‘नेपालको स्वास्थ्य क्षेत्र सुधार्न मन छ’
नेपालका युवा अवसरको खोजीमा छन् । राम्रो अवसर पाए, रोजगारीको सुनिश्चिता हुन सके आफ्नै देशमा बसौं र गरौं भन्ने भावना उनीहरूमा छ ।
चलचित्र लोफरबाट परिचय बनाएकी रजनी केसी त्यसपछि म्युजिक भिडियो, विज्ञापन आदिमा व्यस्त भइन् तर उनले थप चर्चा भने चलचित्र परदेशीको सफलतापछि मात्र पाइन् । रजनी अहिले चर्खाको छायांकनमा व्यस्त छिन् । चलचित्र क्षेत्रमा आउनुअघि फार्मेसीमा काम गर्ने रजनी एचआइभी एड्ससम्बन्धी काममा संलग्न एनजीओमा कार्यरत थिइन् । रजनी भविष्यमा चलचित्र क्षेत्र छाडेर फार्मेसीमै रमाउने योजनामा छिन् ।