‘श्रोता, दर्शकबाट माया र साथ पाउन्जेल सांगीतिक यात्रा जारी रहन्छ’ – गायिका मेनुका पौडेल
गायिका मेनुका पौडेलले श्रोता, दर्शक र संचार माध्यमबाट माया र समर्थन पाउन्जेल आफ्नो सांगीतिक यात्रा अघि बढी रहने बताएकी छन् ।

पेसाले चिकित्सक डा.अनुश्का कार्की हाल सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत छन् । पेसागत व्यस्ततामै रहँदा पनि उनको नाम सामाजिक सञ्जालमार्फत चर्चामा आएको हो । उनका परिवारका रमाइला क्षणहरू टिकटकमा भाइरल बनेपछि अनुश्कालाई हजारौं फलोअर्सले पछ्याउन थाले । यही लोकप्रियतासँगै उनलाई म्युजिक भिडियोमा अभिनय गर्न अफर आए पनि समय अभावका कारण अघि बढ्न सकिरहेकी थिइनन् ।
तर इन्गेजमेन्टपछि भने उनको यो चाहना पूरा भयो । उनका जीवनसाथी स्वस्तिक पोख्रेलसँगै उनले पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरिन् । गायिका गीता पाण्डेको गीत ‘माछी भुल्यो’ मा उनीहरूले प्रेमभाव प्रस्तुत गरेका छन् । ‘इन्गेजमेन्टपछि पार्टनरसँग म्युजिक भिडियो खेल्ने अवसर पाउनु खुसीको विषय हो । यसले हाम्रो चाहना पूरा गर्यो र एक–अर्कासँग समय बिताउने अवसर पनि दियो,’ अनुश्का भन्छिन् ।
टिकटकबाट अभिनयमा पाइला टेकेकी अनुश्काले पहिलो म्युजिक भिडियोको छायांकन एकै दिनमा सम्पन्न भएको बताइन् । उनका अनुसार यसमा टिमको उत्कृष्ट सहयोग र सहकार्यको ठूलो भूमिका रह्यो । ‘एउटा म्युजिक भिडियो सफल बनाउन गायिका र मोडल मात्र पर्याप्त हुँदैनन्, प्राविधिक टिमसँगको राम्रो समन्वय अनिवार्य हुन्छ,’ उनी भन्छिन् ।