संगीता उराँव–रंगकर्मी
नाटकमा सानैदेखि मेरो रुचि हो । सानामा अरु दाजुदिदीहरू खेलौना बटुलेर हिँड्थे म भने नाटकमा अभिनय गर्न तम्सिन्थें । सडकनाटकले मलाई यो क्षेत्रलाई बुझ्न सहयोग गरेको हो ।
लुट चलचित्रको सिक्वेल लुट–२ बाट सबैले आशा गरेका छन् । द्वन्द्व तथा सस्पेन्सलाई प्राथमिकता दिइएको यो चलचित्रका निर्देशक निश्चल बस्नेत हुन् । लुट–२ मा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, सुशीलराज पाण्डे आदिले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । फागुनको दोस्रो साता रिलिज हुने लुट–२ मा लुटले छाडेको कथाको निरन्तरतासँगै भूकम्प तथा नाकाबन्दीका घटनाहरूलाई पनि रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।