Successfully Copied

पर्वका पहिरन 

स्ट्रेट वा रेगुलर हेमलाइनभन्दा हिजोआज एसिमेट्रिकल हेमलाइनसहितको कुर्ता–सलवार स्टाइल बढी पपुलर हुन थालेको छ ।

फेसन र स्टाइलका अनेकौं रूप–रंगको विस्तारित र व्यावसायिक माहौल प्राप्त गर्ने विशेष अवसरका रूपमा चाडपर्वलाई लिने गरिन्छ । सोहीअनुरूप फेसन बजार तात्ने गरेको पाइन्छ । चाडपर्वको फेसन परिवेशमा एथनिक र क्याजुयल दुवै खाले पहिरन शैलीप्रतिको आकर्षण उस्तै भेटिन्छ । केही क्याजुयल तथा एथनिक फेसन शैलीहरू :

 

एथनिक स्टाइल्स

सदाबहार साडी : साडीबिना फेस्टिभल मुड अधूरै रहन्छ । विशेषतः फेस्टिभल माहौलमा बनारसी, कांजीवरम, पैठणी, बाँधनी, लहरिया, चँदेरीजस्ता ट्रेडिसनल स्टाइल बढी लोकप्रिय देखिन्छन् । जर्जेट, बनारसी सिल्क, ज्याक्वार्ड सिल्क, टिस्यु ब्रासो, प्रिन्टेड ओर्गेन्जा, कटन, सट कटनजस्ता फेब्रिकमा बढी झुकाव देख्न सकिन्छ ।

सरारा : लेहेंगा र सराराबीचको क्रसका रूपमा चिनिएको सरारा वा घरारा स्टाइल एथनिक फेसन शैलीअन्तर्गत चाडपर्वको माहौलमा शोभनीय पहिरनमध्येको एक हो । लेयर र सलवार कमिजको कम्बिनेसन यसको प्रमुख परिचय हो । आधुनिक तर पारम्परिक झझल्को दिने यो शैलीमा हुन त विभिन्न ७एम्बेलिस्मेन्टहरू’ देख्न पाइन्छ । यद्यपि ७सिक्विन्ड’ र गोटा पट्टी वर्कप्रति आकर्षण बढ्दो देख्न पाइन्छ । 

अनारकली सलवार सुट : ‘अ टाइमलेस पिस अफ क्लोथिङ’ का रूपमा लिइने गरिएको यो शैली पारम्परिक र आधुनिकताको ‘पर्फेक्ट ब्लेन्डिङ’ का रूपमा परिचित छ । ‘लोर स्वीपिङ’ लामो लेयर भएको फेसन शैलीका रूपमा चिनिए पनि हिजोआज यसमा छोटो लेयर भएको भर्सन पनि उपलब्ध छ । ‘सी कट्’ डिजाइनसहितको ‘हाई लो स्टाइल’ यसको एउटा उदाहरण हो । ‘कलर कम्बिनेसन’ मा विविधता भेटिए पनि ‘इम्ब्रोइडरी डिजाइन’ यसको विशेष आकर्षण हो । 

द लेहेंगा सुट : चाडपर्वको माहौलमा लेहेंगा सुटको भूमिकाले अपरिहार्य उपस्थिति देखाउँदै आएको छ । ‘इम्ब्रोइडरी’ सहितको ‘इन्टिग्रेटेड डिजाइन’ को लेहेंगामा ‘क्रप टप’को जोडा आकर्षक हुन्छ । लेहेंगाका लागि सिफन, जर्जेटजस्ता ‘लाइट वेट फेब्रिक’ बढी शोभनीय हुन्छन् । 

इन्डो वेस्टर्न स्टाइल सुट : नामैले यो फेसन शैलीले पश्चिमा र पारम्परिक डिजाइनको तालमेललाई बुझाउँछ । पारम्परिक पहिरनको गरिमा र सम्पन्नतासँगै आधुनिकताको आरामदायिकता र लगाउन सजिलो हुने अवधारणा यो शैलीको विशेषता हो । यो शैलीमा ‘क्रप टप’ वा ज्याकेटका साथमा सरारालाई जोडा बनाउन सकिन्छ । त्यसैगरी, अनारकली कुर्तासित मिनी स्कर्ट, ज्याकेट कुर्तासित जिन्स, एङ्कल लेन्थ कुर्तीसित सिगरेट पाइन्ट आदिलाई प्रयोगमा ल्याउन सकिन्छ ।

