Successfully Copied

कुसुम बनिन् : मिस साउथ इस्ट एसिया नोबल

इन्डोनेसियाको लमबोक टापुमा आयोजना भएको मिस सुप्राग्लोबल २०२४ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी कुसुम कुँवर महत्वपूर्ण उपाधि जित्न सफल भएकी छिन् ।


इन्डोनेसियाको लमबोक टापुमा आयोजना भएको मिस सुप्राग्लोबल २०२४ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी कुसुम कुँवर महत्वपूर्ण उपाधि जित्न सफल भएकी छिन् । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा उनी मिस साउथ इस्ट एसिया नोबल क्विनको ताज पहिरिन सफल भइन् । यसअघि आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न मिस ग्रान्ड नेपाल २०२४ मा मिस ग्रान्ड गण्डकीको उपाधि जितेकी कुसुमलाई यसपछि मिस सुप्राग्लोबलमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त भएको हो ।
प्रतियोगितामा सहभागी हुनुअघि उनले सञ्चारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागितासम्बन्धी अभिमुखीकरण र प्रशिक्षण प्राप्त गरेकी थिइन् । मिस सुप्राग्लोबल २०२४ मा कुसुमसहित नेपालका लागि राष्ट्रिय निर्देशक लक्की राम केसी पनि कार्यक्रममा उपस्थित थिए । उनले प्रतियोगितामा इन्टरनेसनल जुरीको भूमिका निर्वाह गरेका थिए ।

 Image