Successfully Copied

पार्श्वगायनमा नयाँ पुस्ता

पार्श्वगायनमा नयाँ पुस्ताको हाबी भएको छ । अञ्जु पन्त, सुगम पोखरेल, दीपक लिम्बूलगायतका गायक–गायिकाहरूले चलचित्रलाई धानेका थिए । अहिले पार्श्वसंगीतमा नयाँ पुस्ता उदाइरहेको छ । रचना रिमाल, मेलिना मानन्धर, एलिना चौहान, निशान भट्टराईलगायतको स्वर गुञ्जिन थालेको छ ।



‘जूनजस्ती रे फूलजस्ती रे’ केही समयअघि चर्चित बनेको गीत हो । यो गीत थियो ‘चलचित्र बोक्सीको घर’ को । यो गीतमा स्वर दिएकी थिइन्–गायिका समीक्षा अधिकारीले । पछिल्लो समयकी चर्चित र व्यस्त गायिका हुन्–समीक्षा । यो गीतले चलचित्रलाई मात्र चर्चामा ल्याएन संँगसंँगै समीक्षालाई पनि चर्चामा पुर्‍यायो । यो गीतमा उनले थुप्र्रै स्थानमा स्टेज शो पनि गरिन् । समीक्षा भन्छिन्, ‘गीत र चलचित्र हिट भयो भने गायक–गायिका पनि हिट हुन्छन् ।’ पछिल्लो समय पार्श्वसंगीतमा नयाँ पुस्ताको उदय भइरहेको छ । हुन त समीक्षाको गायन करिअर पनि चलचित्रबाटै सुरु भएको हो । उनले थुप्रै चलचित्रका गीतमा स्वर दिएकी छन् । चलचित्र नाइँ नभन्नु ल ५ को फेरि ‘कहाँ आउला र घुमेर बालापनको उमेर’ बाट नै उनले सांगीतिक करिअर सुरुवात गरेकी हुन् । उक्त गीत चर्चामा आएपछि धेरैको रोजाइमा परेको उनी बताउँछिन् । गीत चल्यो भने गायक–गायिकाको माग पनि बढ्छ । चलचित्रमा अन्य गीतको जस्तै पारिश्रमिक पाइने उनले बताउँछन् । चलचित्रका गीतहरूले प्रोमोसनमा धेरै सहयोग गर्ने उनको भनाइ  छ ।


गायक प्रताप दासले प्लेब्याक सिंगरका रूपमा आफूलाई गायकका रूपमा अगाडि बढाएका हुन् । गायकका रूपमा उनलाई नेपाल आइडलले परिचय दिए पनि गायकको यात्रा भने प्लेब्याक सिंगरबाट नै भएको उनी बताउँछन् । सुरुवाती समय उनले थुप्रै गीत सिन हेरेर आफूले गीत गाएको बताउँछन् । उनी भन्छन्, ‘नेपाल आइडल आउनुअगाडि नै म प्लेब्याक सिंगरका रूपमा, रोमान्टिकदेखि फाइटसम्मका गीतहरू गाउँथें ।’ पछिल्लो समय उनले थुप्रै चलचित्रका गीतमा स्वर दिएका छन् । चलचित्र रोजको ‘फूल होइन काँडा’ नाइँ नभन्नु ल तिमी मेरो जिन्दगीको प्यारो साथी, चलचित्र अनुरागको ‘तिम्रो स्वर’ लगायतका उनका चर्चित गीत हुन् । चलचित्रको गीत गाउँदा दृश्यअनुसाार गाउनुपर्ने उनी बताउँछन् । चलचित्रको गीत गाउँदा अरु गीतभन्दा अलिकलि टेक्निकल लाग्छ उनलाई । चलचित्रमा अभिनेतृ अभिनेता कस्तो रोलमा छन् र उनको भूमिका कस्तो हुन्छ सोहीअनुसार गीतको भाका हाल्नुपर्ने उनी बताउँछन् । पार्श्वगायनमा नयाँ पुस्ताको हाबी भएको छ । अञ्जु पन्त, सुगम पोखरेल, दीपक लिम्बूलगायतका गायक–गायिकाहरूले चलचित्रलाई धानेका थिए । अहिले पार्श्वसंगीतमा नयाँ पुस्ता उदाइरहेको छ । रचना रिमाल, मेलिना मानन्धर, एलिना चौहान, निशान भट्टराईलगायतको स्वर गुञ्जिन थालेको छ ।


