मोडलिङबाहेक नृत्यमा पनि रुचि
म सानैदेखि चलचित्र हेर्थें । चलचित्र हेर्दाहेर्दै त्यसै भित्र डुब्थें । चलचित्रदेखि सिरियलका कथाहरू साथीभाइहरूलाई मज्जाले सुनाउँथें । साथीहरूले पनि मोडल बन्न हौसाइरहन्थे ।

हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रिजेन्टस मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् । बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’ को उपाधि जितेकी हुन् । प्रतियोगितामा रुथ सिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि जितिन ।
ग्राण्ड फिनालेको फाइनल चरण अर्थात टप फाइभमा सुमी मल्ल, रुथ सिवाकोटी, सञ्जु श्रेष्ठ, प्रिया खड्गी तथा स्वेता बज्राचार्यबीच प्रतिस्पर्धा भएको थियो । सार्वजनिक गरिएको नतिजा अनुसार सञ्जु श्रेष्ठ फर्स्ट रनर्सअप, प्रिया खड्गी सेकेण्ड रनर्सअप तथा स्वेता बज्राचार्य थर्ड रनर्सअप भए । यस प्रतियोगितामा समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गरेका १७ जना विवाहित महिलाहरुले भाग लिएका थिए । विभिन्न क्षेत्रमा भिन्दै परिचय बनाइसकेका प्रतियोगिहरुले प्रतियोगितामा प्रस्तुति दिएका थिए । दुइ महिना लामो प्रशिक्षणपछि सहभागिहरु ग्राण्ड फिनालेमा प्रस्तुत भएका थिए । पहिलो सिक्वेन्स ‘कल्चरल राउण्ड’ मा प्रतिस्पर्धिहरुले विभिन्न संस्कृति
झल्किने पहिरनमा प्रस्तुत भएर आफ्नो परिचय दिएका थिए । लोसिना शाक्यको
नृत्य प्रस्तुतिसँगै अघि बढेको प्रतियोगिताको दोस्रो सिक्वेन्स मुकु
सिक्वेन्स तथा इनोरा सिक्वेन्समा प्रतिस्पर्धिहरुले आफूलाई विभिन्न
हाउभाउमा प्रस्तुत गरेका थिए ।
राहुल श्रेष्ठको गायनमार्फत अघि बढेको प्रतियोगिताको चौथो ‘लेट्स ड्रेस यूकेटिएम’ सिक्वेन्समा सबै प्रतिस्पर्धिेहरुले आकर्षक पहिरन प्रस्तुत गरेका थिए । आरजू क्लोथिङ सिक्वेन्समा पनि प्रतिस्पर्धिहरुले उक्त ब्राण्डका पहिरनहरु प्रदर्शन गरेका थिए ।