अभिनव म्यानहन्ट विजेता
अभिनव थापाले अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि पाउन सफल भएँ । उनले थाइल्याण्डमा आगामी मे महिनामा थाईल्याण्डमा संचालन हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।

जोय मोडल हन्ट नेपालको नवौं संस्करण दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको छ । ३३ युवती र १७ युवा सहभागी उक्त मोडलिङ प्रतियोगितामा पुरुषतर्फ विवश विष्ट तथा महिलातर्फ नेहा बुढाले शीर्ष उपाधि जित्न सफल भए । विजेता दुवैले विभिन्न पुरस्कारका साथ क्याम्बोडियामा संचालन हुने मिस्टर एण्ड मिस सेलिब्रेटी इन्टरनेसनल २०२५ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर पनि जुराएका छन् । प्रतियोगितामा आदित्य थपलिया र मोना केसी फस्ट रनर अप तथा एलेन डंगोल र चाँदनी श्रेष्ठ सेकेन्ड रनर अप चयन भएका थिए । प्रतियोगिताको टप फाइभसम्मको यात्रामा पुरुषतर्फ मनीष गौतम र प्रसुनकुमार तथा महिलातर्फ पूजा सिंह राजपूत र रानी खड्का पुगेका थिए ।
नेक्स्ट मोडल्स नेपालको आयोजना रहेको कार्यक्रमको निर्देशन रवि धमला र यतना पाण्डेले गरेका थिए । कोरियोग्राफीको अभिभारा सविता कार्कीले सम्हालेकी थिइन् भने संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले सञ्चालन गरेका थिए ।
प्रतियोगितामा आवरण मोस्ट स्टाइलिस अवार्ड मनीष गौतम र जेनिता सेन्चुरीले प्राप्त गरे भने केएफसी बेस्ट पर्सनालिटी विधामा सुजल श्रेष्ठ र डा. अनिमा भण्डारी उत्कृष्ट ठहरिए । रियलमी वेस्ट वाक विधामा छेवाङ शेर्पा र पूजा सिंह राजपूत बाजी मार्न सफल भए भने द बीच हाउस पब्लिक च्वाइसतर्फ आदित्य कौशल र सारु कार्की डोली परियार विजेता बने । आर्टेसियम प्रोडक्सन मोस्ट फोटोजेनिकतर्फ प्रसुनकुमार र अनुजा पौडेल, रिगाल फिटनेस मोडलतर्फ आयन चौधरी र बेस्ट फिगरमा नेहा बुढा विजेता चयन भए । विवश विष्ट र चाँदनी श्रेष्ठले क्यान्टाविल टप मोडलको अवार्ड प्राप्त गरे भने खल्ती मोस्ट पपुलर विधामा कृतिका खड्का र खेमराज पोखरेल विजयी भए ।
पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ, मिस्टर नेपाल २०२४ का विजेता सन्तोष लोक्सम लिम्बू, जोय कस्मेटिक्सका नेपाल प्रमुख मदन रौनियार, फेसन कोरियोग्राफर मनीष राई तथा सुपरमोडल एवं फेसन कोरियोग्राफर आस्था पोखरेलले फाइनल प्रतिस्पर्धाको मूल्यांकन गरेका थिए ।