Successfully Copied

ग्याजेटप्रेमी सेलिब्रेटी

कलाकार दिया मास्के भने तुलनात्मक रूपमा ग्याजेटप्रेमी होइनन् । उनी आफ्नो मोबाइल फोन नै सबै कामका लागि पर्याप्त भएको बताउँछिन् । पहिलो पटक नोकिया मोबाइल बोकेकी दियाले अहिलेसम्म ९ वटा मोबाइल फोन फेरिसकेकी छिन् ।

कलाकार दिया मास्के भने तुलनात्मक रूपमा ग्याजेटप्रेमी होइनन् । उनी आफ्नो मोबाइल फोन नै सबै कामका लागि पर्याप्त भएको बताउँछिन् । पहिलो पटक नोकिया मोबाइल बोकेकी दियाले अहिलेसम्म ९ वटा मोबाइल फोन फेरिसकेकी छिन् ।

प्रविधिले संसारलाई नै साँघुरो बनाएको छ । हरेकको हातमा मोबाइल, हरेकसँग बाइक, स्कुटर, गाडी आदि–इत्यादि । घरघरमा कम्प्युटर, ल्यापटप, आइप्याड अनि इन्टरनेट । यसले गर्दा संसारको हरेक कुरा तत्काल थाहा हुन्छ । प्रविधिसँग आममानिसभन्दा सेलिब्रेटीहरू अझ बढी नजिक हुन्छन् । आ–आफ्ना फ्यान पेज बनाई आफूलाई अपडेट गर्न खोज्ने यी सेलिब्रेटीहरू ग्याजेटप्रेमी देखिन्छन् ।

प्रतिभाशाली नायिका ऋचा शर्मा परिपक्व कलाकारका रूपमा स्थापित हुने दौडमा छिन् । धेरै नयाँ नायिकाहरू ऋचासँग अभिनय सिक्न चाहन्छन् । ऋचा ग्याजेटप्रति रुचि राख्ने कलाकारमध्ये एक हुन् । उनको पहिलो मोबाइल नोकियाको थियो । उनलाई आइफोनभन्दा एन्ड्रोइड नै मनपर्छ । अहिलेसम्म ७ वटा मोबाइल फेरिसकेकी ऋचालाई अहिले चलाइरहेको सामसुङ नोट फाइभ निक्कै मनपर्छ । उनीसँग एउटा ल्यापटप, एउटा ट्याबलेट तथा एउटा फोन छ । उनी विगत १० वर्षदेखि स्कुटर चलाउँदैछिन् । दुई वर्षयतादेखि उनीसँग एउटा कार पनि छ । ऋचा होन्डाको स्कुटी तथा सुजुकीको कारमा हुइकिन्छिन् । प्रविधिको बिस्तारले जीवन सहज हुँदै गएकोमा ऋचा दंग छिन् ।

संचारकर्मी तथा गायिकाका रूपमा लोकप्रिय कोमल वली पनि ग्याजेटप्रेमी छिन् । उनको पहिलो मोबाइल सिमेन्सको थियो । त्यसपछि उनले मोटोरोला, नोकिया तथा विन्डोज फोन बोकिन् । आइफोन फोर एस, फाइभ, सिक्स हुँदै उनी अहिले सामसुङ ग्यालेक्सी तथा आइफोन सिक्स प्लस बोक्छिन् । उनलाई मनपर्ने ग्याजेट आइपड पनि हो । आइपडमा गीत सुन्दै मर्निङ वाक गर्ने उनको बानी छ भने उनलाई आइप्याड पनि उत्तिकै मनपर्छ । आइप्याडमा उनी आर्टिकल एवं समाचार पढ्छिन् । कोमलसँग सामसुङ ग्यालेक्सी, आइफोन, आइपड टच तथा आइप्याड थर्ड जेनरेसन छ । उनी हुन्डाइको आइ टेन कार चढ्छिन् । उनले १२ वर्षअघिदेखि कार चलाउन थालेकी हुन् । यो उनको दोस्रो कार हो ।

