Successfully Copied

आदिवासी झङ्कारमा ‘काउली बुढी’

नेपाल आदिवासी जनजाती महासंघ हङकङले आदिवासी झङ्कार २०१८ कार्यक्रम गर्ने भएको छ । विश्व आदिवासी दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरिए पनि सांस्कृतिक झाकी प्रर्दशन तथा सम्मान कार्यक्रमका लागि झङ्कारको आयोजना गरिने भएको हो ।

नेपाल आदिवासी जनजाती महासंघ हङकङले आदिवासी झङ्कार २०१८ कार्यक्रम गर्ने भएको छ । विश्व आदिवासी दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरिए पनि सांस्कृतिक झाकी प्रर्दशन तथा सम्मान कार्यक्रमका लागि झङ्कारको आयोजना गरिने भएको हो । नोभेम्बर ४ तारिकका दिन याउमा तेई स्थित कम्युनिटी हलमा आयोजना गरिने कार्यक्रममा स्थानिय प्रतिभाहरु हर्षित आले, रोशा लिम्बु, पवित्रा राई, तिलक सोमै मगर, राजु आङ्देम्बे, राज तामाङ् लगायतको प्रस्तुती रहनेछ । कार्यक्रममा अतिथी कलाकारकोरुपमा सन्ध्या बुढा (काउली बुडी) आउनेछिन् ।

२४औ विश्व आदिवासी दिवसका दिन घोषणा गरिएको आदिवासी बर्ष महिला तामाङ घेदुङ संघकी अध्यक्ष सरस्वती घिसिङ् र बर्ष पुरुष जनजाती महासंघका निवर्तमान अध्यक्ष मैनबहादुर थापालाई सम्मान गरिने भएको छ ।

नेपालको सन्र्दभमा सरकारबाट सुचिकृत ५६ जाति जनजाती महासंघमा आवद्ध रहेको भएपनि हङकङको शन्र्दभमा हालसम्म गुरुङ, तामाङ, थकाली, दुरा, नेवार, मगर, याक्खा, राई, लिम्बु, सुनुवार र शेर्पा जातीका ११ सदस्य संस्थाहरु सदस्यकारुपमा छन् ।

विदेशी भूमिमा आफ्नो अपनत्वलाई कायम राख्दै स्थानिय प्रतिभाहरुलाई अवसर प्रदान गर्न पनि झङ्कारको आयोजना गरिएको महासंघका अध्यक्ष किशन राई बताउछन् । कलाकारहरुले आफ्नो भाषिक मैलिक, गीतसंगित र भेषभुषाको प्रर्दशनले मौलिकतालाई अझ बढुवा दिने महासचिव कृष्णराज लाओतीको धारणा छ  ।

 

 Image