शनिबार राजधानीमा इलिमेन्ट्सको ब्यान्ड सांगीतिक प्रस्तुति
काठमाडौं, चलचित्र, युवापुस्ताले निकै रूचाएको ‘द इलिमेन्ट्स’ ब्यान्डले शनिबार सांगीतिक प्रस्तुति दिने भएको छ। ब्यान्डले हात्तीसारस्थित सिंक लाउन्जमा आफ्नो प्रस्तुति दिन लागेको हो।

नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । एनएफएच इभेन्ट्स प्रालिका अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित ट्यालेन्ट शोमा सहभागी प्रतिस्पर्धीहरुमध्ये अधिकांशले नेपाल भाषाका लोकप्रिय गीतहरुमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । त्यस क्रममा उनीहरुले हाकु पटासीसहितको नेवारी पहिरन पहिरिएका थिए ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यमा आयोजित ट्यालेन्ट शोमा केही प्रतिस्पर्धिहरुले समाचार वाचन, अभिनय, बाँसुरी वादन, चित्रकला, गायनमार्फत पनि कला प्रस्तुत गरेका थिए । ट्यालेन्ट शोको निर्णायकमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, अधिवक्ता तथा माँ बगलामुखी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष लक्ष्मण महर्जन, गायक सुरज बीर बज्राचार्य, नेपाल लिपि गुठीका अध्यक्ष अनिल स्थापित, लायन्स क्लब इन्टरनेशनल, जिल्ला ३२५एल का पूर्व गभर्नर मणिश्री रत्न बज्राचार्य, मिस नेवा ११३६ की उपविजेता तथा यूएनएक्स डान्स स्टुडियोकी सञ्चालक रिजिशा डंगोल रहेका थिए ।
आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः ब्यूटी कन्टेस्ट मात्र नभएर नेवारी समुदायको कला र संस्कृति जोगाउने अभियानसमेत रहेको र यस्तो अभियान नेवार समुदायमा मात्र नभएर हरेक समुदायमा हुनुपर्ने बताइन् ।