Successfully Copied

बर्खायाममा कस्ता पहिरन लगाउने ?

फेसन डिजाइनर एलेक्स वासुकलाका अनुसार नेपालमा मौसमअनुसारको पहिरनशैली अपनाउने कमै भेटिन्छन् । ‘मौसमअनुसार पहिरनको छनोट गर्नुपर्छ भन्ने धेरैलाई थाहै छैन,’ उनी भन्छन्, ‘गर्मीमा पातलो र जाडोमा बाक्लो पहिरन लगाउँछन् । तर, वर्षाका लागि भनेर विशेष पहिरन किन्दैनन् ।’


बर्खायाम सुरु भए पनि मौसमी तापमान बढेको छ । अचानक पानी पर्ने र घाम लाग्ने भएकाले यस्तो मौसममा फेसनेबल देखिनु चुनौतीपूर्ण हुन्छ । अफिस जान होस् वा घुमघाम, बाहिर निस्कँदा कपडा भिज्ने डर उत्तिकै हुन्छ । मौसमअनुसारको पहिरन छनोट गर्न सके फेसनेबल देखिने मात्रै होइन स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ । फेसन डिजाइनर एलेक्स वासुकलाका अनुसार नेपालमा मौसमअनुसारको पहिरनशैली अपनाउने कमै भेटिन्छन् । ‘मौसमअनुसार पहिरनको छनोट गर्नुपर्छ भन्ने धेरैलाई थाहै छैन,’ उनी भन्छन्, ‘गर्मीमा पातलो र जाडोमा बाक्लो पहिरन लगाउँछन् । तर, वर्षाका लागि भनेर विशेष पहिरन किन्दैनन् ।’ वर्षामा पहिरन छनोटले सहज मात्र बनाउँदैन फेसनेबल र स्टाइलिस देखिन पनि मद्दत गर्ने उनको भनाइ छ । फेसन डिजाइनर जुली शाह वर्षाको मौसममा फेब्रिक र रङलाई विशेष ध्यान दिनुपर्ने सल्लाह दिन्छिन् । ‘पानीले भिजे पनि चाँडै सुक्ने खालको पहिरन लगाउनुपर्छ,’ भन्छिन्, ‘यतिबेला उज्यालो रङका पहिरन उपयोगी हुन्छन् ।’ गाढा रङको पहिरन भरसक नलगाउनु नै उत्तम हुन्छ । हल्का रङको पहिरनले शरीरमा शीतलता प्रदान गर्नुका साथै भिज्यो भने चाँडै सुक्ने उनी बताउँछिन् । एलेक्सका अनुसार पानी पर्दा हल्का चिसो बढ्ने भएकाले सुतीको पहिरन नै उपयुक्त हुन्छ । किनकि सुतीको पहिरनले गर्मीमा शीतल र जाडोमा न्यानो बनाउँछ । सुती स्वास्थ्यमैत्री फेब्रिक हो । पोलिस्टर, नाइलन, जर्जेटजस्ता फेब्रिकले गर्मी बढाउँछ र असहज पनि बनाउँछ । त्यसैले भरसक गर्मी महसुस हुने खालका पहिरनबाट बच्नुपर्ने उनको सुझाव छ ।


