‘अमेरिकामा पनि सहज छैन म्युजिक करिअर’
नेपाली मूलका आमाबुवाबाट अमेरिकामा जन्मिएकी हुन्, प्रकृति देउजा । सानै उमेरदेखि संगीतमा रुचि राख्ने २५ वर्षीया प्रकृति अहिले संगीतमै सक्रिय छिन् । उनले अमेरिकामा थुप्रै स्टेज शो गरिसकेकी छन् ।
नृत्यमा पारंगत वसन्ती राईको राजेश पायल राईसँग गाएको ‘सोइ ढोले सोइ’ बोलको गीतले सामाजिक सञ्जालमा चार दशमलव पाँच ‘मिलियन्स भ्युज’ पाएर चर्चाको शिखर चुमेको थियो । ‘हल्ला चल्यो मेरो रूपको टोलटोलमा’, ‘बेबी वसन्ती हट एण्ड स्विटी’, ‘ब्युटी विथ द बे्रन’ बोलका गीतहरू गाएर पुनः चर्चा बटुलेकी उनले महानायक राजेश हमाल र चकलेटी हिरो आकाश श्रेष्ठसँग समेत म्युजिक भिडियोमा कम्मर मर्काई दर्शक–श्रोतालाई लठ्ठ पारिसकेकी छन् । अमेरिकाको न्यूयोर्कलाई कर्मथलो बनाएकी उनलाई अमेरिकाभरि हुने हरेक नेपाली तथा विदेशी कार्यक्रममा परम्परागत नेपाली पोशाक र गरगहनामा सजिएर नृत्य प्रस्तुत गरिरहेको देख्न सकिन्छ ।