प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

राजागञ्ज थुप्रै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शनमा आएको छ । यसका लेखक तथा प्रोड्युसर हुन्, आशा मगराती । करिब ८ वर्षपछि नेपालमा फिल्म लिएर फर्किएकी उनीमुख्य भूमिकामा पनि देखिएकी छन् । यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानी:
राजागञ्ज कस्तो फिल्म हो ?
पुलिस थ्रिलर फिल्म हो यो । यसमा महिला सशक्तीकरणलाई देखाउन खोजिएको छ ।सशक्त प्रहरी महिलाको भूमिकालाई अझ उजागर गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा ‘पूजा सर’ नामबाट यो फिल्म सहभागी भएको छ । यसमा ७ महिला कलाकारको अभिनय छ । जसले फरक–फरक परिवेश र भूमिकामा चरित्र निभाएका छन् ।
लामो समयको अन्तरालमा फिल्ममा फर्कनुभयो नि ?
करिब ८ वर्षपछि फर्किएँ, त्यसमा पनि मुख्य भूमिका लिएर । राजागञ्जनिर्माणमा नै लामो समय लाग्यो । यसको कथावस्तु निर्माणमा धेरै समय लगायौं । धेरै रिसर्च गर्नुपर्यो । प्रहरीको भूमिकालाई देखाउनुपरेको हुनाले प्रहरीबाट नै तालिम लियौं । प्रहरीलाई सेटमा नै राखेर काम गरेका छौं । यसले गर्दा केही समय लागेको हो ।
प्रमोसनमा आफै खटिनुभएको छ, कस्तो अनुभव छ ?
पहिला म कलाकारका रूपमा मात्रै हुन्थें । त्यसकारण सामान्य तरिकाले प्रचारप्रसार गर्दा हुन्थ्यो । आफै निर्माता भएकाले चुनौती महसुस हुन्छ । फिल्मलाई हलसम्म पुर्याउने र कसरी टिकाउने भन्नेमा ध्यान केन्द्रित छ । यहाँ दुई–तीन दिनसम्म फिल्म चल्न सकेन भने निकालिन्छ । त्यसकारण सुरुवातमा कसरी टिकाउने र चलाउने भन्ने चुनौती मैले महसुस गरें । फिल्मकथावस्तुले भन्दा पनि कलाकारको अनुहारले चलेको देखिन्छ ।
थिएटरको अभिनय सहज कि फिल्मको ?
फिल्म र थिएटर दुवै फरक विधा हुन् । थिएटरमा क्यारेक्टरमा डुबिन्छ, आफै त्यही पात्रको भूमिका निभाइन्छतर फिल्ममा पटक–पटक टेक लिनुपर्दापात्रमा बग्न गाह्रो हुन्छ ।
क्यान्सरबाट मुक्त भएर फिल्ममाआउने साहस कसरी जुटाउनुभयो ?
तीनवटा क्यान्सर जितेर म फिल्ममा मुख्य भूमिका निभाउन पुगेको हुँ । क्यान्सर जित्न आत्मबल नै ठूलोरहेछ ।आफू जति खुसी भयो, त्यति नै रोगलाई जित्ने हिम्मत हुने रहेछ । मैले परिवार, साथीभाइर आफन्त सबैका अगाडि आँसु लुकाएँ । सामाजिक सञ्जालमा पनि खुसी सेयर गरिरहें । यसले पनि आफूलाई अगाडि बढ्न र रोगसँग लड्न हिम्मत दिइरह्यो ।
नेपालमा क्यान्सर उपचार कत्तिको सहज छ ?
सहज छैन । मैले अमेरिकामा उपचार गराएँ। त्यहाँ बिरामीका लागि बस्नेदेखि विभिन्न फन्डको सहयोग अस्पतालले नै जुटाइदियो । तर नेपालमा यस्तो अवस्था छैन । क्यान्सर भइहाले आर्थिक अभावले धेरै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता अझैछ । यसका लागि सरकारी तहबाट नै सहयोगदेखि फन्डको व्यवस्था हुनु आवश्यक छ ।