हल्का पहिरन
वर्षाको समयमा हल्का पहिरन लगाउनुपर्छ । यस्ता पहिरन भिजे भने छिट्टै सुक्छन् । गर्मीमा पसिना बढी आउने भएकाले हल्का पहिरन नै बेस हुन्छ, साथै सहज महसुस पनि हुन्छ । यतिबेला जिन्स नलगाएकै राम्रो । जिन्स भिज्यो भने सुक्न समय लाग्छ । धेरै लामो समयसम्म भिजेको पहिरन लगाउँदा रुघाखोकी, ज्वरो आउने सम्भावना पनि उत्तिकै रहन्छ ।
घुँडासम्मको उपयुक्त
यो मौसममा शरीर पूरै ढाक्ने लामो पहिरनभन्दा घुँडासम्मको पहिरन लगाउनु उपयुक्त हुन्छ । लामो पहिरन सम्हाल्न गाह्रो हुन्छ । घुँडासम्मको पहिरन पानीले भिज्ने सम्भावना कमै हुन्छ । यो समयमा वानपिस, निलेन्थ स्कर्ट वा सर्ट्स लगाउन सकिन्छ । यस्ता पहिरनले स्टाइलिस पनि देखाउँछन् ।
रेनप्रुफ बुट्स
यो मौसममा घुँडासम्मको पहिरनसँग रेनप्रुफ बुट्सको संयोजन मिलाउन सकिन्छ । यसले फरक लुक देखाउँछ भने पानीले पहिरन भिज्नबाट पनि जोगाउँछ । यस्तो बुट्स निकै सहज हुन्छ । अन्य जुत्ता, स्यान्डिल पानीले भिज्दा बिग्रने, चाँडै नसुक्ने समस्या हुन्छ । यो बुट्स धेरै रङमा उपलब्ध हुने भएकाले आफ्नो पहिरनसँग मिलाएर लगाउन सकिन्छ ।
सुतीको कपडा
सिन्थेटिक कपडा लगाउँदा यसले शरीरको पसिना सोस्दैन, जसकारण शरीर चिलाउने र चिडचिडापन महसुस हुन्छ । सुतीको पहिरनले शरीरको पसिना सोस्छ र शीतल बनाइराख्छ । वर्षाको समयमा कपडा भिजिहाले पनि चिडचिडापन र एलर्जी हुँदैन । तर सुतीको कपडालाई सुक्न भने समय लाग्छ ।
फिटिङबाट बच्ने
यो मौसममा छालामा टाँसिने खालका पहिरन लगाउनु उपयुक्त हुँदैन । धेरै फिटिङ कपडाले शरीरमा पसिना बढी आउने र शरीर चिलाउने समस्या आउँछ । फिटिङ कपडा भिज्यो भने चिसो पनि छिटो लाग्न सक्छ । फिटिङ कपडाबाट छालामा पर्याप्त मात्रामा अक्जिसन पुग्दैन । यस्तो पहिरन भिज्यो भने पारदर्शी हुन्छ ।
फ्लोरल प्रिन्ट
वर्षाको समयमा फ्लोरल प्रिन्ट एकदमै राम्रो हुन्छ । प्राकृतिक हरियालीका साथमा फ्लोरल प्रिन्ट पहिरनले ‘भाइब्रेट लुक’ दिन्छ । रंगीन र उज्यालो पहिरन यो सिजनमा लगाउन सकिन्छ ।

–वर्षाको समयमा भिज्दा पनि चाँडै सुक्ने खालका पहिरन लगाउनुपर्छ ।
–बाक्लो र लिनन फेब्रिकबाट बनेका कपडा नलगाउनु नै बेस । यी फेब्रिक भिजे भने सुक्न समय लाग्छ ।
–पोलिस्टर, क्रेप्स, नाइलनजस्ता फेब्रिक चाँडै सुक्छन् ।
–जर्जेट वा सिफनका पहिरन नलगाउने । यी फेब्रिकका पहिरन भिज्दा भित्री कपडा देखिन्छ ।
–भरसक गाढा रङको पहिरन लगाउनुपर्छ । यी पहिरन भिजे भने पनि भित्री कपडा देखिँदैन ।
–धेरै पातला वा पारदर्शी पहिरन लगाउँदा भिजेका बेला टाँसिएर शरीरको भाग देखिन्छ ।
–वर्षाको समयमा छालाबाट बनेका सामग्रीको प्रयोग गर्नुहुँदैन ।
–यो मौसममा नाइलन, पोलिकटनको पहिरन लगाउन सकिन्छ । यो सहज र आरामदायक हुन्छ ।
–वर्षाका बेला महिनावारी भएमा रेनकोट वा छाताको प्रयोग गर्नुपर्छ । यसो गर्दा शरीरको कपडा भिज्नबाट जोगाउँछ ।
–ब्यागमा स्कार्फ सधैं राख्नुपर्छ । पानी परिहाले केश र कपडालाई बचाउन सकिन्छ ।

 Image