Successfully Copied

सफलताको राज नै आमा

कर्माले पहिलो पटक यतिका दिन आमासँग बिताउन पाएका छन् । लकडाउनले यो मौका जुराइदियो । आमाको माया अपरम्पार हुन्छ भन्ने थाहा भए पनि यसरी आमासँगै बस्ने मौका उनले कमै मात्र पाएका थिए ।

कर्माले पहिलो पटक यतिका दिन आमासँग बिताउन पाएका छन् । लकडाउनले यो मौका जुराइदियो । आमाको माया अपरम्पार हुन्छ भन्ने थाहा भए पनि यसरी आमासँगै बस्ने मौका उनले कमै मात्र पाएका थिए ।

बुबा विदेश भएकाले उनले युकेजीदेखि नै होस्टेलमा बसेर पढ्न बाध्य भए । आमा र भाइ मामाघरमा बस्थे र आमाको ब्युटिपार्लर पनि भएकोले कर्मालाई बाध्य भएर होस्टेल राखियो । उनलाई अझै याद छ– हरेक २–३ दिनमा एकचोटी होस्टेलमा आएर आमाले गार्डलाई चकलेट–चुइगम छोडेर जानुहुन्थ्यो । जब उनी बिदामा घर जान्थे, आमाको माया यसरी बर्सिन्थ्यो कि, त्यही माया सम्झेर महिनौं दिन बित्थ्यो । 

१० कक्षा सकेपछि उनलाई ११ र १२ पढ्न भारतको पुने पठाइयो । त्यसपछि नेपाल फर्किनेबित्तिकै उनी आरोहण, गुरुकुलमा भर्ना भए । आमाबुबाको मायाले छोराछोरी नबिग्रोस् भन्ने आफ्ना अभिभावकले गर्दा नै सानैदेखि आफ्नो खुट्टामा उभिन मद्दत गरेको उनको अनुभव छ । गुरुकुलमा शिक्षा लिए पछि उनी अभिनयतिरै लागे । थिएटरमा मात्रै काम गर्दा आमाले व्यवसायतिरै लागे हुन्थ्यो भनेको याद गर्दै कर्मा भन्छन्, ‘जब मैले ठूलो पर्दामा काम गरें । त्यसपछि मेरो करिअरलाई लिएर कहिल्यै यो गर, त्यो नगर भन्नु भएन ।’

कर्माको पहिलो चलचित्र नेपाल भाषाको ‘पटाचारी’ हेरेपछि आमा छोराकै फ्यान भइन् । आमाले त्यस्तै धर्म, ज्ञान र सन्देशमूलक चलचित्रमा काम गरे हुन्थ्यो सल्लाह दिइरहने कर्मा बताउँछन् । उनको चलचित्र हलमा लाग्नेबित्तिकै पहिलो शो नै हेर्ने जाने आमा कर्मालाई साथीजस्तै लाग्छिन् । अरूलाई भन्न नसकेको कुरा पनि आमासँग निर्धक्क भन्न सक्छन् ।

अहिले कर्मा आमा–बुबासँगै पारिवारिक व्यवसाय मोमो किङ्ग र होटल हिरण्यमा संलग्न छन् । धेरै वर्ष परिवारवाट टाढा बसेर होला, कर्मालाई अहिले आमासँग बसिरहन मन लाग्छ । पहिले किन मलाई होस्टेल राखेको होला भन्ने लागे पनि अहिले आएर उहाँहरूको बाध्यता र आफ्नो सुन्दर भविष्यको लागि गरेको त्यागलाई बुझेका छन् । अचेल जता गए पनि आमालाई फोन नगरी, भिडियो कल नगरी बस्न सक्दैनन् ।

आमाबुबासँग निर्भर हुनु हुँदैन भन्ने सोच राख्ने उनी छुट्टै घरमा बस्छन् । तर एक छाक खानाचाहिं आमाकै हातको खाने रहरले एकै ठाउँमा खान पुग्छन् । अहिले लकडाउन आमालाई बुझ्ने अवसर पनि भएको उनको ठहर छ । कर्मा भन्छन्, ‘मेरो आमा–बुबा पनि आफैं मेहनत गरेर आउनुभएको हो । उहाँहरू आफ्नो सन्तान पनि अरूमा निर्भर नहोस् भन्ने चाहनुहुन्छ । यही सिकाइ र व्यवहार नै आफ्नो सफलताको राज ठान्छन् राज ।

आजको दिन आमाप्रति सम्मान प्रकट गर्ने र सम्झने दिन हो भन्दै कर्मा भन्छन्, ‘आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरेर उहाँप्रति समर्पित हुने दिन हो ।’

 Image