मिस एण्ड मिसेस डिसएबिलिटी क्विन २०२३ सम्पन्न
शारीरिक रुपमा अपांगता भएकाहरु पनि सपांग व्यक्ति जस्तै आफ्ना गतिविधि गर्न सक्छन् भन्ने उद्देश्यले ललितपुरमा मिस एण्ड मिसेस डिसएबिलिटी क्विन सम्पन्न भयो ।
नृत्यमा पारंगत वसन्ती राईको राजेश पायल राईसँग गाएको ‘सोइ ढोले सोइ’ बोलको गीतले सामाजिक सञ्जालमा चार दशमलव पाँच ‘मिलियन्स भ्युज’ पाएर चर्चाको शिखर चुमेको थियो । ‘हल्ला चल्यो मेरो रूपको टोलटोलमा’, ‘बेबी वसन्ती हट एण्ड स्विटी’, ‘ब्युटी विथ द बे्रन’ बोलका गीतहरू गाएर पुनः चर्चा बटुलेकी उनले महानायक राजेश हमाल र चकलेटी हिरो आकाश श्रेष्ठसँग समेत म्युजिक भिडियोमा कम्मर मर्काई दर्शक–श्रोतालाई लठ्ठ पारिसकेकी छन् । अमेरिकाको न्यूयोर्कलाई कर्मथलो बनाएकी उनलाई अमेरिकाभरि हुने हरेक नेपाली तथा विदेशी कार्यक्रममा परम्परागत नेपाली पोशाक र गरगहनामा सजिएर नृत्य प्रस्तुत गरिरहेको देख्न सकिन्छ ।