‘मिस नेपाल पिस’ को उपाधि विधिलाई
‘मिस नेपाल पिस–२०२४’ को शीर्ष उपाधि काभ्रेकी विधि लम्सालले हात पारेकी छन् ।
झापाका सन्तोष लोक्सम ‘रियलमी मिस्टर नेपाल २०२४’ बनेका छन् । उनले आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वर्ल्ड २०२४ मा नेपालको तर्फबाट सहभागी हुनेछन् । सन्तोषलाई एन्ट फाउन्डेसनले सोसल एम्बेसडरका रूपमा पनि पुरस्कृत गरेको छ । विजेता बनेसँगै सन्तोषले पाँच लाख बराबरको विभिन्न पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल २०२४ भए । उनले नेपालको तर्फबाट आउँदो अक्टोबर पहिलो साता थाइल्यान्डमा हुने मिस्टर ग्लोबल २०२४ मा सहभागी हुनेछन् । काठमाडौंका आयुष दुलाल भने म्यान अफ द वर्ल्ड नेपाल २०२४ का रूपमा चयन भए । उनले म्यान अफ द वर्ल्ड २०२४ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । योगेश र आयुष दुवैले तीन लाख बराबरको विभिन्न पुरस्कार प्राप्त गरे । मुख्य उपाधि विजेताहरूले विभिन्न ब्रान्डका लागि मोडलिङ गर्ने अवसर पनि पाएका छन् । प्रतियोगितामा धरानका आदेश प्रधान फस्ट रनर अप र हेटौंडाका आयुष बोमजन सेकेन्ड रनर अप भए ।
‘बौद्धिकतासहितको व्यक्तित्व, आकर्षणसहितको आवरण तथा दृढ निश्चयसहितको आत्मविश्वास भएको युवाको खोजी’ अन्तर्गत संचालित प्रतियोगिताको फाइनल यात्रामा राइनो लेदरको पहिरनमा सहभागीले आफ्नो प्रारम्भिक प्रस्तुति दिएका थिए । विभिन्न विधागत अवार्डमा आयुष बोमजन रियलमी मोस्ट पपुलर, आदेश प्रधान पब्लिक च्वाइस, आयुष दुलाल टेनएक्स बेस्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मोस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ आर्टसियम मिस्टर फोटोजेनिक, साकार बजिमय प्राइमेरा हस्पिटल मोस्ट इन्टिलेक्चुयल चयन भए । यस्तै, सन्तोष लोक्सम ब्ल्याकबेरी म्यान अफ एलिगेन्स, प्रकाश चौहान योलो मोस्ट एक्टिभ, समिर तिमिल्सिना आवरण बेस्ट स्किन, पियूष श्रेष्ठ जोय मेन च्वाइस, अनिकेत प्रजापति श्रीकेश बेस्ट हेयर, सिजल कपाली राइनो मिस्टर फेसनिस्टा, अग्रज श्रेष्ठ प्रो स्टाइल मिस्टर स्टाइल आइकन तथा मनोज गुरुङ केएफसी बेस्ट स्पोर्टस् मेनसीप र बज्र बेस्ट फिजिक अवार्डका लागि छानिएका थिए । नेक्स्ट मोडल्स नेपालको आयोजनामा गरिएको प्रतियोगितामा देशभरका ३८ युवा सहभागी थिए ।