पंजाबी सलवार सुट्स : सलवार–कमिजमा अनेकौं डिजाइन र स्टाइलको विविधता भेटिन्छ । तीमध्ये चाडपर्वको परिवेशमा पंजाबी सलवार सुटले विशेष उपस्थिति राख्छ । सिम्पल, क्लासी र कम्फर्टेबल तथा चार्मिङ लुक यसको विशेषता हो । स्लिभसहितको ट्युनिकजस्तै देखिने टप र एङ्कलतिर साँघुरो हुने लुज फिटिङ ट्राउजरको जोडा यो शैलीको प्रमुख परिचय हो । यो शैली मूलतः सिल्क र कटन फेब्रिकमा प्लेन डिजाइन, प्रिन्ट्स तथा विभिन्न इम्ब्रोइडरीसहितमा उपलब्ध हुने गरेको छ । 

प्लाजो सलवार सुट : स्ट्रेट कट्सबाट दिक्क हुनुभएको छ भने तपाईंका लागि पलाजो सलवार सुट विकल्प हो । वाइड लेयर पाइन्ट यो स्टाइलको विशेषता हो । प्लेन डिजाइन, ब्लक वा प्रिन्टेड प्लाजो निकै आकर्षक देखिन्छ । 

एसिमेट्रिकल सलवार सुट : स्ट्रेट वा रेगुलर हेमलाइनभन्दा हिजोआज एसिमेट्रिकल हेमलाइनसहितको कुर्ता–सलवार स्टाइल बढी पपुलर हुन थालेको छ । जसले सबै खालका बडी सेपलाई आकर्षक एवं स्टाइलिस लुक प्रदान गर्छ । यद्यपि यो स्टाइल पियर सेप्ड, आवर ग्लास र रेक्ट्याङ्गल प्रकारको सिलहुट्समा बढी शोभनीय हुन्छ । 

क्याजुयल स्टाइल्स

क्याजुयल शैलीले आधुनिकता, बोल्डनेस, ग्ल्यामर र आरामदायिकतालाई अँगालेको पाइन्छ । फेस्टिभल माहौलमा एथनिक शैलीमा असजिलो महसुस गर्नेहरूका लागि क्याजुयलको विविधता राम्रो विकल्प हुन सक्छ । 

मिनी ड्रेस : यो घुँडाभन्दा माथिको लम्बाइ भएको ‘मिड लेन्थ ड्रेस’ हो । यसलाई ‘नी हाई ड्रेस’ का रूपमा पनि लिइन्छ । विभिन्न प्रिन्ट, कलर तथा डिजाइनमा उपलब्ध हुने यो शैली विशेषतः ‘स्लिम टोन्ड फिगर’ भएकाका लागि ‘आइडल’ हो । 

मिडी ड्रेस : यो शैली घुँडासम्म वा घुँडाभन्दा केही इन्चमुनिको लम्बाइको हो । ‘नेक लाइन’, ‘डिजाइन स्टाइल’, ‘कलर’, प्रिन्टमा उपलब्ध यी शैलीहरू पार्टी गाउन, लेहेंगा वा सलवार सुटको छरितो, कुल र कम्फर्टेबल विकल्प हो । 

र्‍याप ड्रेस : यो स्टाइल सम्भवतः सबै उमेर समूहका महिलाका जिउडालका लागि उत्तिकै शोभनीय हुन्छ । ‘फ्रेस’ र ‘फेमिनेन लुक’ प्रदान गर्ने यो शैली सबै प्रकारको ‘बडी टाइप’ लाई सुहाउँदो हुन्छ । यो पहिरन शैलीले कम्मरतिर ‘र्‍याप स्टाइल’ प्रस्तुत गर्ने भएकाले यसले ‘नेकलाइन’ तर्फ ‘भी नेकलाइन’ र कम्मरभन्दा ‘मुनि ए लाइन स्कर्ट’ को शैली सिर्जना गर्छ । सबै प्रकारको ‘फिगर सेप’ लाई यो ‘स्टाइल’ले ‘पर्फेक्ट’ सन्तुलन प्रदान गर्छ ।

