ऐना सलुनको पहिलो वार्षिकोत्सव
ऐना युनिसेक्स सलुनले पहिलो वार्षिकोत्सव मनाएको छ । थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको खुसी पाठकद्वारा सञ्चालित उक्त ऐना युनिसेक्स दोस्रो वर्षमा प्रवेश गरेको छ ।
नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थिति संगै प्रारम्भ भएको अनुकल्पित प्रभानम् शीर्षको उक्त फेसन कार्यक्रम ३६ जना मोडलहरुको मनमोहक प्रस्तुतिमा सम्पन्न भएको थियो । उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १९औं ब्याचका ८८ जना विद्यार्थी डिजाइनरहरुको आयोजन, व्यवस्थापन तथा प्रस्तुतिको समग्र जिम्मेवारीमा सम्पन्न भएको थियो । कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका हुन् । कार्यक्रम संयोजन १९औं ब्याचका प्रिशा जोशी, अनिमा श्रेष्ठ, सनिशा बलामी, प्रियांशी खेतान, भरोसा गौतम तथा निशान्त चापागाईंले गरेका थिए ।