सृष्टि बनिन् पहिलो मिसेस् नेपाल क्यानडा २०२४
विवाहित महिलाहरुलाई अझ सबल, सक्षम र सशक्त बनाउने उद्देश्यले क्यानडामै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा सृष्टि श्रेष्ठ अमात्य मिसेस् नेपाल क्यानडा बनिन् ।
गायिका मञ्जु उपशना तीज गीतका साथमा बजारमा आएकी छिन् । लामो समयदेखि सुगम संगीतमा सक्रिय यि गायिकाले ‘तीजै आयो बरिलै’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । गायिका उपाशनाले आवाज भरेको यो तीज गीतमा उनकी बहिनी अन्जु बिश्वकर्माले नृत्य गरेकी छिन् । यसैपनि तीज पर्व दिदी बहिनीका लागि विशेष र साथै मनाउने पर्व हो । मञ्जुले भने आफ्नी बहिनीलाई तीज गीतमानै समेटेकी छिन् ।
एच बि सुनारको शब्द रहेको गीतमा गायिका उपाशनालेनै संगीत दिएकी छिन् । जेनिथ शर्माले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अन्जुका साथमा ज्योति सुनार र गायिका स्वयमले पनि नृत्य गरेका छन् ।
सुशिल डाँगीले छायांकन गरेको उक्त गीतको म्यूजिक भिडियो रमेश बिके रसाइलीले सम्पादन गरेका हुन् । सार्वजनिक भएको छोटो समयमानै मञ्जुको ‘तीज आयो बरिलै’ले राम्रो प्रतिकृया पाईरहेको छ ।
गीतको म्यूजिक भिडियो :