प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कलाकार दिया मास्के भने तुलनात्मक रूपमा ग्याजेटप्रेमी होइनन् । उनी आफ्नो मोबाइल फोन नै सबै कामका लागि पर्याप्त भएको बताउँछिन् । पहिलो पटक नोकिया मोबाइल बोकेकी दियाले अहिलेसम्म ९ वटा मोबाइल फोन फेरिसकेकी छिन् ।
प्रविधिले संसारलाई नै साँघुरो बनाएको छ । हरेकको हातमा मोबाइल, हरेकसँग बाइक, स्कुटर, गाडी आदि–इत्यादि । घरघरमा कम्प्युटर, ल्यापटप, आइप्याड अनि इन्टरनेट । यसले गर्दा संसारको हरेक कुरा तत्काल थाहा हुन्छ । प्रविधिसँग आममानिसभन्दा सेलिब्रेटीहरू अझ बढी नजिक हुन्छन् । आ–आफ्ना फ्यान पेज बनाई आफूलाई अपडेट गर्न खोज्ने यी सेलिब्रेटीहरू ग्याजेटप्रेमी देखिन्छन् ।
प्रतिभाशाली नायिका ऋचा शर्मा परिपक्व कलाकारका रूपमा स्थापित हुने दौडमा छिन् । धेरै नयाँ नायिकाहरू ऋचासँग अभिनय सिक्न चाहन्छन् । ऋचा ग्याजेटप्रति रुचि राख्ने कलाकारमध्ये एक हुन् । उनको पहिलो मोबाइल नोकियाको थियो । उनलाई आइफोनभन्दा एन्ड्रोइड नै मनपर्छ । अहिलेसम्म ७ वटा मोबाइल फेरिसकेकी ऋचालाई अहिले चलाइरहेको सामसुङ नोट फाइभ निक्कै मनपर्छ । उनीसँग एउटा ल्यापटप, एउटा ट्याबलेट तथा एउटा फोन छ । उनी विगत १० वर्षदेखि स्कुटर चलाउँदैछिन् । दुई वर्षयतादेखि उनीसँग एउटा कार पनि छ । ऋचा होन्डाको स्कुटी तथा सुजुकीको कारमा हुइकिन्छिन् । प्रविधिको बिस्तारले जीवन सहज हुँदै गएकोमा ऋचा दंग छिन् ।
संचारकर्मी तथा गायिकाका रूपमा लोकप्रिय कोमल वली पनि ग्याजेटप्रेमी छिन् । उनको पहिलो मोबाइल सिमेन्सको थियो । त्यसपछि उनले मोटोरोला, नोकिया तथा विन्डोज फोन बोकिन् । आइफोन फोर एस, फाइभ, सिक्स हुँदै उनी अहिले सामसुङ ग्यालेक्सी तथा आइफोन सिक्स प्लस बोक्छिन् । उनलाई मनपर्ने ग्याजेट आइपड पनि हो । आइपडमा गीत सुन्दै मर्निङ वाक गर्ने उनको बानी छ भने उनलाई आइप्याड पनि उत्तिकै मनपर्छ । आइप्याडमा उनी आर्टिकल एवं समाचार पढ्छिन् । कोमलसँग सामसुङ ग्यालेक्सी, आइफोन, आइपड टच तथा आइप्याड थर्ड जेनरेसन छ । उनी हुन्डाइको आइ टेन कार चढ्छिन् । उनले १२ वर्षअघिदेखि कार चलाउन थालेकी हुन् । यो उनको दोस्रो कार हो ।
