Successfully Copied

आइइसी डिजाइनर्स रनवे सम्पन्न

‘आइइसी डिजाइनर्स रनवे–१०’ शीर्षकको फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ वटा सिक्वेन्समा विभिन्न आकर्षक डिजाइनका फेसनलाई र्याम्पमा प्रस्तुत गरे ।

कोरोनाका कारण मानिसहरू जमघट हुने कुनै पनि ठूला कार्यक्रम आयोजना हुन सकेका थिएनन् । कोरोना केही सुस्ताएको मौका छोपी गत शुक्रबार साँझ ह्यात रिजेन्सी होटल फेसनमय बन्यो । ‘आइइसी डिजाइनर्स रनवे–१०’ शीर्षकको फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ वटा सिक्वेन्समा विभिन्न आकर्षक डिजाइनका फेसनलाई र्याम्पमा प्रस्तुत गरे । जाडोलाई चुनौती दिदै झिलिमिली सजावटसहित आयोजना भएको फेसन शोमा २८ महिला तथा ८ पुरुष मोडलले ७३ जना डिजाइनरका पहिरन ¥याम्पमा प्रस्तुत गरेका थिए । ७३ जना फेसन डिजाइनर आइइसी कलेज अफ आर्ट एण्ड फेसनका १८ औं ब्याचका पास आउट विद्यार्थी हुन् ।

आइइसी कलेज अफ आर्ट एण्ड फेसनको आयोजनामा नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गरेको फेसन शोमा अभिनेतृहरू स्वस्तिमा खड्का, केकी अधिकारी, सारा सिरपाइली, अभिनेता सुशील श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सुपर मोडल सविता कार्की शोस्टपरका रूपमा सहभागी थिए ।

कृष्ण मल्ल, रवीन्द्र खड्का, नगमा श्रेष्ठ, अस्मि श्रेष्ठ, अनुराधा कोइराला, अभिनेतृ निशा अधिकारी, क्रिकेटर शरद भेषवाकर, फोटोग्राफर राजभाइ सुवाललगायत थुप्रै सेलिब्रेटीको उपस्थिति रहेको उक्त फेशन शोमा प्रशान्त ताम्राकारको कोरियोग्राफी थियो भने मिस नेपाल माल्भिका सुब्बाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

नेपाली फेसन डिजाइनको प्रचार–प्रसार गर्दै उनीहरूले डिजाइन गरेका सिर्जनात्मक परिधानलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु यो कार्यक्रमको मूल उद्देश्य रहेको आयोजक संस्था आइइसी कलेज अफ आर्ट एण्ड फेशनकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् । साथै उनले आइसीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता बोकेका विद्यार्थीहरू उत्पादन गरिरहेको पनि जानकारी दिइन् ।

 Image