Successfully Copied

‘ट्रेन्ड’मा ‘ट्रेन्च कोट’

पछिल्लो समय युवापुस्तामाझ ‘ट्रेन्ट कोट’ को फेसन बढ्दो छ । बलिउड, हलिउड सेलिब्रेटीदेखि सर्वसाधारणको पहुँचसम्म पुगेको यो कोट धेरैको खास ‘कलेक्सन’ मा परेको छ । यसलाई सदाबहार फेसनका रूपमा समेत चिनिन थालिएको छ ।

पछिल्लो समय युवापुस्तामाझ ‘ट्रेन्ट कोट’ को फेसन बढ्दो छ । बलिउड, हलिउड सेलिब्रेटीदेखि सर्वसाधारणको पहुँचसम्म पुगेको यो कोट धेरैको खास ‘कलेक्सन’ मा परेको छ । यसलाई सदाबहार फेसनका रूपमा समेत चिनिन थालिएको छ । ‘ट्रेन्च कोट’ हल्का हुन्छ, स्टाइलिस लुक दिन्छ । जाडोमा यसको फेसन चले पनि यो जुनसुकै मौसमका लागि उपयुक्त मानिन्छ । असोज–कार्तिकदेखि फागुन–चैतसम्म र मनसुनको सिजनमा समेत यो कोट लगाउन सकिन्छ । मध्य जाडोमा ‘हाइनेक’, ‘स्वेटर’ लगाएर लगाउन सकिन्छ भने अरुबेला जिन्स र टिसर्टसँग लगाउन सकिन्छ । आगामी वर्षसम्म ‘ट्रेन्च कोट चेक्स’, ‘लेदर’, ‘भेलभेट’, ‘साटन’, ‘फ्रिज’ जस्ता ‘फेब्रिक’मा चल्नेछ ।
बजारमा थरीथरीका ‘ट्रेन्च कोट’ देख्न सकिन्छ । न्यूनतम तीन हजारदेखि आठ हजारसम्मका कोट उपलब्ध छन् । न्यूरोडमा कपडा पसल गर्दै आएका दिवस खड्काका अनुसार यो कोट बाह्रै महिना बिक्री हुन्छ । उनले भने, ‘गर्मीमा पनि राम्रै बिक्री भएको थियो ।’ विशेषगरी अहिलेका युवापुस्तामाझ लोकप्रिय यो कोट सबै उमेर समूहलाई सुहाउँछ । ‘ट्रेन्च कोट’ धेरैजसो गाढा रंगमा उपलब्ध हुन्छ । कालो, खरानी, हरियो, खैरो रंगको कोट बढी बिक्री भइरहेको बिक्रेताहरूको भनाइ छ । 


काठमाडौं न्यूरोडकै व्यवसायी सुनीता अग्रवालका अनुसार यस्ता कोट छोटो, घुडाँसम्म र लामो गरी तीन वटा साइजमा पाइन्छ । उनले भनिन्, ‘गर्मीमा छोटो बिक्री हुन्छ भने जाडोमा लामो कोट धेरैको रोजाइमा पर्छ ।’ जाडोमा भित्रबाट फर भएको पनि पाइने उनले बताइन् । उनीकहाँ यी कोटको मूल्य दुई हजारदेखि ५५ सय रुपैयाँसम्म पर्छ । 
प्रथम विश्व युद्धको दौरान ब्रिटिस सैनिकले पहिलो पटक ‘ट्रेन्च कोट’ लगाएका थिए । यो ‘रेनकोट’ को शैलीमा डिजाइन गरिएको थियो । त्यतिबेला सैनिकहरूलाई पानी, चिसो हावा र हिलोबाट बचाउनका लागि डिजाइन गरिएको हो । त्यसैले यसलाई ‘ट्रेन्च कोट’ भनिन्छ । यो ‘वाटरफ्रुफ’ सामग्रीबाट बनाइन्थ्यो । विश्व युद्धपछि ‘हलिउड’ कलाकार र अभिनेताहरूले चलचित्रमा ‘ट्रेन्च कोट’ लगाउन सुरु गरेका थिए । २० औं शताब्दीको दौरान व्यवसायीहरूबीच लोकप्रिय भयो । त्यसपछि सहरी क्षेत्रमा यो कोट लगाउन थालियो । केही समयपछि महिला अभिनेतृहरूले पनि चलचित्रमा लगाउन थालेपछि यो कोट महिलाहरूमाझ लोकप्रिय बन्यो । फेसन परिवर्तन भएसँगै ‘ट्रेन्च कोट’ विभिन्न फेब्रिक, डिजाइन, रंग र शैलीसँगै फेसन उद्योगमा आफ्नो बलियो ठाउँ स्थापित गरेको छ । 

