प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

भारतको जयपुरमा हुने किशोरीहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट आरोही अधिकारी सहभागी हुँदैछिन् । पाँच फिट चार इन्च अग्ली काठमाडौं निवासी १५ वर्षीया आरोहीले यसपटक एसईई उत्तीर्ण गरेकी छन् । क्याप्चर फोटोग्राफीले आयोजना गरेको एस अफ एसईई नामक मोडलिङ प्रतियोगितामा विजेताको ताज पहिरिएपछि उनले मिस टिन इन्टरनेसनलमा नेपालको तर्फबाट सहभागी हुने अवसर प्राप्त गरेकी हुन् । अध्ययन र मोडलिङलाई सँगै अगाडि बढाउँदै उनी सामाजिक अभियन्ता बन्न चाहन्छिन् । नृत्य र भ्रमणमा पनि उनको रुचि छ ।
प्रतियोगितामा सहभागी हुनुपूर्व आरोहीले फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यबाट अभिमुखीकरण एवं प्रशिक्षण प्राप्त गरेकी छन् । मिस टिन इन्टरनेसनलको उपाधि दौडमा विश्वका ४० भन्दा बढी किशोरी सहभागीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता जुन २९ देखि ७ जुलाईसम्म हुँदै छ ।