Successfully Copied

अन्तराष्ट्रिय मञ्चमा नेपाली गाउनको सफलताः सोनम सुब्बा लिम्बुको डिजाइन टप १५मा

मिस औरा इन्टरनेसनल प्रतियोगिताको गाउन प्रतिस्पर्धामा विश्वभरका उत्कृष्ट गाउनहरूमध्ये टप १५ मा स्थान बनाउन सफल भएको छ । यो उपलब्धि नेपाली फेसन उद्योगका लागि ऐतिहासिक सफलता मानिएको छ ।


नेपाली फेसन डिजाइनर सोनम सुब्बा लिम्बुद्वारा डिजाइन गरिएको इभिनिङ गाउन मिस औरा इन्टरनेसनल प्रतियोगिताको गाउन प्रतिस्पर्धामा विश्वभरका उत्कृष्ट गाउनहरूमध्ये टप १५ मा स्थान बनाउन सफल भएको छ । यो उपलब्धि नेपाली फेसन उद्योगका लागि ऐतिहासिक सफलता मानिएको छ ।
प्रतियोगितामा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले पहिरन गरेका डिजाइनहरूमध्ये सोनमको गाउनले सौन्दर्य, रचनात्मकता र सांस्कृतिक भावनालाई विशेष रूपमा अभिव्यक्त गरेको भन्दै निर्णायकहरूको ध्यान खिच्न सफल भयो ।

साथै उनी हालै मिस वल्र्ड जर्मनी २०२५ का लागि आधिकारिक डिजाइनरको रूपमा पनि चयन भएका छन् । उनीले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फेसनको उपस्थिति मजबुत बनाउ“दै लगेका छन् । आफ्नो सफलताबारे प्रतिक्रिया दि“दै उनले भने, ‘यो मेरो व्यक्तिगत उपलब्धिमात्र होइन, नेपाली फेसन उद्योगको जित हो । यो मेरो लागि गर्वको क्षण हो कि मैले नेपाली सिर्जनालाई विश्वमञ्चमा देखाउने अवसर पाएकी छु ।’
सोनमले आकर्षक र सांस्कृतिक प्रेरणाले भरिएका पहिरनमार्फत उनले सौन्दर्य, आत्मविश्वास र पहिचानलाई सशक्त बनाउन निरन्तर काम गरिरहेका छन् ।

 Image