Successfully Copied

वार्डरोब सेविङ

वार्डरोबबाट पुरानो वा अनुपयोगी कपडा छाँट्नुपर्छ । यसबाट नयाँ कपडाको आवश्यकता, पुरानोको उपलब्धता र अनुपयोगी कपडाका सम्बन्धमा राम्रोसँग थाहा हुन्छ । कतिपय पुराना कपडालाई पनि नयाँ स्टाइल दिन सकिन्छ ।

– वार्डरोबबाट पुरानो वा अनुपयोगी कपडा छाँट्नुपर्छ । यसबाट नयाँ कपडाको आवश्यकता, पुरानोको उपलब्धता र अनुपयोगी कपडाका सम्बन्धमा राम्रोसँग थाहा हुन्छ । कतिपय पुराना कपडालाई पनि नयाँ स्टाइल दिन सकिन्छ । 

– ज्याकेट, कोट, पुलओभर आदि अप्रिलदेखि जूनसम्म र कटन, सुट्स, सर्ट्स र टिसटर््स नोभेम्बरदेखि जनवरीसम्म खरिद गर्नु राम्रो हुन्छ । अझ सिजन वा क्लियरेन्स सेलको लाभ उठाउँदै अर्को मौसमका लागि कपडा खरिद गर्नुपर्छ । 

घरमै पनि सही तरिकाबाट कपडा धुन सम्भव हुन्छ । यसबाट लन्ड्रीको खर्च कम हुन्छ । कपडालाई ओवरवास गर्नबाट जोगिनुपर्छ । गर्मीमा ड्रायरलाई उपयोगमा ल्याउनु हुँदैन । यसबाट कपडा खुम्चिन्छ र आइरन गर्न समस्या हुन्छ । कपडा सुकाउन ह्याङगर प्रयोग गर्नु राम्रो हुन्छ । यसबाट कपडा कम खुम्चिन्छ । 

बालबालिकाका पहिरन एकाध इन्च ठूलै खरिद गर्नुपर्छ  । बालबालिकाहरूका लागि धेरै महँगा कपडा खरिद गर्नु हुँदैन । अर्को मौसममा उनीहरूलाई ती कपडा फिट नहुन सक्छन् । 

मिक्स एण्ड म्याच वार्डरोबको जरुरी हिस्सा हो । दैनिक प्रयोजनमा आउने केही त्यस्ता पहिरन आफूसँग अवश्य हुनुपर्छ, जसलाई मिक्स एण्ड म्याच गरी लगाउन सकिन्छ । वार्डरोबलाई अस्तव्यस्त राख्नु हुँदैन । एकपटक यसको सरसफाइ गर्नु जरुरी छ । यसबाट आफूसँग कति र कस्तो कपडा छ भन्ने कुरा थाहा हुन्छ ।

 Image