सेजल राजभण्डारी ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ घोषित
आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारी छनोट भएकी छिन् ।
नेपाल आदिवासी जनजाती महासंघ हङकङले आदिवासी झङ्कार २०१८ कार्यक्रम गर्ने भएको छ । विश्व आदिवासी दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरिए पनि सांस्कृतिक झाकी प्रर्दशन तथा सम्मान कार्यक्रमका लागि झङ्कारको आयोजना गरिने भएको हो । नोभेम्बर ४ तारिकका दिन याउमा तेई स्थित कम्युनिटी हलमा आयोजना गरिने कार्यक्रममा स्थानिय प्रतिभाहरु हर्षित आले, रोशा लिम्बु, पवित्रा राई, तिलक सोमै मगर, राजु आङ्देम्बे, राज तामाङ् लगायतको प्रस्तुती रहनेछ । कार्यक्रममा अतिथी कलाकारकोरुपमा सन्ध्या बुढा (काउली बुडी) आउनेछिन् ।
२४औ विश्व आदिवासी दिवसका दिन घोषणा गरिएको आदिवासी बर्ष महिला तामाङ घेदुङ संघकी अध्यक्ष सरस्वती घिसिङ् र बर्ष पुरुष जनजाती महासंघका निवर्तमान अध्यक्ष मैनबहादुर थापालाई सम्मान गरिने भएको छ ।
नेपालको सन्र्दभमा सरकारबाट सुचिकृत ५६ जाति जनजाती महासंघमा आवद्ध रहेको भएपनि हङकङको शन्र्दभमा हालसम्म गुरुङ, तामाङ, थकाली, दुरा, नेवार, मगर, याक्खा, राई, लिम्बु, सुनुवार र शेर्पा जातीका ११ सदस्य संस्थाहरु सदस्यकारुपमा छन् ।
विदेशी भूमिमा आफ्नो अपनत्वलाई कायम राख्दै स्थानिय प्रतिभाहरुलाई अवसर प्रदान गर्न पनि झङ्कारको आयोजना गरिएको महासंघका अध्यक्ष किशन राई बताउछन् । कलाकारहरुले आफ्नो भाषिक मैलिक, गीतसंगित र भेषभुषाको प्रर्दशनले मौलिकतालाई अझ बढुवा दिने महासचिव कृष्णराज लाओतीको धारणा छ ।