देखाउँछ । डाइमन्ड आकारको फेसमा लामो इयरिङ राम्रो देखिन्छ । हार्ट सेपको अनुहारमा चौडा ठूलो भएको इयरिङ सुहाउँछ । लामो फेस भएकोले धेरै लामो इयरिङ नलगाएकै बेस हुन्छ । गोलो अनुहार भएकाले लामो र ठूलो इयरिङ लगाउँदा राम्रो देखिन्छ । अण्डाकार अनुहार भएकाहरुले ट्रेन्गुलर सेप, स्डट लगाएको राम्रो देखिन्छ ।

इयरिङको पून प्रयोग
प्रायजसो इयरिङको जोडी हराउँछ । कहिलेकाहीँ विग्रन्छ । अर्को इयरिङ काम नलाग्ने भन्दै हामी फ्याक्दिन्छौं । तर एउटा इयरिङलाई पनि पून प्रयोग गर्न सकिन्छ । हेभी इयरिङ, स्टोन जडित इयरिङ धेरै महंगो पैसा हालेर किनेको हुन्छौ त्यसको एउटा हराए वा विग्रिए अर्को इयरिङलाई ब्रोजको रुपमा प्रयोग गर्न सकिन्छ । त्यसैगरी चाँदवाली झुम्कालाई सिरबन्दीको रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।

 Image