‘एलिगेन्ट लुक’ 
जाडो मौसममा ‘स्टाइलिस’ र ‘एलिगेन्ट लुक’ का लागि ‘ट्रेन्च कोट’ एकदमै उपयोगी हुन्छ । यो ‘फर्मल’ र ‘क्याजुअल’ दुवै अवसरमा लगाउन सकिन्छ । सुरुवाती दिनमा ‘विजनेज वाउटफिट’ का रूपमा फेसनमा आएपनि पछिल्लो समय जोकोहीले लगाउन सकिने गरी बजारमा उपलब्ध छ । यसलाई ‘लंग ड्रेस’, ‘सर्टस’्, ‘स्वेटर’, ‘बुट्स’ वा ‘ट्राउजर’ का अलावा साडी, कुर्ता र लेहेंगासँग पनि मिलाएर लगाउन सकिन्छ । ‘स्किनी जिन्स स्वेटर’सँग ‘ट्रेन्च कोट’ निकै सुहाउँछ । ‘सिम्पल लुक’ का लागि ‘ट्राउजर’सँग जोडी मिलाउन सकिन्छ । ‘एंकल’सम्मको ‘ट्राउजर’सँग ‘स्निकर’ लगाउँदा ‘क्याजुअल लुक’ दिन्छ । ‘ट्रेन्च कोट’ ‘डेनिम पेन्ट’ र ‘हाइ नेक पुलोवर’सँग लगाउँदा ‘स्मार्ट’ देखिन्छ । योसँग ‘हाइहिल’ वा ‘बुट्स’ लगाउन सकिन्छ । ‘मफलर’ वा ‘स्कार्फ’ले थप आकर्षक र ‘एलिगेन्ट’ देखाउन सहयोग गर्छ । 

कस्तो रंग रोज्ने ?
अहिले बजारमा कालो, ‘ब्राउन’, पहेंलो, ‘ग्रे’ रंगको ‘ट्रेन्च कोट’ चल्तीमा छ । फरक लुकका लागि ‘पेस्टल सेड’ हरू जस्तै, नीलो, गुलाबी, ‘लेबेन्डर’ रंगहरू रोज्न सकिन्छ । हल्का ‘क्रिम’ वा ‘ग्रे’ रंगको कोट नीलो जिन्ससँग निकै सुहाउँछ । हल्का रंगको कोटले सिम्पल लुक दिन्छ । यसमा कालो जिन्स, कालो ‘ड्रेस’ सँग मिलाएर लगाउन सकिन्छ । ‘क्लासिक लुक’ का लागि गाढा रंगको कोट रोज्न सकिन्छ । 

सदाबहार कालो रंग
फेसन बजारमा जाडो महिनाका लागि कालो रंग सबैको प्रिय मानिन्छ । यो जुनसुकै रंगको पहिरनसँग पनि लगाउन सकिन्छ । कालो रंगको ‘ट्रेन्च कोट’ कालै जिन्स, ‘ट्राउजर’ वा कालो ‘लंग ड्रेस’सँग लगाउँदा निकै आकर्षक देखिन्छ । योसँग कालो ‘बुट्स’को संयोजन मिलाएर लगाउन पनि सकिन्छ । 

 Image