Successfully Copied

सान्या बनिन् मिस युनिभर्स नेपाल २०२५

काठमाडौंकी सान्या अधिकारी मिस युनिभर्स २०२५ बनिन् ।


काठमाडौंकी सान्या अधिकारी मिस युनिभर्स २०२५ बनिन् । ‘तिमी जे छौ पूर्ण छौं’ भन्ने नाराका साथ ललितपुरको रोयल ट्ुलिपमा मिस युनिभर्स नेपाल २०२५ ग्राण्ड फिनाले सम्पन्न भएको थियो । यस प्रतियोगिताले परम्परागत सौन्दर्यको परिभाषा मात्र नभई आत्मविश्वास, व्यक्तित्व र सशक्तीकरणलाई प्राथमिकता दिएको थियो ।
अधिकारीले राष्ट्रिय उपाधिको साथै यही वर्ष हुने मिस युनिभर्स अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त गरिन् । साथै, उनको बुद्धिमत्ता र व्यक्तित्वलाई मान्यता दिदै उनलाई मिस स्मार्टको उपाधि पनि प्रदान गरियो । प्रतियोगितामा काठमाडौंकी आरोही बस्नेतले फस्र्ट रनर्स अपका साथै मिस फ्री एण्ड फियरलेस र मिस हेल्दी स्किन को उपाधि समेत जितिन् । सोनालिसा ढुंगाना सेकेन्ड रनर्स अप घोषित हुँदै मिस एलिगेन्स र फेस अफ ट्रु डर्मा को उपाधि जितिन् । यसैगरी बाँकेकी एलिना यारी थर्ड रनर्स अप तथा मिस पपुलर च्वाइस बनिन् । ललितपुरकी ज्योति थापा फोर्थ रनर्स अप घोषित भइन् ।
कार्यक्रममा, लिसा बर्नवालले फेस अफ अमृत ओयलको उपाधि जितिन्, वर्षा कँडेल मिस इको फ्रेन्डली शिखा पराजुली फेस अफ सगुन ज्वेलर्सका रुपमा पुरस्कृत भएकी थिइन् । कार्यक्रममा प्रशान्त
ताम्राकारको कोरियोग्राफी र शो निर्देशनले थप जीवन्त बनाएको थियो भने माल्भिका सुब्बा र दिक्पाल कार्कीले कार्यक्रम संचालन गरेका थिए ।

 Image