सर्ट ड्रेस : यो पुरुषको सर्टको लम्बाइभन्दा लामो हुन्छ । ‘फिमेल बडी फिगर’ लक्षित गरिएसँगै यो परिमार्जित स्वरूप हो । ‘ड्रेस सर्ट’ मा ‘स्ट्रेट लाइन’ र ‘फिटेड फिट’ दुवै डिजाइन पाइन्छ । ‘वेस्ट लाइन’ मा भने ‘क्लियर लाइन’ पाइँदैन । ‘स्लिभ’ भने ‘फुल’, ‘क्वार्टर’, ‘हाफ’ र ‘स्लिभलेस’ पनि पाइन्छ । यो शैलीमा ‘ड्रेस’ को लम्बाइ भने ‘मिड थाइ’ सम्म हुन्छ । तर यसभन्दा लामो र छोटो दुवै ‘भर्सन’ पाइन्छ । कटन, साटन, सिल्क, भिस्कोसदेखि ‘वुल’, ‘भेल्भेट’, ‘लिनेन’, ‘डेनिम’ जस्ता ‘फेब्रिक’ मा पनि ‘सर्ट ड्रेस’को विविधता पाइन्छ । यो शैलीमा ‘लेगिङ’ र ‘टाइट फिटिङ ट्राउजर’ को जोडा सुहाउँदो हुन्छ । 

ट्युब स्कर्ट : चाडपर्वको परिवेशमा ‘स्लिम फिगर’ भएका लागि यो शैली अर्को एउटा विकल्प हुन सक्छ । ‘ट्युब स्कर्ट’ एक प्रकारको ‘फिटिङ स्कर्ट’ हो, जसको ‘हाई वेस्ट’ र ‘स्ट्रेट कटस्टाइल’ हुन्छ । ‘ल्युड फेब्रिक’ मा यो शैलीले ‘वुमन बडी पर्फेक्ट सेप’ र ‘कर्भ’ लाई ‘एलिगेन्ट’ तरिकाले प्रस्तुत गर्न मद्दत गर्छ । ‘फिटेड सर्ट’सित यसको जोडा बनाएर ‘एलिगेन्ट’ र ‘ग्ल्यामरस लुक’ प्राप्त गर्न सकिन्छ भने ‘स्टाइलिस लुक’ का लागि यो पहिरनसित ‘लुज सर्ट,’ ‘भेस्ट’ वा ‘मेल सर्ट’ सित पनि यसलाई जोडा बनाएर लगाउन सकिन्छ ।

ए लाइन ड्रेस : यो शैली पर्फेक्ट फिगर नभएकाहरूका लागि पर्फेक्ट हुन्छ । कम्मरतिर थोरै फिटिङ हुने र कम्मरभन्दा मुनि लेयर्ड हुने भएकाले पर्फेक्ट फिगर नभएकाहरूको फिगर कमी कमजोरीलाई यो शैली आकर्षक ढंगबाट लुकाउछ । ब्रोड सोल्डर र ब्रोड वेस्ट लाइन भएकाहरूको फिगरलाई पनि यो शैलीले बडी लुकमा सन्तुलन प्रदान गर्छ । 

जम्पसुट : प्रारम्भमा यो शैली ‘वर्किङ’ पहिरनका रूपमा विकसित भएको भए पनि यो परिमार्जित हुँदै ‘वुमेन वार्डरोब’ को ‘स्टाइल स्टेटमेन्ट’ का रूपमा रहन थालेको छ । शरीरको माथिल्लो र तल्लो भागलाई ‘कनेक्सन’ गर्ने ‘स्टाइलिस पिस’ का रूपमा पनि यसको परिचय रहेको छ । यो फर्मल तथा ‘इनफर्मल’ दुवै अवसरका लागि पनि उपयुक्त हुने भएकाले यसको ‘पपुलारिटी’ रहेको छ । 

 Image