प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
इन्डोनेशियाको बालीमा अगस्ट २५ देखि २९ सम्म सम्पन्न मिस वर्ल्ड टुरिज्म २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने दुई सुन्दरीहरूले मुलुकलाई गर्विलो सफलता दिलाएका छन् । रेबिका थापा मगर र गरिमा गुरुङ दुवैले प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि हात पारेका हुन् ।
लमजुङ निवासी रेबिका थापा मगरले यस पटक मिस साउथ एशियाको नेपालको प्रतिनिधित्व गरिन् । उनले आर.के. इन्टरटेनमेन्ट ग्रुपद्वारा आयोजना गरिएको मिस ग्राण्ड नेपाल २०२५ मा मिस ग्राण्ड गण्डकी जितेर आˆनो यात्रा सुरु गरेकी थिइन् । बुद्धिमत्ता, आत्मविश्वास र सांस्कृतिक प्रस्तुतिकरणका साथ अन्तर्राष्ट्रिय स्तरमा आˆनो व्यक्तित्व देखाउादै उनले मिस वर्ल्ड टुरिजम एशिया २०२५ को उपाधि जित्न सफल भइन् । यस उपाधिले उनलाई सम्पूर्ण महादेशको पर्यटन प्रवर्द्धन गर्ने क्षेत्रीय दूतका रूपमा स्थापित गराएको छ ।
त्यस्तै बेलबारी निवासी गरिमा गुरुङले पनि नेपालको गौरव बढाइन् । उनले मिस ग्राण्ड नेपाल २०२५ मा मिस ग्राण्ड टुरिजम नेपाल २०२५ र मिस एक्टिभ अवार्ड जितेर अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अवसर प्राप्त गरिन् । बालीमा आयोजित प्रतियोगितामा नेपालको पर्यटन सम्भावना, सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचार गर्ने उद्देश्यसहित पुगेकी गरिमाले आˆनो आकर्षण र व्यक्तित्वका बलमा दुई उपाधि जितिन् । मिस वर्ल्ड टुरिजम पपुलारिटी २०२५ र मिस वर्ल्ड टुरिजम एलिगेन्स २०२५।