शनिबार राजधानीमा इलिमेन्ट्सको ब्यान्ड सांगीतिक प्रस्तुति
काठमाडौं, चलचित्र, युवापुस्ताले निकै रूचाएको ‘द इलिमेन्ट्स’ ब्यान्डले शनिबार सांगीतिक प्रस्तुति दिने भएको छ। ब्यान्डले हात्तीसारस्थित सिंक लाउन्जमा आफ्नो प्रस्तुति दिन लागेको हो।
‘जूनजस्ती रे फूलजस्ती रे’ केही समयअघि चर्चित बनेको गीत हो । यो गीत थियो ‘चलचित्र बोक्सीको घर’ को । यो गीतमा स्वर दिएकी थिइन्–गायिका समीक्षा अधिकारीले । पछिल्लो समयकी चर्चित र व्यस्त गायिका हुन्–समीक्षा । यो गीतले चलचित्रलाई मात्र चर्चामा ल्याएन संँगसंँगै समीक्षालाई पनि चर्चामा पुर्यायो । यो गीतमा उनले थुप्र्रै स्थानमा स्टेज शो पनि गरिन् । समीक्षा भन्छिन्, ‘गीत र चलचित्र हिट भयो भने गायक–गायिका पनि हिट हुन्छन् ।’ पछिल्लो समय पार्श्वसंगीतमा नयाँ पुस्ताको उदय भइरहेको छ । हुन त समीक्षाको गायन करिअर पनि चलचित्रबाटै सुरु भएको हो । उनले थुप्रै चलचित्रका गीतमा स्वर दिएकी छन् । चलचित्र नाइँ नभन्नु ल ५ को फेरि ‘कहाँ आउला र घुमेर बालापनको उमेर’ बाट नै उनले सांगीतिक करिअर सुरुवात गरेकी हुन् । उक्त गीत चर्चामा आएपछि धेरैको रोजाइमा परेको उनी बताउँछिन् । गीत चल्यो भने गायक–गायिकाको माग पनि बढ्छ । चलचित्रमा अन्य गीतको जस्तै पारिश्रमिक पाइने उनले बताउँछन् । चलचित्रका गीतहरूले प्रोमोसनमा धेरै सहयोग गर्ने उनको भनाइ छ ।
गायक प्रताप दासले प्लेब्याक सिंगरका रूपमा आफूलाई गायकका रूपमा अगाडि बढाएका हुन् । गायकका रूपमा उनलाई नेपाल आइडलले परिचय दिए पनि गायकको यात्रा भने प्लेब्याक सिंगरबाट नै भएको उनी बताउँछन् । सुरुवाती समय उनले थुप्रै गीत सिन हेरेर आफूले गीत गाएको बताउँछन् । उनी भन्छन्, ‘नेपाल आइडल आउनुअगाडि नै म प्लेब्याक सिंगरका रूपमा, रोमान्टिकदेखि फाइटसम्मका गीतहरू गाउँथें ।’ पछिल्लो समय उनले थुप्रै चलचित्रका गीतमा स्वर दिएका छन् । चलचित्र रोजको ‘फूल होइन काँडा’ नाइँ नभन्नु ल तिमी मेरो जिन्दगीको प्यारो साथी, चलचित्र अनुरागको ‘तिम्रो स्वर’ लगायतका उनका चर्चित गीत हुन् । चलचित्रको गीत गाउँदा दृश्यअनुसाार गाउनुपर्ने उनी बताउँछन् । चलचित्रको गीत गाउँदा अरु गीतभन्दा अलिकलि टेक्निकल लाग्छ उनलाई । चलचित्रमा अभिनेतृ अभिनेता कस्तो रोलमा छन् र उनको भूमिका कस्तो हुन्छ सोहीअनुसार गीतको भाका हाल्नुपर्ने उनी बताउँछन् । पार्श्वगायनमा नयाँ पुस्ताको हाबी भएको छ । अञ्जु पन्त, सुगम पोखरेल, दीपक लिम्बूलगायतका गायक–गायिकाहरूले चलचित्रलाई धानेका थिए । अहिले पार्श्वसंगीतमा नयाँ पुस्ता उदाइरहेको छ । रचना रिमाल, मेलिना मानन्धर, एलिना चौहान, निशान भट्टराईलगायतको स्वर गुञ्जिन थालेको छ ।
विज्ञानी पराजुली पनि चलचित्रका गीत गाउनमा व्यस्त छिन् । चलचित्र डिग्री माइलाको ‘सुस्त सुस्त’ बोलको गीतबाट उनी पार्श्वसंगीतमा प्रवेश गरेकी हुन् । त्यसपछि उनले क्रमशः चलचित्रको अगस्ते, मोदीबेनीको मञ्जुरी बोलको गीतमा स्वर दिएकी छन् । यसमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ । यो चलचित्रको विज्ञानीको तेस्रो गीत हो । यसअघि उनले चलचित्र अगस्ते बोलको ‘आइएम सरी’ बोलको गीत गाइसकेकी छन् । उनले केही गीत गाएर आफै मोडलिङ पनि गरेकी छन् । चलचित्रको गीत गाउँदा भने उनले फरक अनुभव गरेकी छन् । उनी भन्छिन्, ‘चलचित्रको गीतमा अभिनय गर्नेहरूको भ्वाइच म्याच हुन्छ । त्यही कुराले फरक पार्दछ । त्यसकारण गीतमा स्वर निकाल्नुपर्छ ।’ उनलाई धेरै रोमान्टिक गीत गाउन मन पर्छ । स्नातक तहमा ल्याब टेक्निसियन अध्ययन गरेकी उनले गायनलाई आफ्नो शोखका रूपमा पूरा गरिरहेकी छन् । आगामी दिनमा पनि पार्श्वसंगीतलाई निखार्दै लाने उनको योजना छ ।
चटपटे व्यापार गर्दागर्दै युट्युबको नजरमा परिन् गायिका रचना–रिमाल । सानैदेखि गीत गाउने रहर बोकेकी उनले नेपाल आइडलबाट सांगीतिक करिअरलाई अगाडि बढाइन् । विभिन्न पप आधुनिकदेखि पार्श्वसंगीतमा पनि उनले स्वर भरेकी छन् । चलचित्र म त मर्छु कि क्याहो को ‘ओ मेरो परान’ उनको सुरुवाती गीत हो । उनले चलचित्रमा थुप्रै गीत गाएकी छन् तर कति त रिलिज नै नभएको उनी बताउँछिन् । रिलिज नभए पनि गीतको पारिश्रमिक भने पाएकी छन् । उनी भन्छिन्, ‘चलचित्रमा थुप्रै गीत गाएँ तर धेरै गीत रिलिज नहुँदा रहेछन्, मेरा केही गीत रिलिज नै भएनन् । गीत रिलिज नभए पनि पारिश्रमिकको समस्या भोगेकी छैन ।’ उनले ‘बाँबरी’ चलचित्रको मायाका रङहरू, चलचित्र ‘बुलाकी’ को ‘मुभी नाच सुवा नाच’ लगायतका गीतहरू गाउनेछिन् । अन्य गीतहरू गाउनु र चलचित्रका गीतहरू गाउनुमा उनलाई केही फरक लाग्दैन । नेपाल आइडल–२ बाट गायन क्षेत्रमा उदाएकी गायिका अस्मिता अधिकारी पनि पार्श्वगीतमा अगाडि छन् । चलचित्र ‘घामड शेरे’ को चर्चित गीत ‘साली मन पर्यो’ उनको चर्चित गीत हो ।