Successfully Copied

जाडोको स्टाइलिस र फेसनेबल पहिरन

सो बढेसँगै बजारमा जाडोका पहिरनको माग बढ्न थालेको छ । ग्राहकको मागअनुसार बजारमा विभिन्न डिजाइनका पहिरन भित्रिएका छन् ।



चिसो मौसम सुरु भइसकेको छ । मौसमसँगै युवापुस्ताको फेसन शैली पनि परिवर्तन हुन्छ । जाडो मौसममा चिसोबाट बचाउँदै आफूलाई फेसनेबल देखिन चुनौतीपूर्ण हुन्छ । यतिबेला बजारमा जाडोका विभिन्न पहिरन, लङ कोट, स्वेटर, ज्याकेट, मफलर, ऊलन टोपी, बुट देखिन थालेका छन् । चिसो बढेसँगै बजारमा जाडोका पहिरनको माग बढ्न थालेको छ । ग्राहकको मागअनुसार बजारमा विभिन्न डिजाइनका पहिरन भित्रिएका छन् ।

अहिले धेरै जाडो नभइसकेकाले स्वेटर, स्वेट टिसर्ट, बुट बढी बिक्री भइरहेको नयाँ बानेश्वरस्थित न्यू फेसन वेयरका संस्थापक रेनु बस्नेतले बताइन् । उनी भन्छिन्, ‘अहिले वुलन स्वेटर बढी चल्तीमा छ ।’

फेसन डिजाइनर तेन्जिङ छेतेन भुटियाका अनुसार जाडोमा टसर सिल्क, मुंगा, खादी, भेलभेट फेब्रिक लगाउँदा स्टाइलिस देखिनुका साथै चिसोबाट पनि बचाउँछ । उनी भन्छन्, ‘कालो, सेतो र ग्रे जाडोको रंग हो ।’ जाडोमा शरीरलाई न्यानो राख्नका लागि सूर्यको किरण सोस्ने भएकाले गाढा रंगको पहिरन लगाउनुपर्ने उनको भनाइ छ ।


बाक्लो पहिरनबाट बच्ने
चिसोबाट बच्न धेरैले बाक्लो र धेरै पहिरन लगाउँछन् । यसले जाडोबाट बचाए पनि भद्दा देखाइरहेको हुन्छ । चिसोबाट बच्नुका साथै फेसनेबल देखिनका लागि लेयरिङ पहिरन लगाउनुपर्छ । हल्का पातलो हाइनेकसँग ज्याकेट वा कोट लगाउन सकिन्छ । फुल स्लिभ टिसर्टमाथि स्वेट सर्ट लगाउँदा शरीर न्यानो हुन्छ र स्टाइलिस पनि देखिन्छ ।

सदाबहार ज्याकेट
डेनिम ज्याकेट, लेदर ज्याकेट प्रायः सबैसँग हुन्छ । यसको क्रेज सधैं देख्न सकिन्छ । यो हरेक मौसममा उपयोगी हुन्छ । हाइनेक टि सर्ट र कालो जिन्ससँग डेनिम ज्याकेट निकै खुल्छ । यसमा हाइ हिल लगाएर ग्ल्यामर लुक दिन सकिन्छ । डार्क ब्राउन, मरुन, कालो, डार्क ग्रिन रंगको लेदर ज्याकेटसँग नीलो जिन्स लगाउन सकिन्छ । यो ज्याकेट जुनसुकै मौसममा पनि लगाउन सकिन्छ । ज्याकेटको विशेषता भनेकै जुनसुकै पहिरनस“ग मिलाएर लगाउन सकिने हो ।


न्यानो बुट
जाडोमा बुटको फेसन टे«न्डमा हुन्छ । यो मौसममा चिसोबाट खुट्टालाई जोगाउन बुट लगाउन सकिन्छ । बजारमा धेरै बुट पाइन्छन् । स्किनी जिन्स वा सर्ट डे«ससँग लङ बुटले आकर्षक लुक्स दिन्छ । एंकल, निलेन्थ र लङ बुटहरू फेसनमा छन् । त्यसमा कपडा, लेदर, सावरलगायतका फेब्रिकमा पाइन्छन् । टिनएजर्सहरूमाझ भने ड्याम बुट निकै लोकप्रिय छन् । उचाइ कम भएकाले हिल भएको बुट पनि लगाउन सक्छन् । जाडो मौसममा बुटले चिसोबाट बचाउनुका साथै फेसनेबल पनि देखाउ“छ ।


स्टाइलिस बेल्ट
पछिल्लो समय स्वेटर वा कोटसँग बेल्ट लगाउने टे«न्ड देख्न सकिन्छ । क्याजुअल र सिम्पल पहिरनस“ग आकर्षक एवं फेसनेबल देखिन स्टाइलिस बेल्टको प्रयोग गर्न सकिन्छ । टर्टल नेक स्वेटर र विन्टर वुलन ड्रेससँग बेल्ट लगाउँदा स्टाइलिस देखिन्छ ।

लङ कोट
जाडो मौसमको फेसनमा लङ कोट छुटाउन सकिँदैन । यसले जाडोमा न्यानो बनाउनुका साथै फेसनेबल एवं स्टाइलिस लुक दिन्छ । यो अफिस वा क्याजुअल वेयरका रूपमा लगाउन सकिन्छ र पार्टी वेयरमा पनि लङ कोट फिट हुन्छ । यसको विशेषता भनेकै जुनसुकै पहिरनसँग पनि मिलाएर लगाउन सकिने हो । साडी, कुर्ता होस् वा वेस्टर्न पहिरन, जिन्स होस् वा फर्मल सबै पहिरनसँग मिलाएर लगाउन सकिन्छ ।


गाढा रंग उपयोगी
जाडोमागाढा रंगको पहिरन उपयोगी हुन्छ । गाढा रंगले सूर्यको किरण सोस्ने भएकाले शरीरलाई न्यानो बनाउँछ । गाढा रंग र हल्का रंगको संयोजन मिलाएर पहिरन लगाउँदा स्टाइलिस देखिन्छ । कालो र सेतोको संयोजन पनि यो मौसमका लागि उपयोगी हुन्छ । साथै भित्रबाट हल्का रंगको हाइनेक लगाउन सकिन्छ । 

 Image