अभिनव म्यानहन्ट विजेता
अभिनव थापाले अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि पाउन सफल भएँ । उनले थाइल्याण्डमा आगामी मे महिनामा थाईल्याण्डमा संचालन हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।
चलचित्रमा आँचल शर्माको नामले परिचित आँचल दवाडी नायक–नायिकाको नाम सजिलो एवं मीठो हुनुपर्ने दाबी गर्छिन् । नाइँ नभन्नु ल–४ बाट डेब्यु गरेकी आँचल आफू यो क्षेत्रमा सुपरस्टार बन्नका लागि नै प्रवेश गरेको बताउँछिन् । आत्मविश्वासी आँचलको चलचित्रमा काम गर्ने सपना पुरानै हो । सानैदेखि उनी टिभीमा बलिउड नायिका माधुरी दीक्षित, दीपिका पादुकोण आदिको नृत्य सँगै आफू पनि नाच्दै उनीहरूजस्तै बन्ने सपना सजाउँथिन् ।
आँचल आफूभित्र आत्मविश्वास, इच्छा र सपना अनि क्षमता एवं सुन्दरता भएको कुरामा विश्वस्त छिन् । आँचल यो क्षेत्रमा निरन्तरता दिँदै केही नयाँ काम गरेर देखाउन प्रतिबद्ध छिन् । दर्शकले आफूलाई एउटा राम्रो कलाकारका रूपमा चिनून् भन्ने उनको चाहना छ ।