 विज्ञानी पराजुली पनि चलचित्रका गीत गाउनमा व्यस्त छिन् । चलचित्र डिग्री माइलाको ‘सुस्त सुस्त’ बोलको गीतबाट उनी पार्श्वसंगीतमा प्रवेश गरेकी हुन् । त्यसपछि उनले क्रमशः चलचित्रको अगस्ते, मोदीबेनीको मञ्जुरी बोलको गीतमा स्वर दिएकी छन् । यसमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ । यो चलचित्रको विज्ञानीको तेस्रो गीत हो । यसअघि उनले चलचित्र अगस्ते बोलको ‘आइएम सरी’ बोलको गीत गाइसकेकी छन् । उनले केही गीत गाएर आफै मोडलिङ पनि गरेकी छन् । चलचित्रको गीत गाउँदा भने उनले फरक अनुभव गरेकी छन् । उनी भन्छिन्, ‘चलचित्रको गीतमा अभिनय गर्नेहरूको भ्वाइच म्याच हुन्छ । त्यही कुराले फरक पार्दछ । त्यसकारण गीतमा स्वर निकाल्नुपर्छ ।’ उनलाई धेरै रोमान्टिक गीत गाउन मन पर्छ । स्नातक तहमा ल्याब टेक्निसियन अध्ययन गरेकी उनले गायनलाई आफ्नो शोखका रूपमा पूरा गरिरहेकी छन् । आगामी दिनमा पनि पार्श्वसंगीतलाई निखार्दै लाने उनको योजना छ ।


चटपटे व्यापार गर्दागर्दै युट्युबको नजरमा परिन् गायिका रचना–रिमाल । सानैदेखि गीत गाउने रहर बोकेकी उनले नेपाल आइडलबाट सांगीतिक करिअरलाई अगाडि बढाइन् । विभिन्न पप आधुनिकदेखि पार्श्वसंगीतमा पनि उनले स्वर भरेकी छन् । चलचित्र म त मर्छु कि क्याहो को ‘ओ मेरो परान’ उनको सुरुवाती गीत हो । उनले चलचित्रमा थुप्रै गीत गाएकी छन् तर कति त रिलिज नै नभएको उनी बताउँछिन् । रिलिज नभए पनि गीतको पारिश्रमिक भने पाएकी छन् । उनी भन्छिन्, ‘चलचित्रमा थुप्रै गीत गाएँ तर धेरै गीत रिलिज नहुँदा रहेछन्, मेरा केही गीत रिलिज नै भएनन् । गीत रिलिज नभए पनि पारिश्रमिकको समस्या भोगेकी छैन ।’ उनले ‘बाँबरी’ चलचित्रको मायाका रङहरू, चलचित्र ‘बुलाकी’ को ‘मुभी नाच सुवा नाच’ लगायतका गीतहरू गाउनेछिन् । अन्य गीतहरू गाउनु र चलचित्रका गीतहरू गाउनुमा उनलाई केही फरक लाग्दैन । नेपाल आइडल–२ बाट गायन क्षेत्रमा उदाएकी गायिका अस्मिता अधिकारी पनि पार्श्वगीतमा अगाडि छन् । चलचित्र ‘घामड शेरे’ को चर्चित गीत ‘साली मन पर्‍यो’ उनको चर्चित गीत हो ।

 Image