Successfully Copied

निर्देशक सिर्जना

रंगमञ्चमा विगत १० वर्षदेखि अभिनयका कारण चर्चामा रहेकी सिर्जना सुब्बा युमा नाटकमार्फत निर्देशकका रूपमा उदाएकी छिन् । माइला डटकम, चरनदास चोर, डिग्री माइला, मितज्यूजस्ता चर्चित नाटकमा अभिनय गरिसकेकी सिर्जना आफ्नो पहिलो निर्देशनमा लिम्बू संस्कृतिमा आधारित महिलावादी नाटक युमा लिएर आएकी हुन् ।

युमाको अर्थ के हो ?

किराँतीहरूकी प्रथम देवी हुन्–युमा । उनी महिलाहरूको जीवनमा कला सिकाउने देवी हुन् । हिन्दूहरूले पहिले गणेशलाई पूजा गरेजस्तै किराँतीहरूले युमाबाटै पूजा प्रारम्भ गर्छन् । लिम्बू संस्कारमा कसरी कपडा लगाउने, के खाने, कसरी खानेजस्ता सभ्यता सिकाउने युमा नै हुन् भन्ने विश्वास छ । 

युमा निर्देशन गर्नुको उद्देश्य ?

मैले युमामार्फत महिलाहरूको सामाजिक भूमिका देखाउन खोजेकी छु । यो नाटक हरेक कुरामा महिलालाई नै दोषी मान्ने समाजको सेरोफेरोमा केन्द्रित छ । महिलाको सामाजिक एवं मनोवैज्ञानिक अवस्थाको चित्रण गर्नु यसको उद्देश्य हो ।

निर्देशनको अनुभव कस्तो रह्यो ?

म एकदमै उत्साहित छु । नाटकमा अभिनय गर्नु र अरूलाई अभिनय गराउनुमा धेरै फरक छ । निर्देशकको नियति कस्तो हुन्छ भन्ने कुरा अहिले महसुस हुँदैछ । अभिनय गर्दा आफ्नो पात्रमा मात्र केन्द्रित गरे पुग्थ्यो तर अहिले सेट, कलाकारहरूको अभिनय, कथा आदि सबै कुरामा उत्तिकै ध्यान पुर्‍याउनुपर्छ । 

आफ्नै निर्देशनमा आफै मुख्य भूमिकामा देखिनुभयो नि ?

युमा एउटा बोल्ड चरित्र हो जो समाजसँग जुध्न तयार हुन्छिन् । मैले त्यस्तो पात्रका लागि उपयुक्त मंगोलियन अनुहार एवं लवज भएको कुनै कलाकार भेटिन तसर्थ आफैंले काम गरें ।

 Image