कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नारीप्रधान ‘आमा’,‘माइतीघर’ जस्ता चर्चित चलचित्रबाट नेपाली चलचित्रको इतिहास सुरु भएको पाइन्छ । केही समयसम्म नायकका रूपमा पुरुषलाई नै लिने चलन थियो । चलचित्र भन्नासाथ ‘हिरो, को छ ? भन्ने प्रश्न गर्ने धेरै हुन्थे । पछिल्लो समय त्यो सोचमा परिवर्तन भएको छ । चलचित्रका केन्द्रीय पात्र पुरुष वा नायक मात्र हुँदैनन् भन्ने मान्यता अब धेरैको भइसकेको छ । हाल चलचित्रको प्रचारदेखि पोस्टरसम्ममा एकल नायिकालाई प्रस्तुत गर्न थालिएको छ ।
यसको श्रेय नायिका रेखा थापालाई जान्छ । उनले महिला केन्द्रित चलचित्र निर्माण गरी दर्शकहरूको सोचमा परिवर्तन ल्याएकी हुन् । उनले निर्माण गर्ने चलचित्रमा महिलालाई प्रमुख पात्र बनाउने गरेकी छन् । रेखाले महिलालाई रुवाएर वा शृंगारिक रूपमा चलचित्रमा प्रस्तुत गर्ने आफूले पुरातन मानसिक र परम्परा तोड्न खोजेको बताइन् । ‘चलचित्रमा महिलाहरूलाई शृगांरका रूपमा मात्र लिइन्छ, अब भने हिरोका रूपमा देखाउनुपर्छ,’ उनले भनिन् । चलचित्र सहरमा मात्र होइन कर्णालीदेखि मधेससम्मका कथाहरू आफूले समेट्न खोजेको समेत बताइन् ।
‘हिम्मतवाली’, ‘काली राम्प्यारी’ जस्ता चलचित्र निर्माण गरी उनले महिलालाई प्रमुख पात्रका रूपमा प्रस्तुत गर्न सफल भएकी छन् । पहिले नेपालमा थुप्रै चलचित्र बन्थे । ती चलचित्रको कथामा नायिका निरुता सिंह देखिन्थिन् । चलचित्र ‘चिसो मान्छे’ को पोस्टरमा स्वस्तिमा खड्काको ‘लुक्स’ले चारैतिर चर्चा पायो । उनको ‘गेटअप’ले राम्रो प्रतिक्रिया पायो । सुदूरपश्चिमका महिलाको दृश्य देखाइएको उक्त चलचित्रमा मात्रै होइन त्यसको ‘पोस्टर’ मा समेत उनलाई केन्द्रीय पात्र बनाइयो । महिलाकेन्द्रित चलचित्रका रूपमा ‘चिसो मान्छे’ स्थापित भयो । अभिनेतृ स्वस्तिकाले पनि महिलापात्र बनाउनुका साथै आफ्नो भूमिकालाई थप बलियो बनाउन प्रयास गरेको बताइन् । निर्देशक दीपेन्द्र खनालका अनुसार यो चलचित्र महिला केन्द्रित छ । आफूलाई महिला केन्द्रित चलचित्र बनाउनमा रुचि राख्ने भएकाले पनि महिलालाई ‘बोल्ड’ बनाउने चलचित्र निर्माण गरेको उनले बताए ।
पछिल्लो समय महिलालाई चलचित्रमा ‘बोल्ड’ बनाउन खोज्नु र मौलिक चलचित्र निर्माण गर्ने होडबाजी नै चलेको छ । यसले निर्देशक र निर्माताहरूले पनि गाउँका कथावस्तु खोज्न थालेका छन् । केही वर्षअघि नायिका प्रियंका कार्की ‘सुन्तली’ चलचित्रमा मुख्य भूमिकामा देखिइन् । उनको यो चलचित्रले प्रशस्त प्रशंसा पायो । नारीप्रधान चलचित्रमा उनलाई सबैले रुचाए । उल्लेखनीय रूपमा व्यापार गर्न नसकेपनि नारीमैत्री चलचित्रमा उनको प्रवेश भयो ।
चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पनि महिलामैत्री चलचित्र बन्यो । प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारी मुख्य भूमिकामा देखिए । महिलाहरूलाई राखेर बनाइएको चलचित्र पनि सफल हुन्छ भन्ने उदाहरण यो चलचित्र बन्न सफल भयो । यसले नायिकाहरूले यसरी महिलालाई केन्द्रमा राखेर बनाउन सके सफल हुन्छ भन्ने सन्देश दिएका थिए । महिला कलाकारले मुख्य भूमिका
पाउँदै जादा महिला निर्देशकहरू पनि चलचित्रमा छाइरहेका छन् । मूलधारमा रेनेसा बान्तवा राई, रेखा थापा र दीपाश्री निरौला सक्रिय छन् । महिला निर्देशकहरूले निर्देशन गर्ने चलचित्रमा महिलाहरूलाई अझै पनि कमजोर देखाउने गरेको चलचित्र समीक्षकहरूले बताउँदै आएका छन् ।