Successfully Copied

वर्षामा घरबाहिर जाँदा

वर्षामा हल्का रंगको कपडा लगाउनु हुँदैन किनभने त्यसमा हिलो र माटोको दाग चाँडै लाग्छ । कपडामा माटोको दाग लाग्यो भने सुकेपछि माटो झार्नुपर्छ ।

    वर्षामा हल्का रंगको कपडा लगाउनु हुँदैन किनभने त्यसमा हिलो र माटोको दाग चाँडै लाग्छ । कपडामा माटोको दाग लाग्यो भने सुकेपछि माटो झार्नुपर्छ । त्यसपछि मात्र साबुनले धुनुपर्छ ।

    काँचो रंग भएका कपडा लगाउनु हुँदैन किनभने भिज्दा यसको रंग छुट्टिन्छ र असहज स्थिति सिर्जना हुनसक्छ ।

    सिल्क, रेशम, टिस्यु वा त्यस्ता कपडा जसलाई ड्राइक्लिन गराइन्छ आदि पनि वर्षामा लगाउनु हुँदैन किनभने भिजेपछि यस्ता फेब्रिक शरीरमा टाँसिन्छन् । बढी घेरादार तथा मोटो कपडाको स्कर्ट, टप, जिन्स तथा सलवार सुट आदि लगाउनु हुँदैन किनभने यस्ता कपडा भिजेपछि चाँडै सुक्दैनन् ।

कस्तो हुनुपर्छ पहिरन

    गोल्डेन पोलिस्ड एवं नक्कली गहना प्रयोग गर्नु हुँदैन । वर्षाको पानीले यस्ता गहना खराब हुन्छन् । छालाका वा फेन्सी जुत्ता–चप्पल पनि प्रयोग गर्नु हुँदैन कारण भिज्दा खराब हुने डर रहन्छ ।

    टेरिकट, एक्रेलिक तथा लिजिविजीका डार्क सेड पहिरन लगाउनुपर्छ किनभने यी भिज्दा शरीरमा टाँसिदैनन् र त्यसमा दाग–धब्बा पनि देखिँदैन । कामकाजी महिलाले सिन्थेटिक साडीका साथमा टु वार्ड टु रुविया ब्लाउजको साटो लिजिविजी वा टेरिकट विद कटन मिक्स कपडाको ब्लाउज लगाउनु उपयुक्त हुन्छ किनभने यो भिज्दा पनि शरीरमा टाँसिदैन र चाँडै सुक्छ ।

    छात्राहरूले स्कर्ट, डाँगरी वा बरमुडाका साथमा कटनको टि–सर्ट वा टप एवं नन डेनिम जिन्स लगाउन सक्छन् ।

     चाँदी, सुन वा अक्सिडाइज्ड ज्वेलरी प्रयोग गर्नुपर्छ कारण यो भिजे पनि खराब हुँदैन ।    वर्षामा जुनसुकै कपडा थोरै माथितिर लगाउनुपर्छ जसले गर्दा हिलो–मैलो आदि लाग्न पाउँदैन ।

    वर्षामा वाटर प्रुफ घडी लगाउनुपर्छ । बाहिर जाँदा ब्यागमा सानो नेपकिन, टाबेल, कपडाको रुमाल, टिस्यु पेपर, काइँयो एवं हल्का–फुल्का वाटर प्रुफ सौन्दर्य प्रसाधन राख्नुपर्छ । रेक्जिन वा नाइलनको ब्याग बोक्नुपर्छ ।

    वर्षामा बाहिर जाँदा ब्यागमा फोल्डिङ छाता हाल्नुपर्छ ।

बालबालिका साथमा भए

    बालबालिका साथमा भए डाइपर, दूधको बोतल तथा एक जोडी कपडा बोक्नुपर्छ ।

    बालबालिकालाई भिज्नबाट जोगाउन जुनसुकै कपडा थोरै माथितिर सार्नुपर्छ ।

 Image