Successfully Copied

‘अमेरिकामा पनि सहज छैन म्युजिक करिअर’

नेपाली मूलका आमाबुवाबाट अमेरिकामा जन्मिएकी हुन्, प्रकृति देउजा । सानै उमेरदेखि संगीतमा रुचि राख्ने २५ वर्षीया प्रकृति अहिले संगीतमै सक्रिय छिन् । उनले अमेरिकामा थुप्रै स्टेज शो गरिसकेकी छन् ।

नेपाली मूलका आमाबुवाबाट अमेरिकामा जन्मिएकी हुन्, प्रकृति देउजा । सानै उमेरदेखि संगीतमा रुचि राख्ने २५ वर्षीया प्रकृति अहिले संगीतमै सक्रिय छिन् । उनले अमेरिकामा थुप्रै स्टेज शो गरिसकेकी छन् । गीत लेख्नेदेखि म्युजिक इन्स्ट्रुमेन्ट बजाउन उनी सिपालु छिन् ।
गायनमा रुचि कसरी बढ्यो ?
मेरो सानैदेखिको रुचि गीत गाउने थियो । नेपालबाट ‘१९७४ एडी’ का गायकहरू अमेरिकास्थित हाम्रो घरमा जानुहुन्थो । उहाँहरूको गीत–संगीतले मलाई आकर्षित गरेको हो । ब्यान्डलाई देखेर नै मैले इन्ट्रुमेन्टहरू बजाउन सिकेँ ।
स्टेज शो कहिलेबाट सुरु भयो ?
१२/१३ वर्षको उमेरदेखि नै मैले स्टेज शो गर्न थालेकी हुँ । थुप्रै शो गरिसकेकी छु । फ्यानहरू पनि कमाइरहेकी छु ।

पारिवारिक सपोर्ट कस्तो रह्यो ?
सुरुमा तसामान्य रूपमा लिनुभयो । मैले रहरका लागि गाएको भनेर बुझ्नुभयो । तर म भने संगीतको रमझममा रम्न थालिसकेकी थिएँ । बिस्तारै गीत लेख्न थालें, संगीत भर्न थाले । परिवारले पनि मेरो रुचि बुझ्न थाल्नुभयो । परिवारको साथ–सहयोगमा नै म म्युजिकमा अगाडि बढिरहेकी छु ।
अमेरिकामा सांगीतिक क्षेत्रमा अगाडि बढ्न कत्तिको सहज छ ?
यहाँ बसेर हेर्दा सहज छ भन्ने लाग्दो रहेछ । तर अमेरिकामा म्युजिक करिअर अगाडि बढाउन एकदमै गाह्रो छ । गीत रेकर्ड गर्न, स्टेज शो गर्न खर्च धेरै हुन्छ । म्युजिकबाट आर्थिक रूपमा अगाडि बढ्न चुनौती नै छ । यसका लागि साइड जब भए सहयोग हुन्छ । परिवारसँगको बसाइ भएकाले मात्र मलाई अगाडि बढ्न सहज भएको हो ।
नेपाली गीत गाउन मन लाग्दैन ?
मन लागे पनि मलाई भाषाको समस्या छ । म अमेरिकामा नै जन्मिएँ, हुर्किएँ । अब बिस्तारै भाषा सिक्दैछु । एक–दुई वटा नेपाली गीत पनि गाउन थालेकी छु ।
नेपालमा स्टेज शो गर्दै हुनुहुन्छ, अनुभव कस्तो छ ?
यहाँ मैले पहिलो पटक स्टेज शो गरेँ । यहाँको वातावरण एकदमै फरक लाग्यो । एक–अर्कालाई सहयोग गर्नुपर्छ भन्ने यहाँका म्युजिसियनहरूको भावना हुँदो रहेछ, एकदमै खुसी लाग्यो ।

 Image