एसिया मोडल फेस्टिबल–२०१६ मा भाग लिएकी मोडल प्रमिला आरएल राणा चपली हाइट–२ बाट नायिकाका रूपमा देखा परेकी छिन् । राणा ग्याजेटबिनाको जीवन कल्पना गर्दा पनि डर लाग्ने बताउँछिन् । उनको पहिलो मोबाइल मोटोरोला कम्पनीको थियो । उनले अहिलेसम्म ८ वटा मोबाइल तथा ३ वटा आइफोन फेरिसकेकी छिन् । उनलाई नयाँ मोबाइल आएपछि त्यसको फिचरिङ एवं स्टाइलले तान्छ । राणालाई सबैभन्दा मन परेको ग्याजेट मोबाइल नै हो । उनीसँग मोबाइल, ल्यापटप, हेडफोन, पावर बैंक, पोलोराइड स्नाप क्यामेरा, पोलोराइड जिप प्रिन्टर, विट्स पिल स्पिकर आदि ग्याजेट छन् । राणाले अहिलेसम्म ३ वटा कार फेरिसकेकी छिन् । अहिले उनी कियाको स्पोर्टेटेजमा ड्राइभर राखेर हिँड्छिन् ।

कलाकार दिया मास्के भने तुलनात्मक रूपमा ग्याजेटप्रेमी होइनन् । उनी आफ्नो मोबाइल फोन नै सबै कामका लागि पर्याप्त भएको बताउँछिन् । पहिलो पटक नोकिया मोबाइल बोकेकी दियाले अहिलेसम्म ९ वटा मोबाइल फोन फेरिसकेकी छिन् । उनी अहिले सामसुङ एच मोबाइल चलाइरहेकी छिन् । दियासँग ल्यापटप, मिनी ल्यापटप तथा मोबाइल फोन छ यद्यपि उनी धेरैजसो मोबाइल नै चलाइरहेकी हुन्छिन् । ग्याजेट आवश्यकता हो, तर म यसको क्रेजी भने होइन भन्ने दिया स्कुले जीवनदेखि नै स्कुटर चलाउँथिन् । उनले अहिलेसम्म ५ वटा स्कुटर फेरिसकेकी छिन् । अहिले उनी यामाहाको स्कुटर चलाइरहेकी छिन् । स्कुटरमा एक्लै हिँड्दा रमाइलो अनुभव हुने उनले बताइन् ।

पूर्व मिस नेपाल मलिना जोशी ग्याजेटप्रति त्यति क्रेजी छैनन् तर उनलाई मोबाइल बोक्दा अपडेटेड अर्थात् नयाँ कलेक्सन बोक्न मन लाग्छ । पहिलो पटक नोकियाको मोबाइल बोकेकी जोशीले ५ वटाजति फोन फेरिसकेकी छिन् । मलिना अहिले आइफोन सिक्स प्लस बोक्छिन् । उनीसँग ल्यापटप र आइफोन छ । यी दुई ग्याजेट नै पर्याप्त भएकाले अरू किन्ने सुर नचलेको मलिना बताउँछिन् । मलिनासँग होन्डा प्लेजर छ तर त्यो उनी आफै चलाउँदिनन् । अहिलेसम्म स्कुटर नफेरेकी मलिना अब भने नयाँ स्कुटर किन्ने धुनमा छिन् । मलिना यी ग्याजेटले जीवनलाई सरलीकरणतर्फ लगिरहेकाले जीवनको अभिन्न अंग भएको बताउँछिन् । तर गायिका स्मृति पोखरेल भने सारै ग्याजेटप्रेमी छिन् । उनले पहिलो पटक ११ कक्षामा पढ्दा सिमेन्स कम्पनीको मोबाइल प्रयोग गरेकी थिइन् । स्मृतिले अहिलेसम्म एक दर्जनभन्दा बढी मोबाइल सेट फेरिसकेकी छिन् ।

कुनै नयाँ मोबाइल बजारमा आएपछि त्यही प्रयोग गर्न रुचाउने पोखरेल अहिले सामसुङको नोट फोर चलाउँछिन् । उनलाई मनपर्ने ग्याजेट दि विथिङ थर्माै हो । उनी ५ वर्षदेखि कार चलाइरहेकी छिन् । दुईवटा कार फेरिसकेकी स्मृतिले अहिले स्पोर्ट ए कार चलाउँछिन् । अहिले प्रविधिको विकाससँगै आएका ग्याजेटले संसार निकै सानो बनाएकाले हरेक गतिविधि नियाल्न सहज भएकोमा स्मृति निकै खुसी छिन् ।

 Image