एसिया मोडल फेस्टिबल–२०१६ मा भाग लिएकी मोडल प्रमिला आरएल राणा चपली हाइट–२ बाट नायिकाका रूपमा देखा परेकी छिन् । राणा ग्याजेटबिनाको जीवन कल्पना गर्दा पनि डर लाग्ने बताउँछिन् । उनको पहिलो मोबाइल मोटोरोला कम्पनीको थियो । उनले अहिलेसम्म ८ वटा मोबाइल तथा ३ वटा आइफोन फेरिसकेकी छिन् । उनलाई नयाँ मोबाइल आएपछि त्यसको फिचरिङ एवं स्टाइलले तान्छ । राणालाई सबैभन्दा मन परेको ग्याजेट मोबाइल नै हो । उनीसँग मोबाइल, ल्यापटप, हेडफोन, पावर बैंक, पोलोराइड स्नाप क्यामेरा, पोलोराइड जिप प्रिन्टर, विट्स पिल स्पिकर आदि ग्याजेट छन् । राणाले अहिलेसम्म ३ वटा कार फेरिसकेकी छिन् । अहिले उनी कियाको स्पोर्टेटेजमा ड्राइभर राखेर हिँड्छिन् ।
कलाकार दिया मास्के भने तुलनात्मक रूपमा ग्याजेटप्रेमी होइनन् । उनी आफ्नो मोबाइल फोन नै सबै कामका लागि पर्याप्त भएको बताउँछिन् । पहिलो पटक नोकिया मोबाइल बोकेकी दियाले अहिलेसम्म ९ वटा मोबाइल फोन फेरिसकेकी छिन् । उनी अहिले सामसुङ एच मोबाइल चलाइरहेकी छिन् । दियासँग ल्यापटप, मिनी ल्यापटप तथा मोबाइल फोन छ यद्यपि उनी धेरैजसो मोबाइल नै चलाइरहेकी हुन्छिन् । ग्याजेट आवश्यकता हो, तर म यसको क्रेजी भने होइन भन्ने दिया स्कुले जीवनदेखि नै स्कुटर चलाउँथिन् । उनले अहिलेसम्म ५ वटा स्कुटर फेरिसकेकी छिन् । अहिले उनी यामाहाको स्कुटर चलाइरहेकी छिन् । स्कुटरमा एक्लै हिँड्दा रमाइलो अनुभव हुने उनले बताइन् ।
पूर्व मिस नेपाल मलिना जोशी ग्याजेटप्रति त्यति क्रेजी छैनन् तर उनलाई मोबाइल बोक्दा अपडेटेड अर्थात् नयाँ कलेक्सन बोक्न मन लाग्छ । पहिलो पटक नोकियाको मोबाइल बोकेकी जोशीले ५ वटाजति फोन फेरिसकेकी छिन् । मलिना अहिले आइफोन सिक्स प्लस बोक्छिन् । उनीसँग ल्यापटप र आइफोन छ । यी दुई ग्याजेट नै पर्याप्त भएकाले अरू किन्ने सुर नचलेको मलिना बताउँछिन् । मलिनासँग होन्डा प्लेजर छ तर त्यो उनी आफै चलाउँदिनन् । अहिलेसम्म स्कुटर नफेरेकी मलिना अब भने नयाँ स्कुटर किन्ने धुनमा छिन् । मलिना यी ग्याजेटले जीवनलाई सरलीकरणतर्फ लगिरहेकाले जीवनको अभिन्न अंग भएको बताउँछिन् । तर गायिका स्मृति पोखरेल भने सारै ग्याजेटप्रेमी छिन् । उनले पहिलो पटक ११ कक्षामा पढ्दा सिमेन्स कम्पनीको मोबाइल प्रयोग गरेकी थिइन् । स्मृतिले अहिलेसम्म एक दर्जनभन्दा बढी मोबाइल सेट फेरिसकेकी छिन् ।
कुनै नयाँ मोबाइल बजारमा आएपछि त्यही प्रयोग गर्न रुचाउने पोखरेल अहिले सामसुङको नोट फोर चलाउँछिन् । उनलाई मनपर्ने ग्याजेट दि विथिङ थर्माै हो । उनी ५ वर्षदेखि कार चलाइरहेकी छिन् । दुईवटा कार फेरिसकेकी स्मृतिले अहिले स्पोर्ट ए कार चलाउँछिन् । अहिले प्रविधिको विकाससँगै आएका ग्याजेटले संसार निकै सानो बनाएकाले हरेक गतिविधि नियाल्न सहज भएकोमा स्मृति निकै खुसी छिन् ।