प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
चलचित्रमा आँचल शर्माको नामले परिचित आँचल दवाडी नायक–नायिकाको नाम सजिलो एवं मीठो हुनुपर्ने दाबी गर्छिन् । नाइँ नभन्नु ल–४ बाट डेब्यु गरेकी आँचल आफू यो क्षेत्रमा सुपरस्टार बन्नका लागि नै प्रवेश गरेको बताउँछिन् । आत्मविश्वासी आँचलको चलचित्रमा काम गर्ने सपना पुरानै हो । सानैदेखि उनी टिभीमा बलिउड नायिका माधुरी दीक्षित, दीपिका पादुकोण आदिको नृत्य सँगै आफू पनि नाच्दै उनीहरूजस्तै बन्ने सपना सजाउँथिन् ।
आँचल आफूभित्र आत्मविश्वास, इच्छा र सपना अनि क्षमता एवं सुन्दरता भएको कुरामा विश्वस्त छिन् । आँचल यो क्षेत्रमा निरन्तरता दिँदै केही नयाँ काम गरेर देखाउन प्रतिबद्ध छिन् । दर्शकले आफूलाई एउटा राम्रो कलाकारका रूपमा चिनून् भन्ने उनको चाहना छ ।