Successfully Copied

‘डिजाइनर्स रनवे’ मा सेलिब्रेटी

फेसनसम्बन्धी नवीन तथा पृथक डिजाइन प्रस्तुत गर्ने उद्देश्यका साथ ‘आईईसी डिजाइनर्स रनवे १२’ सम्पन्न भएकोे छ ।


फेसनसम्बन्धी नवीन तथा पृथक डिजाइन प्रस्तुत गर्ने उद्देश्यका साथ ‘आईईसी डिजाइनर्स रनवे १२’ सम्पन्न भएकोे छ । आईईसी कलेजले काठमाडौंको याक एन्ड यती होटलमा आयोजना गरेका सोमा मोडलहरूले ५१ डिजाइनरले तयार पारेका डिजाइनहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा २७ नेपाली तथा ६ अन्तर्राष्ट्रिय मोडलले आईईसी कलेजका पासआउट विद्यार्थीले तयार पारेका डिजाइनहरू प्रदर्शन गरेका थियो । ११ सिक्वेन्समा आयोजना गरिएको सो ‘नेक्स्ट मोडल्स नेपाल’ ले व्यवस्थापन गरेको थियो  ।
सो स्टपर्सका रूपमा अभिनेत्री स्वस्तिमा खड्का, आ“चल शर्मा, पूर्वमिस नेपालहरू नम्रता श्रेष्ठ र अश्मी श्रेष्ठ तथा मिस्टर नेपाल समर्पण कार्की रहेका थिए । त्यस्तै, फेसन सोमा भारतीय कोरियोग्राफर यतिन नरेन्द्र गान्धी पनि सहभागी थिए ।


आईईसी कलेज अफ आर्ट्स एन्ड फेसनका २०२० ब्याचका विद्यार्थीले कार्यक्रमको आयोजना गरेको सोको कोरियोग्राफी पुरण क्षत्रीले गरेका थिए । आईईसी ग्रुपकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले नेपाली फेसन क्षेत्रको प्रवद्र्धन गर्न ‘आर्ईईसी डिजाइनर्स रनवे’ आयोजना गर्दै आएको र नेपाली डिजाइनरहरूलाई अन्तर्राष्ट्रिय स्टेजसम्म पु¥याउने उद्देश्य रहेको बताइन् ।

 Image