म्युजिक भिडियोमा डा. अनुश्का
डा. अनुश्काले जीवनसाथी स्वस्तिक पोख्रेलसँगै पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरिन् । गायिका गीता पाण्डेको गीत ‘माछी भुल्यो’ मा उनीहरूले प्रेमभाव प्रस्तुत गरेका छन् ।
भारतको जयपुरमा हुने किशोरीहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट आरोही अधिकारी सहभागी हुँदैछिन् । पाँच फिट चार इन्च अग्ली काठमाडौं निवासी १५ वर्षीया आरोहीले यसपटक एसईई उत्तीर्ण गरेकी छन् । क्याप्चर फोटोग्राफीले आयोजना गरेको एस अफ एसईई नामक मोडलिङ प्रतियोगितामा विजेताको ताज पहिरिएपछि उनले मिस टिन इन्टरनेसनलमा नेपालको तर्फबाट सहभागी हुने अवसर प्राप्त गरेकी हुन् । अध्ययन र मोडलिङलाई सँगै अगाडि बढाउँदै उनी सामाजिक अभियन्ता बन्न चाहन्छिन् । नृत्य र भ्रमणमा पनि उनको रुचि छ ।
प्रतियोगितामा सहभागी हुनुपूर्व आरोहीले फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यबाट अभिमुखीकरण एवं प्रशिक्षण प्राप्त गरेकी छन् । मिस टिन इन्टरनेसनलको उपाधि दौडमा विश्वका ४० भन्दा बढी किशोरी सहभागीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता जुन २९ देखि ७ जुलाईसम्म हुँदै छ ।