हाउसको फेसन नेपालको आयोजनामा ‘मिसेस भोग नेपाल सिजन ३’ फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । देशभरबाट छनोट भएका २१ जना विवाहित महिलाले सन् २०२६ का विभिन्न उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रशिक्षण चरणदेखि नै सुरु गरिएको मूल्यांकन प्रक्रिया, प्रि–जजिङ राउन्ड तथा अन्तिम प्रस्तुति र प्राप्तांकका आधारमा विजेताहरू घोषणा गरिएको आयोजकले जनाएको छ ।
यस वर्षका मुख्य उपाधि विजेताहरूमा किमी चौलागाईं ‘मिसेस भोग नेपाल वल्र्ड २०२६’, प्राची तोमर ‘मिसेस भोग नेपाल युनिभर्स २०२६’ तथा प्रतीक्षा थापा ‘मिसेस भोग नेपाल ग्रान्ड २०२६’ घोषित भएका छन् ।
त्यस्तै रिचा रानी राम ‘मिसेस भोग नेपाल टुरिजम २०२६’, कोमल नेपाली ‘मिसेस भोग नेपाल ग्लोबल २०२६’ र कविता ढकाल ‘मिसेस भोग नेपाल अर्थ २०२६’ बन्न सफल भएका छन् । क्लासिकतर्फ श्रीनु श्रेष्ठ ‘क्लासिक मिसेस भोग नेपाल ग्रान्ड २०२६’, सम्झना फुयाँल ‘क्लासिक मिसेस भोग नेपाल वल्र्ड २०२६’ तथा ज्योति कुर्मी ‘क्लासिक मिसेस भोग नेपाल युनिभर्स २०२६’ घोषित भएका छन् ।