मनसुन सुहाउँदो पहिरन
जिन्स, लामो म्याक्सी स्कटर््स्, प्लाजो र ट्राउजरलाई केही समय ‘वार्डरोब’ मा सजाउने समय सुरु भैसकेको छ । रिमझिम वर्षासँगै सबैले आफ्नो फेसन शैलीमा केही परिवर्तन गर्ने अवस्था आइसकेको छ ।

फेसन नेटवर्क नेपालले सानेपाको हेरिटेज प्लाजामा आयोजना गरिरहेको तीन दिने नेपाल फेसन फेस्टिभलमा डिजाइनर रनवे सम्पन्न भयो ।
वरिष्ठ कोरियोग्राफर प्रशान्त ताम्राकारद्वारा कोरियोग्राफी गरिएको फेसन शोमा केही साताअघि अडिसनबाट छनोट भएका मोडलले डिजाइनरद्वारा तयार पारिएका पहिरन प्रदर्शन गरेका थिए ।
फेसन शोमा नमूना कलेज अफ फेसन टेक्नोलोजी, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियरसहितका कलेजका फेसन डिजाइनिङका विद्यार्थीहरुले तयार पारेका पहिरनहरु लगाएका थिए ।
शुक्रबारको फेसन शोमा परी कस्मेटिक्सकी दीपा गुरुङ, ज्वाला राज डिजाइन्स, सिम्रिक डिजाइन्स स्टुडियोकी प्रज्ञा चित्रकार, आइआइएफटी तथा नमूना कलेज अफ फेसन टेक्नोलोजिका डिजाइनरहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएको थियो ।
तस्बिरहरुः महेश प्रधान