‘अमेरिकामा पनि सहज छैन म्युजिक करिअर’
नेपाली मूलका आमाबुवाबाट अमेरिकामा जन्मिएकी हुन्, प्रकृति देउजा । सानै उमेरदेखि संगीतमा रुचि राख्ने २५ वर्षीया प्रकृति अहिले संगीतमै सक्रिय छिन् । उनले अमेरिकामा थुप्रै स्टेज शो गरिसकेकी छन् ।
शिल्पा केसीद्वारा निर्देशित 'दसैं आयो'ले एक लाख नगद पुरस्कार जितेको छ। अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आयोजित 'दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा'मा दसैं आयो प्रथम भएको हो।
प्रतियोगितामा अर्जुन तिरुवाको 'द ब्रिज' र विशाल झाको 'अन्तिम यात्रा'ले द्वितीय र तृतीय स्थान हासिल गर्दै क्रमशः ५० हजार र २५ हजार नगद जिते। देवनन्दन मण्डलको पेपर बोन्ड्स स्पेसल मेन्सनमा पर्न सफल फिल्म बन्यो।
पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल नौ वटा लघु चलचित्रहरु प्रदर्शन गरिएको थियो। २० वर्षमुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीहरुलाई ८ देखि १५ मिनेटसम्मका फिल्म पठाउन गत कार्तिक पहिलाे सातासम्मको समयसीमा तोकिएको थियो।
कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतियोगिताका लागि २० भन्दा बढी फिल्म प्राप्त भएको र त्यसबाट अन्तिम ९ छनोट गरिएको बताए।
फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतियोगितालाई निरन्तरता दिइएको बताए।
उनले भने, 'फिल्म अत्यन्तै सिर्जनात्मक विधा हो र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले युवालक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरी उनीहरूलाई सहयोगसमेत गर्न पहल गरेका हौं।'
युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने उनेको भनाइ छ।
प्रथम, द्वितीय, तृतीय र स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन्।
कार्यक्रममा सिडिसी सिनेमाका व्यवस्थापक जीवन शाक्य प्रमुख अतिथिको रूपमा सहभागी थिए।